समाचार

ट्राफिक नियम नमान्ने चालकलाई समात्न उपत्यकामा एएनपीआर क्यामेरा जडान
समाचार

ट्राफिक नियम नमान्ने चालकलाई समात्न उपत्यकामा एएनपीआर क्यामेरा जडान

६ पुस, काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । जसलाई ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटला...
१३ अर्ब ३१ करोड डलर पुग्यो विदेशी विनिमयको सञ्चिति
समाचार

१३ अर्ब ३१ करोड डलर पुग्यो विदेशी विनिमयको सञ्चिति

विदेशी विनिमयको सञ्चिति लगातार बढेको छ।  २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो।  पाँच महिनाको अवधिमा १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब ४ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो। २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड डलर पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड रूपैयाँ पुगेको छ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रूपैयाँ रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतल...
नेपाल भाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन, हजारौं किताबहरु विश्वभरबाट पढ्न पाइने
कला–संस्कृति, समाचार

नेपाल भाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन, हजारौं किताबहरु विश्वभरबाट पढ्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा उपप्रमुख डंगोलले यस्तो जोड दिएकी हुन् । कार्यक्रममा बोल्दै डंगोलले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन् । ‘अहिले २१औं शताब्दीको विकसित प्रविधिको सहायताले हामी एकैछिनमा संसारभरीका हरेक विषयवस्तु संसारको जुनै ठाउँमा बसेर पनि हेर्न सक्छौं । हाम्रो नेपालको बारेमा लेखिएका सामग्री, अध्ययन, अनुसन्धानलाई पनि विश्वव्यापीकरण गरिनुपर्छ’, उपप्रमुख डंगोलले भनिन्, ‘त्रिवि नेपालभाषा केन्द्रीय विभागले बनाएको यो ईलाइब्र...
भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि
विचार, समाचार

भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् ।  यसले नेपाल-भारतबिच रही आएको विशिष्ट सम्बन्ध (युनिक रिलेसन) लाई थप बल पुर्‍याएको उनले विश्वास व्यक्त गरेका हुन् । पूर्व उप-प्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका निधिले सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमति अनुसार अब भारतले २० करोड रुपैयासम्मको अनुदान दिन सक्ने भएको कुरा सकारात्मक रहेको उनको भनाई छ । ‘अनुदानमा आधारित यस्ता परियोजनाहरू धेरै पहिलेदेखि नै सञ्चालित रहेको छ । २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिँदै आइरहेको थियो । यस्तो परियोजना छनौट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्...
विदेशमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध थप सुमधुर बन्ने
अन्तर्राष्ट्रीय, समाचार

विदेशमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध थप सुमधुर बन्ने

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका विदेशमन्त्री एन.पी.को निमन्त्रणामा जनवरी ४-५, २०२४ मा काठमाडौं आउने तय भएको छ । मन्त्री साउदले भ्रमणको उद्देश्य सन् १९८७ मा स्थापना भएको भारत-नेपाल संयुक्त आयोगको सातौं बैठकको सहअध्यक्षता गर्नु रहेको छ । यो आयोगले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको व्यापक समीक्षाका लागि महत्वपूर्ण मञ्चको रूपमा काम गर्छ । संयुक्त आयोगको बैठकका अलावा डा. जयशंकरले नेपालको नेतृत्वसँग भेटघाट र प्रमुख राजनीतिक व्यक्तित्वहरूसँग छलफल गर्नेछन्। यो भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतको प्राथमिकता साझेदारको रुपमा नेपालको महत्वलाई जोड दिन्छ। उच्चस्तरीय आदानप्रदानको परम्पराले यी दुई छिमेकी राष्ट्रहरूबीचको स्थायी निकटता झल्काउँछ। ...
ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति
समाचार

