समाचार

मेनपावार सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

मेनपावार सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा

काठमाडौं । मेनपावरका सञ्चालकविरुद्ध ६० करोडको ठगी मुद्दा दायर भएको छ ।व्यवसायिक साझेदारलाई नै ठगी गरेको आरोपमा रोयल इन्टरनेशनल ओभरसिज प्रालिका सञ्चालकहरु सुशील केसी र जनकलाल बास्तोलाविरुद्ध आपराधिक लाभ मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको हो ।उनीहरुले साझेदार उज्जल महर्जनलाई ठगी गरेको जाहेरी परेको छ ।तीन हजार १६ जनालाई प्रतिव्यक्ति दुई लाखका दरले पैसा लिई विदेश पठाई ६० लाख ३२ हजार असुलेर फरार भएको अभियोग लागेको छ ।पीडित भनिएका महर्जन सो कम्पनीमा ४० प्रतिशत शेयर साझेदार थिए। कम्पनी भने केसी र बास्तोलाले चलाउँदै आएका थिए ।पछि हिसाब माग्दा उनीहरु सम्पर्कविहिन भएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । तर, प्रहरीले पक्राउ नगरी मुद्दा दायर गरेको छ। ...
शेख हसीनाका पार्टिका नेता हरुको संपत्ती जलाउदै बसन्त कुंवर
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

शेख हसीनाका पार्टिका नेता हरुको संपत्ती जलाउदै बसन्त कुंवर

बंगलादेशका बिद्रोहिहरुले एक होटलमा आगो लगाएका छन् जुन आबामी लिग पार्टिका नेताको भनिएको छ र यस्मा जलेर झण्डै १४० ब्यक्तीको जिबन गएको भन्ने पनि समाचार आइरहेको छ । दक्षीण एसियाको राजनिती षडयन्त्र, धर्म, जात . बंश र पैसामा आधारीत छ । काम र उन्नतीमा होइन। अहिले बंगलादेशमा जुन अबस्था आएको छ त्यो पनि इनै माथिकाहरु मध एक वा एक भन्दा बडि तत्वहरुको उपज हो जस्को उध्यस्य भनेको भइ रहेको सासन ढाल्ने र आफ्नो सासन ल्याउने नै हो। जब जनताले कानुन हातमा लिव्छन् त्यस पछी त्यांहां तर्कले काम गर्दैन । कानुनले काम गर्दैन । प्रहरी वा शेनाले काम गर्दैन। अराजक हुलले लुटपाट देखि हत्या र तोडफोड देखी सामाजिक सद्भाब मेटाउने सबै काम गर्न सक्छन्। सुरक्षा निकाएको केही लाग्दैन। अहिले बंगलादेसमा प्रहरी हरु सिभील लुगामा हिडेर आफ्नै शुरक्षाका लागी याचना गर्दैछन्।शेनाले कुनै कारबाही गरी रहेको छैन। यस बाट थाहा हुन्छ फेएर वेदरम...
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
मुख्य -समाचार, समाचार

मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता धेरै गुनासो आएकाले छड्के जाँच निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताए । आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्षको साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले छड्के जाँच सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको उनले दाबी गरे । उनले भने, ‘‘छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको...
टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’

काठमाडौँ, स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । ...
बजेट नपाउँदा मधेशका ३७२ खानेपानी आयोजना वर्षौंदेखि अधुरै
मुख्य -समाचार, विचार, समाचार

बजेट नपाउँदा मधेशका ३७२ खानेपानी आयोजना वर्षौंदेखि अधुरै

जनकपुरधाम । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गाउँ धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीको खानेपानी योजना १५ वर्षदेखि अधुरै छ ।सपही खानेपानी उपभोक्ता समितिका अध्यक्ष विन्देश्वर यादवका अनुसार रामवरण राष्ट्रपति बनेपछि उनकै पहलमा साविकको सपही गाविसका एक हजार घरधुरीलाई लक्षित गरेर आर्थिक वर्ष २०६४/६५ मा आयोजना सुरु भएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जनकपुरले पाँच वर्षभित्र सक्ने लक्ष्य राखेको थियो । स्थानीय ८० वर्षीय बेचन यादवलाई आफ्नो जीवनकालमा यो आयोजनाको पानी खान पाउने आशा छैन । ‘योजना सुरु भएको १५–१६ वर्ष भइसक्यो । अहिलेसम्म सञ्चालनमा आएन । अब खानेपानी चलेको मैले हेर्न पाउँछु कि पाउँदिन ठेगान छैन’, बेचन भन्छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका प्रमुख सुरेन्द्र शर्माका अनुसार निर्माणको अन्तिम चरणमा रहेको योजनाको गाउँबस्तीमा पाइप जडान मात्र बाँकी छ । स...
सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई काम गर्नुपर्ने – प्रहरी महानिरीक्षक कुँवर
मनोरंजन, समाचार

सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई काम गर्नुपर्ने – प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिवद्ध हुनुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्दार कार्यमा प्रभावकारी ढंगले प्रहरी खटिरहेको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा नाग...
यातायात कार्यालयहरू अस्तव्यस्त 
मुख्य -समाचार, समाचार

यातायात कार्यालयहरू अस्तव्यस्त 

उपसचिव इश्वरी पनेरु र नरहरी तिवारीको कोठाको आगलागी गुपचुप काठमाडौं । देशभरको यातायात कार्यालयका सेवा साउनको ७ र ८ गते दुई दिन सर्भर डाउन हुँदा ठप्प भए । सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भयो । यातायात कार्यालयहरू अस्तव्यस्त भए । सेवा प्रवाहमा बढी भीड हुने भनेकै यातायात व्यवस्था कार्यालय हो । काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने गरेका थिए । देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गर्छन । काम नभएपछि सेवाग्राहीहरू कर्मचारी माथि आक्रोश पोख्ने गर्छन । त्यतिबेला कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका थिए । तर, यसलाई सामान्य सर्भर डाउन भएको भन्दै टारियो । यसो किन भयो भनेर कोही कसैले खोजीनीति गरेन । मात्र सर्भर डाउन भएको भन्दै समाचारहरू सम्प्रेषण भए ।यसको खास कारण विभागका दुई...
भन्सार छलेका कपडा बरामद 
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भन्सार छलेका कपडा बरामद 

मेचीनगर । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ ।सशस्त्र प्रहरी बलको टोलीले बुद्ध शान्ति गाउँपालिका-७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो । बुद्ध शान्ति-७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए । यसैगरी अर्को टोलीले मेचीनगर-६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए । ...
सेनाका ‘हाइकमाण्ड’विरुद्ध गम्भीर लाञ्छना, पीडितको रिट सर्वोच्चमा दर्ता न दरपिठ ?
मुख्य -समाचार, समाचार

सेनाका ‘हाइकमाण्ड’विरुद्ध गम्भीर लाञ्छना, पीडितको रिट सर्वोच्चमा दर्ता न दरपिठ ?

काठमाडौं । नेपाली सेनाका प्रमुख प्रभुराम शर्मासहित जिम्मेवार पदाधिकारीमाथि गम्भीर अपराधको आरोप लगाउँदै छानविनको मागसहित पेश भएको एउटा रिट निवेदन सर्वोच्च अदालत प्रशासनले अलपत्र पारेको छ । झापा दमक–५ का डिल्लिराम खनालले अघिल्लो साता सर्वोच्च अदालतको प्रशासन समक्ष रिट पेश गरेका थिए । उक्त रिट अहिलेसम्म दर्ता न दरपिठको अवस्थामा अलपत्र छ । सेना प्रमुख शर्मासहित सेनाका जिम्मेबार अधिकारीविरुद्ध विगतमा गम्भीर मानवअधिकार उल्लङघन, भ्रष्टाचार, यौन शोषणलगायत आपराधिक कार्यमा संलग्न रहेको आरोप लगाउँदै अवकासपछि देश छाडेर भाग्न सक्ने अवस्था रहेकाले रोक्नका लागि ‘भेटिङ’ लगाउन रिटमा माग गरिएको छ । आपराधिक कार्यको छानविन र कारबाहीको माग राखेर रिट दिएकै कारण आफुलाई झुट्ठा मुद्दा लगाएर फसाउन र असुरक्षा हुन सक्ने भएकाले उक्त कार्य रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग गर्दै खनालले रिट पेश गरेका थिए । ...
नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।नेपालले उज्वेकपस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दैछ । ...