पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाममा ।
जनकपुरधाम । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किंदै छ । १४औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५औं दिन जनकपुरधाम फर्किरहेका छन् ।
जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने छन् ।
फागुने औशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो ।फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फकिर्ेरहेका परिक्रमा यात्री भोलि सोमबार अन्तगरगृह परिक्रमा गरेपछि समापन हुने प्रचलन छ ।
अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने ग...










