समाचार

विदेशमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध थप सुमधुर बन्ने
अन्तर्राष्ट्रीय, समाचार

विदेशमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध थप सुमधुर बन्ने

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका विदेशमन्त्री एन.पी.को निमन्त्रणामा जनवरी ४-५, २०२४ मा काठमाडौं आउने तय भएको छ । मन्त्री साउदले भ्रमणको उद्देश्य सन् १९८७ मा स्थापना भएको भारत-नेपाल संयुक्त आयोगको सातौं बैठकको सहअध्यक्षता गर्नु रहेको छ । यो आयोगले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको व्यापक समीक्षाका लागि महत्वपूर्ण मञ्चको रूपमा काम गर्छ । संयुक्त आयोगको बैठकका अलावा डा. जयशंकरले नेपालको नेतृत्वसँग भेटघाट र प्रमुख राजनीतिक व्यक्तित्वहरूसँग छलफल गर्नेछन्। यो भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतको प्राथमिकता साझेदारको रुपमा नेपालको महत्वलाई जोड दिन्छ। उच्चस्तरीय आदानप्रदानको परम्पराले यी दुई छिमेकी राष्ट्रहरूबीचको स्थायी निकटता झल्काउँछ। ...
ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति
समाचार

ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति

पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’  उनको व्यङ्ग्य चीनप्रति थियो । पोखरा–मुग्लिनको दुवै खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । दुईवटै ठेक्कामा लक्ष्यअनुसार प्रगति भएको छैन । पूर्वीखण्डमा सन्तोषजनक काम भए पनि पश्चिम खण्डमा कामको गति निकै सुस्त छ ।  काम सुस्त भएपछि सरकारले ठेक्का तोड्ने तयारी गर्यो । अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिइयो । एक महिनाका लागि दिइएको समयमा निर्माण कम्पनीले कामको रफ्तार केही बढाएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको सडकमा अहिलेसम्म १४ प्रतिशत मात्रै काम भएको छ । स्तरोन्नतिका ल...
हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई
कला–संस्कृति, मनोरंजन, समाचार

हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

चितवन । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको जानकारी दिए । प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए । प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए । निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुश...
६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?
समाचार

६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरिद, पुरानो जहाज बिक्रीसँगै वर्षौँवर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउन्ड ह्याण्डलिङको सुविधासमेत खोस्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयसँगै थप निगम चर्चामा आएको हो । ग्राउन्ड ह्याण्डलिङको मुद्दालाई छाडेर यतिखेर निगम जहाज किनबेचमा अझ बढी चर्चा र विवादमा छ । दुर्गम क्षेत्रमा उडान भर्ने गरी निगमले तत्काल तीन वटा ट्विनअटर जहाज खरिदप्रक्रिया अघि बढाएको छ ।  २२ अक्टूबर, २०२३ देखि ५ डिसेम्बर २०२३ सम्म ४५ दिने जहाज खरिदको अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेकोमा तीनवटा अन्तर्राष्ट्रिय कम्पनी हिन्दुस्तान एयरोनोटिकल लिमिटेड (भारत), दी हेविलल्याण्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रस्ट्रीज (चेक रिपब्लिका)ले आवेदन हालेका छन् । यी कम्प...
‘फास्ट एन्ड फ्युरियस’ अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप
मनोरंजन, समाचार

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप

'फास्ट एन्ड फ्युरियस' सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ। यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन्। सिएनएनका अनुसार सन् २०१० मा सुटिङका क्रममा डिजेलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। त्यतिबेला उनीहरू एकसाथ फिल्ममा काम गरिरहेका थिए।  उनले डिजेलकी बहिनी समान्था भिन्सेन्ट र प्रोडक्सन कम्पनीविरुद्ध पनि मुद्दा हालेकी छन्। उक्त घटनापछि समान्थाले फोन गरेर आफूलाई कामबाट निकालेको उनले बताएकी छन्। डिजेलकी वकिल ब्रायन फ्रिडमैनले उक्त आरोपको खण्डन गरेकी छन्। सिएनएनसँग कुराकानी गर्दै उनले भनेकी छन्, 'विन डिजेल यस आरोपमाथि खण्डन गर्छन्।' त्यस्तै जोनसनकी वकिल लिज गुडलीले भनेकी छन्, 'न्यायबाट बच्न कोही पनि यति प्रसिद्ध र शक्तिशाली छैनन्।' डिजेलले ६० भन्दाबढी टेलिभिजन शो ...
सैनिक आवासीय महाविद्यालय भक्तपुरले जित्यो २९औं आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता
खेलकुद, समाचार

सैनिक आवासीय महाविद्यालय भक्तपुरले जित्यो २९औं आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता

२९औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ।  शुक्रबार नेपाल पुलिस स्कुल साँगामा भएको अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० उक्त महाविद्यालयले जितेको हो। प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन्। प्रथम हुने टिमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा ३-० गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो। मंसिर २० गतेदेखि सुरू भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टिम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक ...
प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद
समाचार

प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

काठमाडौँ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।जलेश्वर निवासी शर्मा लालबाबु राउत मन्त्रिपरिषद्मा मधेस प्रदेशको सामाजिक विकास राज्य मन्त्री पनि बनेका थिए । यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण...
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जना को समस्या समाधान ।
समाचार

एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जना को समस्या समाधान ।

सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छ्न । राजविराज नगरपालिका को आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्या मा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिईएको छ।वैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्र्मा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी/हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायलेबताए ।उनले भने ६ वर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रुपैयाँ क्षतिपूर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा मा उल्लेख छ । यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या समाधान गरिएको भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रुपैयाँ को क्षतिपूर्ति दिलाउन सफल भएको जनाइएको छ ।कार्यक्रममा सामी/हेल्भेटास ...

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी
समाचार

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ । पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले रातोपाटीलाई बताए । उनले भने–‘ह्याकिङ सम्बन्धी उजुरी बढेको छ ।’ आजभोलि दैनिक ५० वटा फेसबुक ह्याक सम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने गरेको छ । प्रयोगकर्ताले फेसबुक अकाउन्ट खोलेर पासवर्ड बिर्सिने र रिकभरी गर्नका लागी आवश्यक इमेल आइडी पनि बिर्सिने समस्याका कारण ह्याकका घटना बढिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन् । उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए । उनले भने–‘ टेक्निकल्ली अनुसन...