समाचार

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
समाचार

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

६ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत ...
बर्दिबासामा सडक खाना महोत्सवको आयोजना
कला–संस्कृति, समाचार

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ । “मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्याउने हाम्रो विश्वास छ”,सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्छन्, “महोत्सवमा हाम...
शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : मुख्यमन्त्री यादव
समाचार

शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर । मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत संरचनामा दलीय राजनीति अनुपयुक्त हुने भन्दै विकास–निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । यसअघि प्रदेशमा बजेटको सकसबारे उठेको प्रश्नको जवाफमा उनले प्रतिष्ठान सञ्चालनका लागि चाहिने रकममा कन्जुस्याइँ नगरिदिन आग्रह गरे । सामान्य उपचारका लागि काठमाडौँ, धरान, चितवन जानुपर्ने बाध्यता अन्त्य गर्न र गुणस्तरीय सेवा प्रवाह गर्न चिकित्सकहरुलाई अनुरोध गर्दै मुख्यमन्त्री यादवले बजेट पुगेन भनेर माग उठाइरहनुभन्दा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्नुपर्ने बताए । मधेस स्वास्थ्य विज्ञान प्रतिष्...
घोराही-तुलसीपुर सडकखण्डमा रास्वपाको दबाब यात्रा
समाचार

घोराही-तुलसीपुर सडकखण्डमा रास्वपाको दबाब यात्रा

५ फागुन, दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ । पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो  घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो । तुलसीपुरको बीपी चोकमा यात्रा समापन गर्दै पूर्वमन्त्री तथा सांसद शिशिर खनालले वर्षौं सडक अलपत्र पारेर नागरिकलाई दुःख दिने काम भएको भन्दै दबाब मुलक यात्रा गर्नुपरेको बताए । रास्वपाका नेता एवं विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले आफूहरुको पटकपटकको दबाबले ठेक्का रद्द भए पनि नयाँ ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिन यात्रा ग...
त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीहरूमाथि प्रहरीको हातपात
समाचार

त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीहरूमाथि प्रहरीको हातपात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन् । अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका हुन् । सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल-फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको स्रोतको भनाइ छ । ‘अध्यागमन अफिसर भएकाले धेरैजसो प्रहरीले चेक गर्दैन। कहिलेकाहीँ छामछुम गर्छ । प्रहरीलाई अधिकृत मोक्तानले तिमीहरू कहिले चेक गर्छौं, कहिले गर्दैनौं यो के हो? भनेर सोधेपछि विवाद भएको हो,’ स्रोतले भन्यो । प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो। केही बेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि हातपात गरेका थिए । अधिकृत मोक्ता...
न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध
समाचार

न्युरोड क्षेत्रमा आजदेखि पार्किङ निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको सडकमा सवारी साधन पार्किङमा रोक लगाएको छ । न्युरोड जानेले अब आफ्ना सवारी साधन काठमाडौं टावर लगायतका स्थानमा पार्किङ गर्नु पर्ने छ । महानगरले सो क्षेत्रमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको जनाएको छ । महानगरका अनुसार काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्क गर्न सकिने छ । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको सडकमा आजदेखि पार्किङ निषेध गरिएको महानगरपालिकाले जनाएको छ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिसकिएको छ । ...
अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा
कला–संस्कृति, समाचार

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा

काठमाडौं । भारतको अयोध्यामा बनाइएको नवनिर्मित मन्दिरको आज भव्य  उद्घाटन हुदै छ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ । भारतीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ । रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरम...
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
समाचार

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित छ हजार छ सय ३४ मध्ये चार हजार छ सय ४२ ले पहिलो किस्ताको रकम पाएका छन्। नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार एक सय ५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार दुई सय पाँचमध्ये दुई हजार एक सय ८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ। बारेकोटमा पाँच हजार पाँच सय ८६ मध्ये चार हजार छ सय ८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार दुई स...
बलिदानी दिवसमा शहीद परिवारलाई ३ लाख सहयोग
समाचार

बलिदानी दिवसमा शहीद परिवारलाई ३ लाख सहयोग

५ माघ, जनकपुर । मधेश प्रदेश सरकारले शहीद परिवारलाई ३–३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । बलिदानी दिवसको अवसरमा मधेशी सहिद प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा गरेको कार्यक्रममा ६३ जना सहिद परिवारलाई ३–३ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । १०५ जना घाइतेलाई अवस्था हेरेर १ देखि २ लाख रुपैयाँसम्म दिइएको गृह मन्त्री मोहम्मद समिमले जानकारी दिए । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेशलाई ४/५ टुक्रा पारेको भन्दै आक्रोश पोखेका छन् । ‘मधेश आन्दोलन केवल ८ जिल्लालाई मधेश प्रदेश बनाउन भएको थिएन । आन्दोलनको लक्ष्य समग्र मधेश एक स्वायत प्रदेश थियो’ यादवले भने ‘तर जब पुनरसंचना आयोग बन्यो, टुक्राटुक्रा बनाइयो ।’ पश्चिमका थारुले प्रदेश मागेपछि दुई प्रदेश स्वीकार गरेको भएपनि राज्यले षडयन्त्रपूर्वक ४/५ टुक्रा बनाएको उनले बताए । आठ जिल्लालाई मधेश प्रदेश बन...
सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका-२०२४’ कार्यक्रम सम्पन्न
समाचार

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका-२०२४’ कार्यक्रम सम्पन्न

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो । कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरूले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा हाइभलयकी सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे जानकारी गराएकी थिइन् । नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए । नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा रिपोर्टर क्लब ...