ठेक्का तोड्ने चेतावनीपछि पोखरा–मुग्लिन सडकमा बढ्यो कामको गति

पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’  उनको व्यङ्ग्य चीनप्रति थियो । पोखरा–मुग्लिनको दुवै खण्डको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । दुईवटै ठेक्कामा लक्ष्यअनुसार प्रगति भएको छैन । पूर्वीखण्डमा सन्तोषजनक काम भए पनि पश्चिम खण्डमा कामको गति निकै सुस्त छ ।  काम सुस्त भएपछि सरकारले ठेक्का तोड्ने तयारी गर्यो । अघिल्लो महिना अन्तिम पटक भनेर एक महिनाका लागि निर्माण कम्पनीलाई कामको प्रगति बढाउन मौका दिइयो । एक महिनाका लागि दिइएको समयमा निर्माण कम्पनीले कामको रफ्तार केही बढाएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको सडकमा अहिलेसम्म १४ प्रतिशत मात्रै काम भएको छ । स्तरोन्नतिका ल...
हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई
कला–संस्कृति, मनोरंजन, समाचार

हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

चितवन । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको जानकारी दिए । प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए । प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए । निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुश...
६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?
समाचार

६ अर्बमा किनेको चिनियाँ जहाज कतिमा बेच्दैछ निगम ?

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लो समय एकैपटक तीनवटा मुद्दाले चर्चामा छ । नयाँ जहाज खरिद, पुरानो जहाज बिक्रीसँगै वर्षौँवर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउन्ड ह्याण्डलिङको सुविधासमेत खोस्ने नागरिक उड्डयन प्राधिकरणको निर्णयसँगै थप निगम चर्चामा आएको हो । ग्राउन्ड ह्याण्डलिङको मुद्दालाई छाडेर यतिखेर निगम जहाज किनबेचमा अझ बढी चर्चा र विवादमा छ । दुर्गम क्षेत्रमा उडान भर्ने गरी निगमले तत्काल तीन वटा ट्विनअटर जहाज खरिदप्रक्रिया अघि बढाएको छ ।  २२ अक्टूबर, २०२३ देखि ५ डिसेम्बर २०२३ सम्म ४५ दिने जहाज खरिदको अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेकोमा तीनवटा अन्तर्राष्ट्रिय कम्पनी हिन्दुस्तान एयरोनोटिकल लिमिटेड (भारत), दी हेविलल्याण्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रस्ट्रीज (चेक रिपब्लिका)ले आवेदन हालेका छन् । यी कम्प...
‘फास्ट एन्ड फ्युरियस’ अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप
मनोरंजन, समाचार

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता विनलाई यौन दुर्व्यवहारको आरोप

'फास्ट एन्ड फ्युरियस' सिरिजका अभिनेता विन डिजेललाई यौन दुर्व्यवहारको आरोप लागेको छ। यौन दुर्व्यवहारको आरोपमा उनीविरूद्ध लस एन्जिल्स उच्च अदालतमा बिहीबार एस्टा जोनासनले मुद्दा दर्ता गरेकी हुन्। सिएनएनका अनुसार सन् २०१० मा सुटिङका क्रममा डिजेलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। त्यतिबेला उनीहरू एकसाथ फिल्ममा काम गरिरहेका थिए।  उनले डिजेलकी बहिनी समान्था भिन्सेन्ट र प्रोडक्सन कम्पनीविरुद्ध पनि मुद्दा हालेकी छन्। उक्त घटनापछि समान्थाले फोन गरेर आफूलाई कामबाट निकालेको उनले बताएकी छन्। डिजेलकी वकिल ब्रायन फ्रिडमैनले उक्त आरोपको खण्डन गरेकी छन्। सिएनएनसँग कुराकानी गर्दै उनले भनेकी छन्, 'विन डिजेल यस आरोपमाथि खण्डन गर्छन्।' त्यस्तै जोनसनकी वकिल लिज गुडलीले भनेकी छन्, 'न्यायबाट बच्न कोही पनि यति प्रसिद्ध र शक्तिशाली छैनन्।' डिजेलले ६० भन्दाबढी टेलिभिजन शो ...
सैनिक आवासीय महाविद्यालय भक्तपुरले जित्यो २९औं आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता
खेलकुद, समाचार

सैनिक आवासीय महाविद्यालय भक्तपुरले जित्यो २९औं आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता

२९औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ।  शुक्रबार नेपाल पुलिस स्कुल साँगामा भएको अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० उक्त महाविद्यालयले जितेको हो। प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन्। प्रथम हुने टिमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा ३-० गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो। मंसिर २० गतेदेखि सुरू भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टिम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक ...