एक दशकमै दिल्लीबाट बढारियो आपः २७ वर्षपछिको बीजेपी सत्तामा को बन्दैछ मुख्यमन्त्री ?
भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टी (आप)ले सरप्राइज दिँदै आएको छ । जस्तो सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा आमले एकल ६७ स्थान जित्यो । सन् २०१३ बाट राजनीतिमा आएको आपको यो रोचक सरप्राइज थियो । सन् २०२० को पछिल्ल्लो चुनावमा पनि आपले सरप्राइज दियो । भारतीय जनता पार्टी (बीजेपी)ले सबै शक्ति लगाउँदा पनि आपले एकल ६२ सीट ल्याएर देखाइदियो ।
यही फेब्रुअरी ५ मा भएको चुनावमा पनि आपले सरप्राइज दियो, तर यो सरप्राइज अरु बेला जस्तो आपलाई खुशी बनाएर बीजेपीलाई दुःखी बनाउने सरप्राइज थिएन । यो आपलाई तनाव दिने र आपको नेतृत्वलाई तनाव दिने सरप्राइज हो । आपले दशक लामो सत्तामा पहिलो पटक दिल्लीको सरकार नबनाउने पक्का भयो । बहुमत बढी सीट जितेर बीजेपीको मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । आपका संस्थापक तथा दिल्लीका पूर्वमन्त्री अरबिन्द केजरिवालले चुनाव हारेका छन् । यद्यपि दिल्...










