समाचार

भारतद्वारा नेपालको सुनसरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भारतद्वारा नेपालको सुनसरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको विद्यालय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख श्री राजन मेहता , रामधुनी नगरपालिकाका मेयर श्री शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख श्री राजन मेहता, इनरुवा नगरपालिकाका मेयर श्री केदार भण्डारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प...
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै 
मुख्य -समाचार, समाचार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्तागठबन्धन फेरिएसँगै उनले बुधबार विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्तागठबन्धनमध्येका नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेश सभा...
नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाउन मिति २०८१ जेठ २३ गते वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो । ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री श्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्न...
संवाद फाउन्डेसन मोरङ द्वारा नि:शुल्क स्वास्थ्य शिविर
मुख्य -समाचार, समाचार

संवाद फाउन्डेसन मोरङ द्वारा नि:शुल्क स्वास्थ्य शिविर

विराटनगर। संवाद फाउन्डेसन मोरङको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सोमबार पुष्पलाल चोकस्थित ‘पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल’मा आयोजना गरिएको एक दिने नि:शुल्क आँखा र कान शिविर सम्पन्न भएको हो। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा डा. सविना अर्याल र डा. इन्देश चौधरीले शिविरमा १५० जनाको आँखा र कान परीक्षण गरेका थिए । गर्मीयाममा आँखाका समस्याबाट बच्न सर्वसाधारणलाई सचेत गराउने उदेश्यले शिविरको आयोजना गरिएको संवाद फाउन्डेसन मोरङका सदस्य सुरज बाबु पटेलले बताए। उक्त कार्यक्रम अध्यक्षता संवाद फाउन्डेसन मोरङको कार्यसमितिका संयोजक सुनिल यादव र प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कला, कानून तथा शिक्षाशास्त्रका डीन प्रा.डा. अनिल कुमार पोखरेल लगायतको सहभागीता रहेको आयोजकले जनाएको छ। शिविरका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कला, कानून तथ...
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेस गरिने
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेस गरिने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेस गर्ने तयारी सुरु गरेको छ ।  संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि कार्यान्वयनमा आएको महासन्धिलाई नेपालले भने सन् २०१० मा अनुमोदन गरेको थियो । अनुमोदन गरेको छ वर्षपछि प्रतिवेदन पेस गर्नुपर्ने नियमअनुसार तयारी गरिरहेका बेला संयुक्त राष्ट्रसङ्घले यससम्बन्धी निर्देशिका परिवर्तन गरेको थियो । निर्देशिका परिवर्तन गरेको छ वर्षपछि प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्थाबमोजिम यो वर्ष मन्त्रालयले प्रतिवेदन पेस गर्न लागेको मन्त्रालयको संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरस श्रेष्ठले जानकारी दिए । प्रतिवेदन तयारी गर्न मन्त्रालयले राजधानीमा आइतबारदेखि तीन दिने राष्ट्रिय परामर्श गोष्ठी आयोजना गरेको छ । गोष्ठ...
रौतहटमा दलित आवास निर्माण गर्ने नाममा ठगी गर्ने ६ जना पक्राउ
मुख्य -समाचार, समाचार

रौतहटमा दलित आवास निर्माण गर्ने नाममा ठगी गर्ने ६ जना पक्राउ

रौतहट। रौतहटमा दलित तथा गरिबलाई आवास बनाउने नाममा लाखौँ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय माधवनारायण नगरपालिका ८ रजावाडा गाउँका सर्वसाधारणलाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा माधवनारायण ७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ का प्रकाश माझी, गरुडा नगरपालिका ६ का ४० वर्षीय राकेश महरा, ९ का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ वर्षीय रामकली देवी र वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा, रहेको जिल्ला प्रहरी प्रवक्ता डीएपी एलिजा गिरीले बताएकी छन्। उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् । ...
मटिहानी को बस्तीमा भीषण आगलागी 
मुख्य -समाचार, समाचार

मटिहानी को बस्तीमा भीषण आगलागी 

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।  उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको बताए। यता अन्य पालिका र जिल्लाबाट समेत वारुणयन्त्र पठाउन मेयर मण्डलले गुहार लगाएका हुन्।  आगलागी नियन्त्रणबाहिर रहेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिनै सुरक्षा निकायबाट सयौँ सुरक्षाकर्मी र स्थानीयहरूसमेत आगलागी नियन्त्रणमा प्रयासरत रहेको बताए। उनले मटिहानीका लागि यो कठिन परिस्थिति रहेकोमा सबै स्थानबाट आगलागी नियन्त्रणको साधन–स्रोत सक्दो चाँडै पठाइदिन आग्रह गरे। ...
१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा
समाचार

१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

 काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति,  प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ ।राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुला...
केमिकल बोकेको ट्रकमा आगलागी
समाचार

केमिकल बोकेको ट्रकमा आगलागी

 काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो । आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो । दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानका...
सिन्धुलीका प्रहरी प्रमुख हेडक्वार्टर तानिए
समाचार

सिन्धुलीका प्रहरी प्रमुख हेडक्वार्टर तानिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा प्रहरी हेडक्वार्टर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई सोमबार हेडक्वार्टर तान्ने निर्णय गरेको हो । जिम्मेवारी खासेर हेडक्वार्टर तान्नुको कारणबारे भने प्रहरी प्रधान कार्यालयले केही बताएको छैन । ‘जिम्मेवारीमुक्त गरेर हेडक्वार्टर तान्ने निर्णय भएको हो । तर किन के कारण भने अहिले केही भन्न मिल्दैन’ हेडक्वाटर स्रोतले अनलाइनखबर सँग भन्यो । उनले २ फागुनमा मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड सम्हालेका थिए । ...