प्रहरी–सशस्त्रमा घट्दो छ शान्ति मिसनमा जाने अवसरगौरव पोखरेल
काठमाडौं । संयुक्त राष्ट्रसंघले दुई महिनाअघि सार्वजनिक गरेको सूची अनुसार, शान्ति मिसनमा सहभागी हुने फौजमा नेपाली सेना पहिलो स्थानमा छ ।राष्ट्रसंघको न्यूयोर्कस्थित हेडक्वार्टरले नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिनसमेत प्रस्ताव गरेको थियो । यदि नेपाली सेनाले यो भूमिका पाएको भए शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्ने थियो ।तर, नेपालबाट उम्मेदवारी नै परेन ।‘यो भूमिका पाउन लेफ्टिनेन्ट जनरल (रथी) तहकै अधिकृत चाहिन्थ्यो, एक जना रथी निर्मलकुमार थापा शान्ति मिसनको फोर्स कमाण्डरका रुपमा बाहिरै कार्यरत हुनुहुन्छ’, सैनिक प्रवक्ता गौरवकुमार केसी भन्छन्, ‘अर्का रथी अशोकराज सिग्देल प्रधानसेनापतिको रुपमा जिम्मेवारी सम्हाल्ने क्रममा हुनु भएकाले उम्मेदवारी दिने अवस्था भएन ।’प्रतिकुल समयका कारण नेपाली सेनाले त्यो पदमा उम्मेदवारी दिन नसकेको केसी बताउँछन् ।
नेपाली सेना विश्वम...










