अब प्रहरीले पनि अन्तराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीहरूले पनि सोही अनुरूप अन्तर्राष्ट्रिय तहको विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरूलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै नागरिक मैत्री बनाउने कुरामा सरकार लागिरहेको बताए । तर एउटा हातले मात्र ताली नबज्ने भनेझैँ नागरिकहरू पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने उनको भनाइ थियो ।
नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिबद्धता गरेको...







