समाचार

लगभग ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
मुख्य -समाचार, समाचार

लगभग ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

लगभग ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् । ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रि...
‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?
मनोरंजन, समाचार

‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?

लोकप्रिय टिभी शो ‘सक्किगो नि’को टीमले बनाएको कथानक फिल्म ‘लाज शरणम्’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । यसअघि सिरियलबाट हिट कलाकार भएकाले पनि दर्शकमाझ फिल्म प्रतीक्षित छ । सीताराम कट्टेल धुर्मुस, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे लगायतका कलाकार भएकाले पनि सिरियल हेर्दै आएका दर्शकलाई यो फिल्म रुचिकर हुने पक्का छ । यसबाहेक अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, रेणु योगी लगायतका फिल्मी कलाकार पनि यसमा छन् । तपाईंले फिल्म हेर्नुभएको छैन भने थाहा नहुन सक्छ र निर्माताले यसलाई सार्वजनिक पनि गरेका थिएनन् । दयाहाङ राई र बुद्धि तामाङ पनि विशेष भूमिकामा छन् । फिल्ममा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छन् । उनको प्रवेशसँगै फिल्मको समापन भएको छ । उनको भूमिकालाई सस्पेन्स तुल्याइएको छ । जिग्री ब्रोको प्रवेशलाई निर्देशकले दोस्रो श्रृंखलाक...
तरकारी गाउँमा परिणत भएको वनगाउँ
मुख्य -समाचार, समाचार

तरकारी गाउँमा परिणत भएको वनगाउँ

कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । ‘हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ’, स्थानीय तीर्थ चौधरीले भने, ‘थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।’ उनका अनुसार गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ । टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रतिकिलो १०, काउली २० मा प्रतिकिलो र खुर्सानी ७० मा थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ । खुर्सानीले सुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तीर्थले बताए । ‘तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुक...
राराको होटेलमा आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो
मुख्य -समाचार, समाचार

राराको होटेलमा आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो

रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्णरुपमा नष्ट भएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरि आफू पनि घटनास्थलतर्फ गइरहेको बताए । ‘आगो नियन्त्रणमा त आइसकेको छ।  तर बाँकी के कति क्षति पुगेको छ भन्ने खुलिसकेको छैन’, उनले भने । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ । ...
फाइनलमा अभागी नेपाल महिला टोलीको इतिहास
खेलकुद, मुख्य -समाचार, समाचार

फाइनलमा अभागी नेपाल महिला टोलीको इतिहास

नेपाल महिला टोली फाइनलमै बारम्बार अभागी बनेको छ। १३औं फाइनलमा हारेपछि पनि उपविजेता ट्याग अझै हट्न सकेको छैन र फाइनलको जिंक्स टुट्न सकेन। नेपालले साफ (साग) प्रतियोगितामा छैटौं पटक पराजित भइसकेको छ। यसका अतिरिक्त, दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाल ३ पटक र हिरो गोल्डकप, नादेज्दा कप तथा वाफ वुमन्स च्याम्पियनसिपमा एक–एक पटक फाइनलमा पराजित भएको इतिहास छ। साफको १४ वर्षे यात्रामा नेपालले कुल ६ पटक फाइनल खेले तापनि अझैसम्म कुनै उपाधि जित्न सकिरहेको छैन। नेपालले भारतसँग ७ पटक, बंगलादेशसँग २ पटक र म्यानमार, उज्वेकिस्तान तथा जोर्डनसँग––एक–एक पटक फाइनलमा पराजय भोगेको छ। अन्तिम पटक, २०२४ फेब्रुअरीमा नेपाल वाफ च्याम्पियनसिपको फाइनलसम्म पुग्यो तर जोर्डनसँगको पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भई उपाधिबाट वञ्चित रहयो। दक्षिण एसियाली साफ वा सागमा पहिले भारत नेपालका लागि ठुलो बाधक रहँदा,...
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 
कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, समाचार

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।  संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।  जनकपुरधामको वडा नंं ८ मा रहेको मैथिली विकास कोषको भवनमा हुने महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म चल्ने उहाँले बताउनुभयो । चलचित्र महोत्सवमा १ सय १४ भन्दा बढी देशका ३ हजार ५ सय आवेदन प्रदर्शनका लागि प्राप्त भए पनि छनौट भएका १० विधाका ७८ वटा चलचित्र प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।  नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र म...
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
खेलकुद, मुख्य -समाचार, समाचार

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ। भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो। त्यस अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, युवासंघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए। राष्ट्रिय युवासंघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ। प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ। ...
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति संसदमा नियमापत्ति
मुख्य -समाचार, समाचार

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति संसदमा नियमापत्ति

सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए। सांसद खतिवडाको नियमापत्तिपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिएका थिए। उनले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिएका हुन्। ...
अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास
कला–संस्कृति, मनोरंजन, समाचार

अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास

उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म 'लाज शरणम्' सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ।  शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको हो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो। फिल्मका कलाकार सीताराम कट्टेलले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भएकोले त्यसको प्रचार रोक्न भन्दै आलमले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले फिल्म सेन्सर पास नभएसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो।  त्योसँगै फिल्मको प्रचार रोकिएको थियो। निर्माण टिमले फिल्मको टिजर र गीतलाई युट्य...
राष्ट्रपति पद छाड्न जेलेन्स्कीले राखेका शर्त
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

राष्ट्रपति पद छाड्न जेलेन्स्कीले राखेका शर्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश गर्नुपर्ने सर्त राखेका छन्। युक्रेनमा सोमबारदेखि युरोपेली नेताहरूको बैठक सुरू हुँदैछ।  त्यसको तयारीबारे प्रश्न गर्दा पत्रकारहरूले उनको राष्ट्रपति पदबारे पनि सोधेका थिए। त्यसको जबाफमा उनले युक्रेनमा शान्ति र नेटो सैन्य गठबन्धनको बदलामा राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। 'नेटो सैन्य गठबन्धनमा युक्रेनलाई समावेश गर्ने हो भने म तत्काल राष्ट्रपति पद छाड्न सक्छु,' उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई यसअघि 'तानाशाह' भनेका थिए।...