समाचार

भारतीयले अब नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने
अन्तर्राष्ट्रीय, समाचार

भारतीयले अब नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

२५ फागुन, काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् । भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुई कम्पनीले जनाएका छन् । यसको...
२ अर्ब ८ करोडमा सिमित नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दो , कारोबार रकम
समाचार

२ अर्ब ८ करोडमा सिमित नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दो , कारोबार रकम

काठमाडौं । नेप्से परिसूचक आइतवार पनि घटेर बन्द भएको छ । परिसूचक १ हजार ९६० दशमलव ३० विन्दुमा झरेको हो । आइतवार सँगै नेप्से लगातार तीन कारोबार दिन घटेको छ । तीन कारोबार दिनमा ४१ दशमलव ३३ अंक घटेको हो ।नेप्से परिसूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त भएको छ । आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले गति लिन नसकेको जानकारहरु बताउँछन् । त्यस्तै निजी क्षेत्रका उद्यमी तथा बैंकरहरु विभिन्न मुद्दामा पक्राउ परेकाले पनि समग्र लगानी वातावरण प्रभावित भएको उनीहरु बताउँछन्  । शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले निकै ठूलो प्रभाव पर्ने गर्छ भने स साना कुराहरुले प्रभावित पनि पारिराखेको हुन्छ ।यस भन्दा अगाडि २२ हाराहारीमा पुगिसकेको बजार पुनः निरन्तरजसो घटेर पुन ः १९ सयकै लाइनमा आइसकेको छ । करिब १० अर्ब नजिक पुगेको कारोबार रकम पनि खुम्चिएर २ अर्ब भन्दा तल आइसकेको छ । यसरी हेर्दा शेयर बजारमा आम लगानी...
पाकिस्तानले चिनियाँ ऋण चुक्ता गर्न १.८ बिलियन डलरको व्यवस्था गर्न संघर्ष गरिरहेको छ ।
अन्तर्राष्ट्रीय, समाचार

पाकिस्तानले चिनियाँ ऋण चुक्ता गर्न १.८ बिलियन डलरको व्यवस्था गर्न संघर्ष गरिरहेको छ ।

“अर्थ मन्त्रालयले अहिलेसम्म १.८ अर्ब डलर बराबरको स्थानीय मुद्रा उपलब्ध गराएको छैन । कराँची: पाकिस्तानको विदेशी मुद्रा बजार अपेक्षाको बारेमा रिपोर्टले तनावपूर्ण छ। यस अवधिमा विदेशी लगानीमा नाफा र लाभांशको उच्च प्रवाह भए पनि ..स्रोतका अनुसार स्थानीय मुद्रा विरुद्ध ८० करोड डलर उपलब्ध गराइएको छ । एसबीपीले आफ्नो विदेशी मुद्रा सञ्चिति ८ अर्ब डलरभन्दा माथि कायम राख्न प्रयासरत छ । आर्थिक वर्ष २०७२ को पहिलो सात महिनामा चालू खाता घाटा १ अर्ब डलर थियो ।आर्थिक क्षेत्रका विज्ञहरूले देशलाई कसरी डलर उठाउने भन्ने कुनै जानकारी नभएको बताएका छन् । ...
पहिलो पटक प्लेयर अफ द म्याच : प्रतिश जिसी
खेलकुद, समाचार

पहिलो पटक प्लेयर अफ द म्याच : प्रतिश जिसी

काठमाडौं । नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच बनेका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई ६ विकेटको जित दिलाउन प्रतिशले उत्कृष्ट बलिङ गरेका थिए । प्रतिशले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिएका थिए । उनको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रनमा अल आउट भएको थियो । एक समय नेदरल्यान्ड्स ८ ओभरमा ५४–२ को अवस्थामा थियो । प्रतिशले नवौं ओभरको पहिलो बलमा स्कट एडवार्ड्सलाई १८ र पाँचौं बलमा म्याक्स ओडाउडलाई ३१ रनमा बोल्ड आउट गरेका थिए । दुबै सेट भएका ब्याटर आउट भएपछि नेदरल्यान्ड्स संकटमा परेको थियो । १५ औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका फिनिसर तेजा निणामानिरुलाई प्रतिशले ५ रनमा बोल्ड आउट गरेका थिए । प्रतिशले गतवर्ष देखि नेपालको टोलीमा छन् । आईसीसी विश्वकप लिग–२ त्रिकोणात...
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि असईसम्म २४ कर्मचारी माग
समाचार

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि असईसम्म २४ कर्मचारी माग

काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ ।सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ । ...
बंगलादेशकाे एक व्यावसायिक भवनमा आगलागी, ४४ जनाको मृत्यु
अन्तर्राष्ट्रीय, समाचार

बंगलादेशकाे एक व्यावसायिक भवनमा आगलागी, ४४ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा साततले भवनमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ। सो आगलागीमा २२ जना गम्भीर घाइते भएका छन्। उक्त भवनबाट ७५ जनाको सकुशल उद्धार गरिएकाे छ। सो रेस्टुरेन्टबाट सल्केको आगो त्यही तलामा रहेका अरू रेस्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमा समेत पुगेको थियो। ग्यास लिक भएर आगो सल्केको हुन सक्ने आशंका गरिएको छ। भर्‍याङसहित सबै तलामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको बताइएको छ। ...
गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा
समाचार

गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । ...
सशस्त्र प्रहरी ले समात्यो १८ लाखको अवैध सामान, चार जना महिला पक्राउ
समाचार

सशस्त्र प्रहरी ले समात्यो १८ लाखको अवैध सामान, चार जना महिला पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करीब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई पक्राउ गरेको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठकुल्लाले जानकारी दिए । उनकाअनुसार यो सहित ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा ग...
चाैतर्फी चेपुवामा बैंकिङ क्षेत्र !
विचार, समाचार

चाैतर्फी चेपुवामा बैंकिङ क्षेत्र !

काठमाडौं । दुई वर्ष अघिसम्म सबैजसो क्षेत्र थला पर्दा जोगिएको क्षेत्र थियो, बैंकिङ । सबै क्षेत्रले नोक्सानी व्यहोरिरहँदा नाफा कमाउने क्षेत्र थियो, बैंकिङ । बैंकहरू चाहिँ सधैं नाफामात्र कमाउनुपर्ने भन्दै आलोचनासमेत हुँदै आयो । विस्तारै अरू क्षेत्र सुध्रिँदै गयाे । महामारीबाट बाहिरिँदै गएपछि आर्थिक अवस्था पनि तुलनात्मक रूपले केही सहज देखिँदै गयो । तर, त्यही असहज अवस्थामा पनि विचलित नभएका बैंकमा भने पछिल्लो समय विचलन देखिएको छ । अहिले बैंकिङ क्षेत्रमाथि बैंकहरूकै आफ्नै वित्तीय विवरणका केही सूचकले प्रहार गरिरहेको छ भने ऋण लिएर नतिर्ने मनसायका केही व्यक्तिको सामाजिक सञ्जालको अभिव्यक्तिले पनि प्रहार गरिरहेको छ । अर्कोतर्फ निक्षेप थुप्रने तर लगानी नहुने समस्या पनि देखिएको छ । सरकारकै अर्को निकायको आँखा पनि अहिले बैंकिङ क्षेत्रमा परिरहेको छ । यसको उदाहरण हो मङ्गलबार (फागुन १५) केन्द्रीय अनुस...
टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
खेलकुद, समाचार

टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी-२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए । सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश...