केन्द्रीय सदस्य प्रशिक्षित गर्न रास्वपाले चलायो ‘स्कुल’
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनीतिक प्रशिक्षण दिएको छ।
शुक्रबारदेखि सुरू गरेको प्रशिक्षण आइतबार सकिएको हो।
‘राजनीतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो। नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षित गराउँदै जाने योजना रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ गरेको हो। यसअघि उपलब्ध विज्ञको आधारमा प्रशिक्षण गर्दै आएको थियो,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा चलेको उनले सेतोपाटीलाई जानकारी दिए।
पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले प्रशिक्षणको औचित्य र महत्त्वबारे बताउँदै प्रशिक्षण सुरू गरेका थिए।
प्रशिक्षणमा राजनीतिक, शासन प्रणाली समाज, सामाजिक न्याय र कानुन, अर्थराजनीति र भूराजनीति...










