समाचार

रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो
मुख्य -समाचार, समाचार

रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

 रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ । घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन् । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किनुभए...
महोत्तरीको जलेश्वरमा एक घर एक बिरुवा अभियान अन्तर्गत ५०० बिरुवा वितरण गरि विरुवा रोपिएको छ | 
मुख्य -समाचार, समाचार

महोत्तरीको जलेश्वरमा एक घर एक बिरुवा अभियान अन्तर्गत ५०० बिरुवा वितरण गरि विरुवा रोपिएको छ | 

जनकपुरधाम। संवाद फाउण्डेशन महोत्तरीले आयोजना गरेको सो कार्यक्रममा मधेस प्रदेश सरकार का वन तथा वातावरण राज्यमन्त्री रञ्जु कुमारी खंग की प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।  संवाद फाउण्डेशन का पदाधिकारीहरुले एक घर एक बिरुवा कार्यक्रम अन्तर्गत महोतरीको सदरमुकाम जलेश्वरमा सडक पेटिका क्षेत्रमा रहेका पसलका सञ्चालक र सर्वसाधारण जनताहरूलाई बिरुवा दिएर घर मा रोप्न आग्रह गरेका थिए। उनीहरुले डब्बा मा विरुवा रोपर नाकमा सलाइन पाइप लगाएर साङ्केतिक प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए।  "आज हामीले विरुवा रोपनाैं भने भोलिका दिनमा यसरी नै प्रत्येक मानिसले बिरुवा बाट सलाइन पाइपको माध्यमले श्वास फेर्नुपर्ने अवस्था आउन सक्ने हुँदा हामीले अहिले यी साङ्केतिक प्रदर्शन गरेर सचेत गराएको" संवाद फाउण्डेशन महोत्तरी जिल्ला संयोजक सुमन चौधरीले बताउनुभयो।  उक्त कार्यक्रममा विशिष्ठ अ...
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
मुख्य -समाचार, समाचार

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ललितपुरकाे लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डाैले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेहरूमा लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् । पत्रकार सम्मेलनमा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले उनीहरूले सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको बताउनुभयाे । लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिविरुद्ध ३ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको उहाँले बताउनुभयो । लालीगुराँस सहकारी संस्थाका ...
इरान : राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान हुने
मुख्य -समाचार, समाचार

इरान : राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान हुने

इरानमा राष्ट्रपति चयनका लागि दोस्रो पटक चुनाव हुने भएको छ । गएको शुक्रवार भएको चुनावबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आउँदो शुक्रवार अर्थात् जुलाई ५ तारिखमा चुनाव हुने भएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । चुनाव मुख्यालयका अनुसार पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियन र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच मुख्य प्रतिस्पर्धा भएकोमा दुवैले ५० प्रतिशत मत कटाउन सकेनन् । पेजेस्कियनले ४२ प्रतिशत र जलिलीले ३८ प्रतिशत मत ल्याउनुभएको छ । बाँकी मत अरू उम्मेदवारले ल्याएका छन् । इरानमा राष्ट्रपतिको पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । अब भने चुनाव 'रन–अफ' मा प्रवेश गरेको छ । 'रन–अफ' का लागि जसले धेरै मत प्राप्त गर्छ उसले जीतको दाबी गर्नेछ । ...
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्याे
समाचार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्याे

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ । आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज मनकामना लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मुक्तिनाथ कृषि कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ । आज ३ सय २० वटा कम्पनीका ९१ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । ...
बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम
मुख्य -समाचार, समाचार

बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम

१४ असार, काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् । सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् । भट्टराईले बुझाएको तीन बुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ । प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्ट...
नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार, समाचार

नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

भारतीय राजदूतावासले नेपालभरि अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउने उत्साहका साथ कठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ। यस अवसरमा भारतीय सरकारले नेपालभरि १० वटा शहरहरुमा योग र सम्पूर्ण स्वास्थ्यका प्रति जागरूकता बढाउन लक्षित छ। योग एक समृद्ध आध्यात्मिक, शारीरिक र मानसिक अभ्यास हो जसले सम्पूर्ण मानवताको उत्थानमा महत्वपूर्ण भूमिका खेल्छ। यो अभ्यासले व्यक्तिलाई आध्यात्मिक र मानसिक शान्ति, शारीरिक स्वास्थ्यको लागि फाइदा पुर्याउँछ र विश्व भरिका लोकहरूले यसलाई समर्थन गरेका छन्। भारतीय राजदूतावासले यो वर्षको योग दिवसको मुख्य आयोजना मा भारतीय समाजलाई स्वास्थ्य र कल्याणको लागि जागरूक गराउँदै काठमाडौंमा १० वटा शहरहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो। यसमा सम्पूर्ण समुदायलाई योगको महत्वपूर्णता र प्रभाव बुझाउनका लागि विभिन्न शृंखलाबद्ध कार्यक्रमहरु गरिएका थिए। योग दिवसक...
लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

१. नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८१ असार ६ गते भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गऱ्यो । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र समाजका लागि योग’ रहेको छ । २. लुम्बिनीका माननीय मुख्यमन्त्री श्री जोख बहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयो। वहाँले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताउनुभयो । ३. लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख...
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव
Uncategorized, अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

पोखरा ।अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन भारतीय राजदूतावासले पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गऱ्यो । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्न हेतु उक्त कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्य लगायत स्थानीय समुदायको उत्साहजनक सहभागीता रहेको थियो । विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरु प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको श्रृङ्खलासँगै बिहान सबेरैबाट सुरु भएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो । भारतीय राजदूतावा...
भारतद्वारा नेपालको प्यूठान जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भारतद्वारा नेपालको प्यूठान जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । नेपालको प्यूठान जिल्लाको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको आज ऐरावती गाउँपालिकाका अध्यक्ष श्री नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव श्री प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु ३.३९२ करोड आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।२. ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्ग...