समाचार

देउवा भारत जाने कार्यक्रम रद्द
अन्तर्राष्ट्रीय, समाचार

देउवा भारत जाने कार्यक्रम रद्द

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्। सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भारत जाने कार्यक्रम रद्द गरिएको सेतोपाटीलाई जानकारी दिए। ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो, भिडभाड हुनेजस्ता कारणले गर्दा नजाने निर्णय गरिएको हो,’ उनले भने। ...
पूर्वराजाको सम्बोधनले हौसिएका दुई राप्रपा
मुख्य -समाचार, समाचार

पूर्वराजाको सम्बोधनले हौसिएका दुई राप्रपा

प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी मात्रै दिएनन्, देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वानसमेत गरे।   यसपछि दुई राजावादी दल राप्रपा र राप्रपा नेपाल हौसिएका छन्। पूर्वराजाको सम्बोधनलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै उनीहरूले अब सम्पूर्ण देशभक्त एकजुट हुनुपर्ने बेला भएको बताएका छन्।  राप्रपाका महामन्त्रीसमेत रहेका पार्टीका आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणाले देश सङ्कटमुक्त बनाउन जुट्ने बेला भएको बताएका छन्। 'देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी,  प्रजातन्त्रवादी र देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोध गर्दछु,' उनले भनेका छन्। उनी अगाडि भन्छन्, 'प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट रा...
को बन्ला दिल्लीको मुख्यमन्त्री ?
अन्तर्राष्ट्रीय, समाचार

को बन्ला दिल्लीको मुख्यमन्त्री ?

नयाँदिल्लीको सत्तामा २७ वर्षपछि पुनरागमन गरेको भारतीय जनता पार्टी (भाजपा)ले आज मुख्यमन्त्री चयन गर्दैछ । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने छ । नयाँ मुख्यमन्त्रीबारे छलफल गर्न आज दिउँसो भाजपा संसदीय दलको बैठक बसेको थियो । सो बैठकले रविशंकर प्रसाद र पार्टीका राष्ट्रिय सचिवसमेत रहेका ओमप्रकाश धनखडलाई दिल्ली विधानसभामा भाजपा दलको नेता चुन्न पर्यवेक्षक तोकेको छ । उनीहरुसहित आज साँझ ७ बजे बस्ने भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्ने छ र सोही नेता मुख्यमन्त्री नियुक्त हुने छन् । भारतीय मिडियाहरुका अनुसार प्रवेश शर्मा, रेखा गुप्ता, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी छन् । उनीहरुमध्ये को मुख्यमन्त्री बल्ला भन्ने चासो छ । केही मिडियाले भारत नयाँदिल्लीको मुख्यमन्त्रीमा भाजपाकी र...
विद्यार्थी फर्किन थालेपछि अभिभावकलाई इमेल लेख्दै केआईआईटी
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

विद्यार्थी फर्किन थालेपछि अभिभावकलाई इमेल लेख्दै केआईआईटी

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ । दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए । त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको शर्माले अनलाइनखबरलाई बताए । ‘अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाप्रति चिन्ता छ, त्यसक्रममा विद्यार्थी घरसम्म पुगेका छन्’, उन...
रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
मुख्य -समाचार, समाचार

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरेले जानकारी दिए। सरकारी वकिलले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका हुन्। चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो। उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो। उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाएको थियो। अनुसन्धान र अभियोजन गरी अदालतमा पेस गरेको थियो। अदालतले गत अ...
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
समाचार

एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन्। कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ।  दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए। उनका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन्। यो कुल दुर्घटनाको ५४ दशमलव ५५ प्रतिशत हो। त्यसपछि जिप कार र भ्यान, माइक्रो २१ दशमलव २१ प्रतिशत दुर्घटना भएको छ। अन्यमा बस पाँच दशमल ५३, ट्रक, ट्यांकर छ दशमलव दुई, ट्याक्टर दुई दशमलव ३६ प्रतिशत र टेम्पो पाँच दशमलव १८ प्रतिशत दुर्घटना भएका छन्। अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटनामा परेको पाइएको छ।&...
भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी हुन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद देखिएको बताएका छन्। उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिएको खुलेको छ। यद्यपि विश्वविद्यालयले उजुरीमा कुनैपनि कारबाही प्रक्रिया अगाडि नबढाएको नेपाली विद्यार्थीहरूको गुनासो छ।  घटनापछि नेपाली विद्यार्थीहरूले प्रदर्शन समेत ...
फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता
कला–संस्कृति, मनोरंजन, समाचार

फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता

आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा धुलिखेलका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि उपस्थित थिए । सम्झौता पत्रमा हस्ताक्षरपछि बोर्ड अध्यक्ष डिसीले धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गरिने जानकारी गराए । उनले भने, ‘यो स्टुडियो नेपाली फिल्म उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर फिल्म निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’ नगरपालिकाका मेयर श्रेष्ठले नेपाली फिल्म क्षेत्रको विकास र प्रवर्द्धनका लागि धुलिखेल नगरपालिकाले हरतरहले साथ दिने बताए । उनले भने, ‘यो परियोजनाले नेपाललाई अ...
‘सार्वजनिक समारोहमा बेलुनको प्रयोगमा सरकारले अब गम्भीर निगरानी राख्नुपर्छ’
मुख्य -समाचार, समाचार

‘सार्वजनिक समारोहमा बेलुनको प्रयोगमा सरकारले अब गम्भीर निगरानी राख्नुपर्छ’

प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  शनिबार पोखरामा भएको घटनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनले भने, ‘सार्वजनिक समारोहहरुमा, धार्मिक समारोह, चाडपर्व, विवाह, ब्रतबन्ध, जन्मदिन आदिजस्ता कार्यक्रममा प्रयोग हुने यस्तो प्रकारका बस्तु र सामग्रीहरुको बारेमा सरकारले गम्भीर निगरानी राखेर प्रयोगको प्रसंगमा उचित व्यवस्थापन गर्न पनि सभामुखमार्फत हार्दिक अनुरोध गर्दछु ।’ पोखरामा शनिबार बेलुन पडिकँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । ...
नेपालले पाउने झण्डै ४ करोड डलर मस्कले रोके
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

नेपालले पाउने झण्डै ४ करोड डलर मस्कले रोके

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ ।  वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको एउटा पोष्टका अनुसार यो रकम रोकिएको छ । यसबाहेक, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिँदै आएको १ करोड ९० लाख डलर पनि बन्द गरेको पोष्टमा उल्लेख छ । पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ । ट्रम्पले सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका थिए । यो विभागको काम अमेरिकी सरकारको खर्च कटौती हो । ट्रम्पले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई यस विभाग...