समाचार

डेनमार्कको राजा बने फ्रेडरिक
अन्तर्राष्ट्रीय, समाचार

डेनमार्कको राजा बने फ्रेडरिक

१ माघ, काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन् । ५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् । डेनमार्कको ८०० वर्ष पुरानो राजतन्त्रको इतिहासमा स्वेच्छाले राजगद्दी त्यागेर उत्तराधिकारीलाई शासन सुम्पिएको यो पहिलो पटक हो । डेनिस सम्राट फ्रेडरिकलाई हेर्न राजदरबार अगाडि हजारौं संख्यामा मानिसहरु भेला भएका थिए । बार्दलीमा उभिएर समर्थकहरुलाई अभिवादन फर्काउँदा फ्रेडरिकका आँखा रसाएका थिए । ...
‘रङ्गेली’ टिजरमा दयाहाङ र अर्पणको दुश्मनी, शान्त मिरुना
मनोरंजन, समाचार

‘रङ्गेली’ टिजरमा दयाहाङ र अर्पणको दुश्मनी, शान्त मिरुना

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको अर्जुन सुवेदी निर्देशित फिल्म ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारु युवतीको रुपमा चित्रित छिन् ।रङ्गेली सहरमा राज गर्न चाहने दुई समुहको कथामा फिल्म केन्द्रित रहेको टिजरले बुझाउँछ । दयाहाङ (विजय) र अर्पण (भगवान् दादा) दुवै ग्याङस्टार लुक्समा प्रस्तुत छन् । टिजरमा ब्याकग्राउन्ड स्कोर सशक्त देखिन्छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी, शेखर चापागाईं, प्रभाकर न्यौपाने, सन्तोष सरकार लगायतको पनि विशेष भूमिका छ ।हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको फिल...
ताइवानमा नयाँ राष्ट्रपति चयनसँगै अमेरिका र चीनबीच वाकयुद्ध
अन्तर्राष्ट्रीय, समाचार

ताइवानमा नयाँ राष्ट्रपति चयनसँगै अमेरिका र चीनबीच वाकयुद्ध

१ माघ, काठमाडौं । ताइवानमा नयाँ राष्ट्रपति चयनसँगै अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नवनिर्वाचित राष्ट्रपति लाइ चेङ तेलाई बधाइ सन्देश पठाएसँगै बेइजिङले वासिंटनलाई कडा चेतावनी दिएको छ । लाइलाई बधाई दिँदै वासिङ्टनले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने प्रतिवद्धताको उल्लंघन गरेको बेइजिङको टिप्पणी छ । वासिङ्टनको बधाई सन्देशप्रति आक्रोशित हुँदै चीनले पोखेको आक्रोशबारे बीबीसीले लेखेको  छ, ‘ताइवानको स्वतन्त्रता माग गर्नेहरुलाई बल पुर्‍याउने गरी बधाई दिँदै वासिङ्टनले गम्भीर गल्तीको संकेत दिएको छ ।’ नवनिर्वाचित राष्ट्रपति लाइ ताइवानको स्वतन्त्रताको प्रखर वकालत गर्ने पात्र हुन् । बेइजिङले नरुचाउने पात्रसँग सहकार्यको सन्देश सहित ब्लिंकेनले बधाई दिएका थिए । यस बधाई सन्देशमा अमेरिकाले एक चीन नीति अनुसार ताइवानसँग सहकार्य र सम्बन्ध ...
प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक
खेलकुद, समाचार

प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीका लागि विनोदले शतक प्रहार गरेका हुन् । विनोदले ४३‍औं ओभरको पहिलो बलमा ८९ बल खेलेर शतक पूरा गरे। उनले शतक पूरा गर्न ९ चौका र ४ छक्का प्रहार गरे। उनले शतक प्रहार गर्दा आर्मी २३८-५ को स्थितिमा थियो । जारी प्रतियोगिताको तेस्रो शतक हो। यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए। दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए । विनोदले शतक प्रहार गर्नुअघि भने आर्मीले लगातार विकेट गुमाएको थियो। ओपनर इमरान शेख २६ रन, भीम सार्की १८ रन, सन्तोष कार्की ४२ रन र सन्दीप रजाली शून्यमा आउट भएका थिए । यस्त...
निति शाह: चार चलचित्र घोषणामै सीमित, ‘खजुरे ब्रो’बाट डेब्यू हुने
कला–संस्कृति, मनोरंजन, समाचार

निति शाह: चार चलचित्र घोषणामै सीमित, ‘खजुरे ब्रो’बाट डेब्यू हुने

काठमाडौँ । ‘मिस इन्टरनेशनल नेपाल २०१७’ विजेता निति शाहले अभिनय गर्ने भनिएका चलचित्रहरू‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ नबनेपछि उनी अब अर्को चलचित्रमा काम गर्ने भएकी छन् । अभिनेता महेश त्रिपाठीको अभिनय रहने चलचित्र ‘खजुरे ब्रो’बाट अब नीतिले डेब्यू गर्नेछिन् । दुई हप्ताअघि नै यस चलचित्र अनुबन्ध भएर उनी शुक्रवारबाट छायाङ्कनमा समेत जोडिइसकेकी छन् । चलचित्रमा नीतिको जोडी भने अभिनेता रेअर राईसँग बाँधिएको बुझिएको छ । ‘षडङ्ग’ रिलिजको ९ वर्षपछि निर्देशनमा फर्किन लागेका सुरज सुनुवारको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र काठमाडौँ र धरानसँगै इटहरी र भारतस्थित दार्जिलिङमा छायाङ्कन गरिने जनाइएको छ । ...
बैंक ब्याजदर ८ प्रतिशतमा
समाचार

बैंक ब्याजदर ८ प्रतिशतमा

काठमाडौँ । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ । नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ ।  यसैगरी कम ब्याजदर प्रस्ताव गर्ने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।  पुसको तुलनामा कृषि विकास बैंकले १.२५ प्रतिशतले ब्याजदर घटा...
मध्यरातमा जोडियो २३ उद्योगमा बिजुली
समाचार

मध्यरातमा जोडियो २३ उद्योगमा बिजुली

नेपाल विद्युत् प्राधिकरणले लाइन विच्छेद गरेका २३ वटा उद्योगमा लाइन जोडिदिएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिएको छ । विगतमा डेडिकेटेड र ट्रंक  लाइन प्रयोग गरि चलाएको बिजुलीका प्रिमियम  बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट उद्योगमा लाइन काट्न सुरु गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो। त्यही बैठकले उद्योगमा लाइन जोड्ने निर्णय पनि गरेको थियो । शुक्रबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले  काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो । प्राधिकरणको रेकर्डअनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रूपैयाँ प्रिमियम महसुल ...
आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा
समाचार

आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।  रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।  ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो । रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलम, शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । २०७६ साल कात्तिक १८ गते दर्ता भएको मुद्दा...
अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक सम्पन्न
अन्तर्राष्ट्रीय, समाचार

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक सम्पन्न

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति(आइजीएससी) को पछिल्लो बैठक मिति २०८० पौष २७ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न भयो । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव श्री विपुल बंशलले गर्नुभयो भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री रामचन्द्र तिवारीले गर्नुभयो । व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गर्यो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँच बारे छलफल गरे । भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको...
पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत
समाचार

पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट  जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन् । भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरिन् । मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुर्याउनुपर्ने धारणा राखिन् । ‘रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन, उनले भनिन्, ‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाइन पनि चाहियो, भरतपुरमा रेलवे लाइन नहुँदा भरतपुर विकासबाट पछि पर्नेछ ।’ प्रमुख दाहालले अहिलेको विषयलाई पुनअव...