समाचार

राजा फर्किनेमा मलाई विश्वास छैन: शेखर कोइराला
मुख्य -समाचार, समाचार

राजा फर्किनेमा मलाई विश्वास छैन: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजा फर्कनेमा आफूलाई विश्वास नभएको बताएका छन्। झापामा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले राजनीतिक दल र नेताहरूले राम्रो काम भने गर्दै जानुपर्ने बताए। ‘राजाको सन्दर्भ हरेक देशमा चलिरहेको हुन्छ, आज पनि तपाईं फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ। त्यो चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनुपर्छ भन्ने गफ भइरहेको हुन्छ, राजा गएको १०० औं वर्ष भइसक्यो,’ कोइरालाले भने, ‘यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको देखाउँछ।’ उनले गणतन्त्रले जनतालाई आशा र भरोसा दिलाउन सक्यो कि सकेन भन्ने महत्त्वपूर्ण हुने बताए। ‘माई खोलामा धेरै पानी बगिसक्यो, राजा फर्कनेमा मलाई विश्वास छैन। तर कोसिस त मानिसले गरिरहेका हुन्छन्। हामीहरूले राम्रो काम गर्नुपर्छ,’ उनले भने। ...
काठमाडौंको आश्रयस्थलमा १० जना सुतिरहेको टहरामा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
मुख्य -समाचार, समाचार

काठमाडौंको आश्रयस्थलमा १० जना सुतिरहेको टहरामा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ। द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे  बा २ क ६५८०  टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। आश्रयस्थलका १० जना सुतिरहेको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो। टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन गम्भीर घाइते भएका थिए। उनीहरूलाई प्रहरीले उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा निज तीनै  जनालाई ४:३३ बजे अस्पतालले मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए। टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सलम्बुटारमा ०६२ सालदे...
क्रेस्ट माइक्रो लाइफको आइपिओ खुल्यो
मुख्य -समाचार, समाचार

क्रेस्ट माइक्रो लाइफको आइपिओ खुल्यो

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज (बिहीबार)देखि आइपिओ बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।  यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र  सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर पनि बाँडफाँट गरिसके...
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय
मुख्य -समाचार, समाचार

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि ऊर्जा मन्त्रालयले पनि उनलाई स्पष्टीकरण सोधेको थियो। जवाफमा उनले उचित प्रतिवादको मौका आफूले नपाएको बताएका थिए। ‘मेरो पूर्व स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन? स्पष्टिकरणमा आधार र कारण खुलेको छैन। आधार र कारणको अभावमा थप पुष्ट्याईं पेश गर्ने अवस्था भएन। आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन,’ उनले जवाफमा भनेका थिए। यसैबीच कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको थियो।  आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका थिए।  घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अ...
घोराहीमा गहना चोर्ने, बेच्ने र किन्ने पक्राउ
मुख्य -समाचार, समाचार

घोराहीमा गहना चोर्ने, बेच्ने र किन्ने पक्राउ

दाङको एक घरबाट गहना र पैसा चोरी गर्ने, त्यो गहना बिक्री गर्ने र किन्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट फागुन १५ गते गहना र नगद चोरी भएको थियो। चोरीमा संलग्नसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोही ठाउँका प्रदीप भनिने विज्ञान घर्ती सुरूमा पक्राउ परे। उनले नै गीताको घरबाट गहना र नगद चोरीको स्वीकार गरेको बयान दिएको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई बुधबार घोराही उपमहानगर १७ सिस्नेखोला सडकखण्डबाट नियन्त्रणमा लिएको थियो। चोरीका गहना उनले घोराही बजारमा बिक्री गरेका थिए। गहना बेच्न घोराही १५ काठेकोहलका ३२ वर्षीय विक्रम चौधरी र उनकी २५ वर्षीया श्रीमती प्रतीक्षा केसीले सघाएका थिए। चौधरी दम्पतीले घोराही १५ भीमसेनटोलका सुनका गरगहना बनाउने कालीगढको काम गर्ने ४१ वर्षीय सदन सुनारलाई ती गरगहना बेचेको पाइए...
सांसदले उठाए घिसिङलाई शून्य नम्बर दिएको र रंगशालामा दर्शक पिटेको घटना, सभामुखको रूलिङ
मुख्य -समाचार, समाचार

सांसदले उठाए घिसिङलाई शून्य नम्बर दिएको र रंगशालामा दर्शक पिटेको घटना, सभामुखको रूलिङ

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे सरकारसँग जबाफ मागेका छन्। माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नाफामा गइरहेको प्राधिकरणका कार्यकारी निर्देशकलाई शून्य नम्बर किन दिइयो भन्ने प्रश्न सरकारलाई सोधेका हुन्। साथै उनले घिसिङमाथि पटकपटक स्पष्टीकरण सोध्ने काम भएकोमा विरोध गरेका छन्। ऊर्जा मन्त्रालयले घिसिङलाई पटक पटक स्पष्टीकरण सोध्दै आएको छ भने घिसिङले पनि स्पष्टीकरण दिँदै आइरहेका छन्। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले घिसिङलाई प्राधिकरणबाट हटाएमा सडक र सदनमा विरोध गरिने चेतावनी दिए। साथै उनले दशरथ रंगशालामा दर्शक कुटिएको घटनाबारे प्रसंग उठाउँदै उक्त घटनामा संलग्नलाई कारबाही माग ...
सबिन श्रेष्ठले ल्याए वेब सिरिज ‘ए घरबेटी बा’
मनोरंजन, समाचार

सबिन श्रेष्ठले ल्याए वेब सिरिज ‘ए घरबेटी बा’

कलाकार सविन श्रेष्ठले 'ए घरबेटी बा' नामक वेब सिरिज लिएर आएका छन्।  कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ। दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छन् भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रसारण हुनेछ।  सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रूपमा देखिँदैछन्। काठमाडौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकुलगायत कलाकारको अभिनय छ। ...
वन्यजन्तु मानव द्वन्द्व: छ महिनामा दस जनाको मृत्यु
मुख्य -समाचार, समाचार

वन्यजन्तु मानव द्वन्द्व: छ महिनामा दस जनाको मृत्यु

वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ। गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो। यस आर्थिक वर्षमा जंगली जनावारका कारण १४ जना घाइते भएका छन्। गैंडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्। निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ। हालसम्म रु ९४ लाख ६१  हजार नौ सय ३१  राहतस्वरुप प्रदान गरिएको उनले बताए। राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ।  मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जंगली जनावारको आक...
जेलेन्स्कीले भने- बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुन्छ
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

जेलेन्स्कीले भने- बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुन्छ

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तित्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्। शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दा माहोल गर्मिएको थियो। भान्स सिनेटर हुँदैदेखि जेलेन्स्कीका विरोधी हुन्। अमेरिकामा झगडा परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने दाबी गरेका हुन्। 'मलाई लाग्छ हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ। तर त्यस्ता छलफलहरू खुला हुनुहुँदैन थियो,' उनले भने। अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले यु...
ऐतिहासिक रुपमा सम्पन्न भयो महाकुम्भ मेला, कीर्तिमानी ६६ करोडभन्दा बढी श्रद्धालुहरूले लगाए डुबुल्की
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार, समाचार

ऐतिहासिक रुपमा सम्पन्न भयो महाकुम्भ मेला, कीर्तिमानी ६६ करोडभन्दा बढी श्रद्धालुहरूले लगाए डुबुल्की

 विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक समागम— महाकुम्भ २०२५ मा बुधवार अन्तिम स्नान पर्व महाशिवरात्रिसँगै सम्पन्न भएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा ४५ दिनसम्म सञ्चालन भएको महाकुम्भ गत १३ जनवरीदेखि प्रारम्भ भएको थियो । यो मेलामा विश्वभरीबाट आएका ६६ करोडभन्दा बढी श्रद्धालुहरूले गंगाको संगममा डुबुल्की लगाएका थिए । मेला प्रशासनद्वारा जारी गरिएको तथ्यांकअनुसार एकै दिन बुधवार साँझ ६ बजेसम्म पौने दुई करोडभन्दा बढी श्रद्धालुहरूले गंगा र संगममा स्नान गरे भने १३ जनवरीदेखि हालसम्म स्नान गर्नेहरूको संख्या ६६ क।रोड २१ लाख पुगेको छ । श्रद्धालुहरूको यो संख्या चीन र भारतबाहेक अमेरिका, रूस र युरोपेली देशहरूको जनसंख्याभन्दा बढी रहेको छ । साथै, यो मक्का र भ्याटिकन सिटी जाने श्रद्धालुको संख्या भन्दा पनि धेरै हो । महाकुम्भ मेलाले सरसफाइका दृष्टिकोणले पनि निकै चर्चा पायो, जसमा सरसफाइ कर...