समाचार

गगन थापा : च्यालेन्जर कि संस्थापनकै नयाँ अनुहार ?
मुख्य -समाचार, समाचार

गगन थापा : च्यालेन्जर कि संस्थापनकै नयाँ अनुहार ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेपाली राजनीतिका चर्चा नगरी नहुने पात्र हुन्। उनी आफ्ना युवापुस्ता सहकर्मीलाई परिवर्तनको झंकारमा ललकार्दै राजनीति गर्दै आएका छन्। तर अहिले उनी एक असमञ्जसपूर्ण मोडमा छन्। प्रारम्भिक दिनहरूमा गगनले पार्टी र मुलुककै संस्थापनका अकर्मण्यता विरूद्ध विरोध र विद्रोहका माध्यमबाट आफूलाई परिवर्तनको प्रतीकका रूपमा स्थापित गरे। अहिले आएर उनले आफूलाई सत्तामा सुदृढ गराउन संस्थापनसँग मिल्ने राजनीति रोजेका छन्।गगनको राजनीतिक यात्रा एक समय खासगरी मिलेनियल पुस्ताको प्रेरणा बनेको थियो, जहाँ उनले आफ्नो आर्टिकुलेसन र सुझबुझपूर्ण विचार राख्दै संस्थापन विरुद्ध संघर्ष गर्दै नयाँ नेतृत्वको परिचय बनाएका थिए। तर अहिले उनका तर्क, व्यवहार र निर्णयहरूले उनी आफ्नो छवि धमिलो बनाउँदै गएका मात्र छैनन्, पुरानो सत्ताको संरचनामा समाहित हुँदै जान थालेका छन्। उनको प्रारम्भिक राजनीति एक य...
निजामती विधेयकमा समेट्नुपर्ने १६ विषय
मुख्य -समाचार, समाचार

निजामती विधेयकमा समेट्नुपर्ने १६ विषय

प्रस्तावित निजामती सेवा विधेयकको बुँदा नम्बर ५८ मा अनिवार्य अवकाश शीर्षकको १ नम्बर बुँदामा ‘निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ’ भन्ने प्रावधान रहेको छ । अवकाशको उमेरका हदका बारेमा नेपालको बदलिँदो जनसाङ्ख्यिकी संरचना र स्वरूप अनुसार निजामती सेवालाई समय सापेक्ष र जनतामुखी बनाउनका लागि केही प्रबन्धहरू गर्नुपर्ने हुन्छ । निजामती सेवाको अवकाशको उमेर निर्धारण गर्दा निम्न पाँचवटा पक्षलाई गहिरोसँग केलाउनु पर्दछ । क) जनसङ्ख्याको विद्यमान बनावट ख) औसत आयुग) श्रमिकको उपलब्धता घ) राज्यलाई पर्ने आर्थिक भार ङ) स्वास्थ्य सेवाको अवस्था च) सेवाको प्रकृति१. सर्वप्रथम नेपालको जनसाङ्ख्यिकी परिदृष्य ख्याल गर्न आवश्यक छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ । ०–१४ वर्ष उमेर समूह...
सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि
मुख्य -समाचार, समाचार

सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि

३ माघ, काठमाडौं । मुलुकभरि सबै तहका सरकारले निर्माण गरेको सडक लम्बाइ १ लाख २ हजार किलोमिटर पार गरिसकेको छ । आजभन्दा १ सय वर्षअघि १९८० सालदेखि नेपालमा राणा शासनकालमै सडक निर्माण सुरु भए पनि त्यसपछिको २७ वर्ष अवधिमा ३ सय ७६ किलोमिटर मात्र सडक निर्माण भएको थियो ।तर, त्यसपछिको ७४ वर्ष अवधिमा देशभरिका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भएको छ भने चार लेनको सडक निर्माण र विस्तारले गति लिन थालेको छ । यस अवधिमा नेपालमा सडक लम्बाइ २ सय ७० गुणाले बढेको देखिन्छ । नेपालमा २००७ सालमा राणा शासन अन्त्य भई प्रजातन्त्र आयो । उक्त समयमै नेपालमा ३ सय ७६ किलोमिटर सडक निर्माण भइसकेको थियो ।सडक विभागका अनुसार राणा शासन अन्त्य (२००७ साल) सम्म नेपालमा ५ किलोमिटर कालोपत्र सडक बनिसकेको दस्तावेज छ । यस अवधिमा ८३ किलोमिटर ग्राभेल र २ सय ८८ किलोमिटर माटे सडक बनिसकेको थियो ।विभागका अनुसार २६ चैत २००८ मा तत...
धरौटी बुझाएर रवि आज छुट्ने, बुटवल र चितवनमा आफैं हाजिर हुने
मुख्य -समाचार, समाचार

धरौटी बुझाएर रवि आज छुट्ने, बुटवल र चितवनमा आफैं हाजिर हुने

२ माघ, काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् ।उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नी...
अरुण चौधरीको सांसद पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट
मुख्य -समाचार, समाचार

अरुण चौधरीको सांसद पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट

२ माघ, काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएसँगै उनको पद जोगिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।सांसद चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भएका थिए । अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए । ...
किसानको काउली ‘कौडीको भाउ’, उपभोक्ता तिर्दै दोब्बर
मुख्य -समाचार, समाचार

किसानको काउली ‘कौडीको भाउ’, उपभोक्ता तिर्दै दोब्बर

२ माघ, काठमाडौं । राखौं भने दुई दिनलाई टिक्दैन,बेचौं भने १० रुप्याँमा बिक्दैनखेती गरेर, खेती गरेरके बेच्नु तरकारी झोला भरेर… झट्ट सुन्दा यो कुनै समयको चर्चित लोकदोहोरी गीतको भाखा हो । तर, यी शब्दको गहिराइको वास्तविकता मन बिझाउने खालको छ । दैनन्दिन खेतीपातीमा हाडछाला खियाउने किसानको पीडा यो भाखामा पोखिएको हो । दिनरात नभनी तरकारी उब्जाएर लहलहाउँदो बनाएर जब बजार पठाउने बेला आउँछ, तब त्यसले कौडीको भाउ पनि नपाउने अवस्था सिर्जना भएपछि किसानले यसैगरी खेतबारीमै पीडा र विरहको भाखा गुनगुनाउनु स्वाभाविक हो ।उल्लिखित विरहको भाखा काभ्रेपलाञ्चोककी किसान पम्फा पराजुलीले पोखेकी हुन् । आफ्नो बारीमा लगाएको काउली काट्दै दुःख पोख्न पम्फाले यो भाखाको सहारा लिइन् । पम्फा अहिले आफ्नो बारीमा उत्पादन भएको झरिलो काउली दिनहुँजसो जसो क्विन्टल (१ सय किलो) भन्दा धेरै काटिरहेकी छिन् । तर, काउलीले सही भाउ पा...
सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी
मुख्य -समाचार, समाचार

सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी

२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन् ।बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् । बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् । ...
ओलीबारे लेखराजको पुरानो भिडियो एकाएक बहसमा
मुख्य -समाचार, समाचार

ओलीबारे लेखराजको पुरानो भिडियो एकाएक बहसमा

१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले आफ्नो पुरानो भिडियो देखाएर नचाहिँदो हल्ला फिँजाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि पनि पार्टी छाडेको भन्दै हल्ला चलाएर दुःख दिने काम भएको उनको भनाइ छ । ‘केही समय अगाडि पार्टी नै छाड्यो भनेर प्रचार गरियो त्यसको मैले विज्ञप्ति नै निकालेर खण्डन गरेँ,’ एमाले सचिव भट्ट भन्छन्, ‘अहिले फेरि पुरानो भिडियो सार्वजनिक गरिएको छ । अगाडि र पछाडिका संवाद फालेर बीचको मात्रै राखेको छ । यो गलत छ ।’भट्टको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । जहाँ उनले एमालेमा रहेर राजनीति गर्दा पूर्वमाओवादीको हालतबारे उल्लेख गरेका छन् । भट्टका अनुसार सार्वजनिक भिडियो एमालेको दशौं महाधिवेशन (२०७८ साल मंसिर पहिलो साता) समयको हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर सर्वोच्च अदालतले नेकपा एकता भंग ...
मधेशकेन्द्रित ६ दलको बैठक: गठबन्धनअघि आआफ्ना दलमा गम्भीर छलफल चलाउने
मुख्य -समाचार, समाचार

मधेशकेन्द्रित ६ दलको बैठक: गठबन्धनअघि आआफ्ना दलमा गम्भीर छलफल चलाउने

१ माघ, काठमाडौं । संविधान संशोधनको चर्चा चल्न थालेपछि मधेशकेन्द्रित दलहरू पुनः एकठाउँमा उभिने प्रयासमा जुटेका छन् । मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने मधेशकेन्द्रित दलहरूको तयारी छ । त्यही तयारीस्वरुप मंगलबार विभिन्न ६ दलका नेताहरूको बैठक बस्यो । मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्ने एजेन्डासहित बसेको बैठकले ठोस निर्णय भने लिएन । तर, गठबन्धन घोषणा गर्नुअघि आआफ्ना दलभित्र गम्भीर छलफल चलाउने समझदारीमा पुगेको नेताहरूले जानकारी दिए ।आआफ्ना दलमा थप छलफलको आवश्यकता महसुस गरेका नेताहरूले भने, ‘लामो समयदेखिको संवादहीनताको अवस्था तोडिएको छ । अब आआफ्ना दलभित्र गम्भीर छलफल गरेर अर्को बैठक बस्नेछौँ ।’ जनप्रगतिशील पार्टीका नेता शिवजी यादवले मोर्चा निर्माणलगायतका विषयमा ठोस निर्णय गर्नुअघि आ–आफ्नो दलमा छलफल गर्ने र टीओआर बनाउने समझदारी मंगलबारको बैठकले गरेको जानकारी दि...
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख
मुख्य -समाचार, समाचार

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख

२९ पुस, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ । त्यसैले एक–दुई दिनमै वार्डमा सार्न सकिन्छ भनेर डाक्टरहरुले भन्नु भएको छ ।’ अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ‘बेला-बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । ...