समाचार

काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न, भारत-नेपाल साझेदारीमा नयाँ आयाम थपिने विश्वास
कला–संस्कृति, मुख्य -समाचार, समाचार

काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न, भारत-नेपाल साझेदारीमा नयाँ आयाम थपिने विश्वास

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा २०८१ सालको चैत्र ८ गते ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस भव्य रूपमा मनाइएको छ। समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा थुप्रै सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरू तथा भारतमा अध्ययन गरिसकेका नेपाली पेशेवरहरूको उल्लेखनीय उपस्थिति थियो। आइटेक (ITEC) भारत सरकारको विदेश मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि अग्रणी प्लेटफर्म हो। सन् १९६४ मा स्थापना भएको यस कार्यक्रमले हालसम्म १६० भन्दा बढी देशका २ लाखभन्दा बढी पेशेवरहरूलाई तालिम प्रदान गरिसकेको छ। भारतका १०० भन्दा बढी प्रतिष्ठित संस्थाहरूमा हरेक वर्ष १०,००० जना सहभागीहरूलाई विभिन्न कोर्षहरूमा पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण दिइन्छ। ...
दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ
मुख्य -समाचार, समाचार

दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्। ‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो माग हामीले उठाएको हो। पानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईंको अभियानले गरेको हो नि त, त्योभन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो, हाम्रो अभियानपछि आमजनतामा आउनुभएको हो,’ प्रसाईंले आफ्नै युटुब च्यानलमा राखेको भिडिओमा भनेका छन्। आफूले भुइँ मानिसका एजेन्डा बोकेको र त्यो राप्रपाले लिन खोजेको प्रसाईंले दाबी गरे। ‘राप्रपाले एजेन्डा देखाउने तर मन्त्री खाने हो,’ उनले भने, ‘राजाप्रति माया छ भने सदनबाट राजीनामा दिएर आउनुस्। नत्र जनताले कसरी पत्याउँछन् उहाँहरूलाई? नवराज सुवेदी ...
दरबार हत्याकाण्डमा छानबिन आयोग बनाउनुपर्छ भनेर पहिल्यै भनेको थिएँ: प्रचण्ड
मुख्य -समाचार, समाचार

दरबार हत्याकाण्डमा छानबिन आयोग बनाउनुपर्छ भनेर पहिल्यै भनेको थिएँ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि आफूले त्यसबारेमा बोल्दै आएको बताएका हुन्। 'त्यतिबेला पनि यही कुरा पनि यही कुरा बोलिएको थियो। पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि छानबिन आयोग बनाउन जरूरी छ भनेर त्यतिबेलै भनेको थिएँ। तिनै कुरालाई अहिले जसरी फेरि पुनरूत्थानको कोशिस भएको छ त्यो सन्दर्भमा स्मरण गर्न आवश्यक ठानेर भनेको हुँ,' उनले भने। अहिले नयाँ तथ्य र प्रमाण भएको नभई जनताको प्रश्न मुखरित मात्रै गरिदिएको उनले बताए।  'यो जनतालाई लागेको छ जनताको मनमा यी प्रश्न छन् यसको उत्तर खोज्नैपर्छ भन्ने हिसाबले...
स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
मुख्य -समाचार, समाचार

स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने

गलेश्वर (म्याग्दी)।यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् । रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताउनुभयो । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्...
संवादका अध्यक्ष भास्करलाई महामुर्ख सम्मेलनमा “मिनाप तरघुसका सम्मान”को उपाधी
कला–संस्कृति, मुख्य -समाचार, समाचार

संवादका अध्यक्ष भास्करलाई महामुर्ख सम्मेलनमा “मिनाप तरघुसका सम्मान”को उपाधी

जनकपुरधाम । २८ बर्षदेखी मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा फागुन पुर्णिमाको दिनमा मनाउॅंदै आएको “महामुर्ख सम्मेलन”मा महामुर्ख मधेश प्रदेशका मुख्यमन्त्रीलाई महानुर्ख तथा संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करलाई तरघुसका मुर्ख उपाधी प्रदान गरिएको छ । विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यगरेकालाई विशेष सम्मान स्वरूप अध्यक्ष भास्करलाई मिनापको दुई दिवसीय सार्वजनिक होली समारोहमा पहिलो दिन लोक गायन तथा दोस्रो दिन व्यंग्यात्मक नाटक, होरी गायन तथा महामुर्ख सम्मेलन कार्यक्रम जनकपुरधामको राम मन्दिर प्रांगनमा भव्य कार्यक्रममा महामुर्खको उपाधी मुख्यमन्त्री सतिश सिंह, तरघुसका मुर्खको उपाधी संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्कर सहित विभिन्न १२ वटा उपाधी संगै सम्मान गरिएको छ । मुख्यमन्त्री सिंहलाइ महामूर्खको उपाधीसँगै प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको । जनकप...
सार्वजनिक लेखा समितिले राख्यो ९ महिनामा ९ बैठक
मुख्य -समाचार, समाचार

सार्वजनिक लेखा समितिले राख्यो ९ महिनामा ९ बैठक

२९ फागुन, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिलाई सँधै सक्रिय हुने समितिको रुपमा बुझिन्छ । तर, पछिल्लो समय यस्तो बुझाइ खण्डित हुन पुगेको बताउँछन् संसद् सचिवलयका पूर्वसचिव सोमबहादुर थापा । उनका अनुसार दुई कारणले समिति सक्रिय हुने बुझाइ र मान्यता छ ।पहिलो : लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलका सांसदले गर्छन् । दोस्रो : नागरिकबाट लिएको करको सही सदुपयोग भए/नभएको हेर्ने भएकाले धेरैको चासो र खबरदारी निरन्तर रहन्छ । यससँग सम्बन्धित रहेर नागरिकले समेत समितिमा उजुरी दिइरहेका हुन्छन् भने स्वयम् सांसदको सक्रियतामा समेत कार्यक्षेत्रभित्र पर्ने विषयमा समितिले अध्ययन र छानबिन गरेर सरकारलाई सुझाव र निर्देशन गर्न सक्दछ ।विपक्षी दलको सांसदको नेतृत्व हुने र क्षेत्राधिकारका कारण सार्वजनिक लेखा समितिप्रति प्रधानमन्त्री, मन्त्री, सचिव र मुख्यसचिवहरू सजग हुने गरेको नेपालकै र संसदीय अभ्यास रहेका...
होलीको दिन कस्तो होला मौसम ?
मुख्य -समाचार, समाचार

होलीको दिन कस्तो होला मौसम ?

२८ फागुन, काठमाडौं । रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ ।मौसमविद प्रतिभा मानन्धरले होलीसम्म घाम राम्रोसँग नलाग्ने बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘आगामी तीन दिनसम्मै घाम खुलेर लाग्दैन, घाम–बादल, घाम–बादल मात्रै हुने सम्भावना छ ।’ उनका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।मौसमविद मानन्धरका अनुसार अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्ने छ । तर ठूलो पानी पर्ने सम्भावना छै...
राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन्: अमरेश सिंह
मुख्य -समाचार, समाचार

राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन्: अमरेश सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए। ‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन चलिरहेछ, त्यसको विरूद्ध आवाज उठाउँछन्। नेपालमा आजको दिनमा लोकतन्त्र छैन, नेतातन्त्र छ। नेताहरूको संरक्षणमा सम्पूर्ण बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन्,’ उनले भने। त्रिभुवन विश्वविद्यालयमा राजावादीले गएर रेक्टरको कुर्सी तोडेका हुन् कि, कांग्रेस-एमालेका कार्यकर्ताले भन्दै उनले प्रश्न गरे। ‘अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश सुन्दैथिएँ। उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा दुई–चार सय गाडी लिएर कहिले वीरगञ्ज पुग्नुभएको छ। कहिले सिमरा त कहिले सिन्धुली पुग्नुहुन्छ। त्यो लोकतन...
संविधान मान्दिनँ भन्दा मलाई राजद्रोहको मुद्दा लाग्यो, अहिले त्यस्तो हुँदैन: गगन थापा
मुख्य -समाचार, समाचार

संविधान मान्दिनँ भन्दा मलाई राजद्रोहको मुद्दा लाग्यो, अहिले त्यस्तो हुँदैन: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान मान्दिनँ भन्दा आफूमाथि विगतमा राजद्रोह मुद्दा लागेको उल्लेख गर्दै अहिले त्यस्तो नहुने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘योभन्दा अगाडिको संविधान हुँदै गर्दा संविधान बदल्नुपर्छ, संविधान मान्दिनँ भनेर मैले बोल्दा राजद्रोहको मुद्दा बोकेको मानिस हुँ। मजस्तै यहाँ थुप्रै हुनुहुन्छ। यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, यसको सुन्दर पक्ष नै यही हो, यसमा यो व्यवस्था मान्दिनँ भन्न पनि पाइयो, व्यवस्थामाथि प्रश्न गर्न पनि पाइयो।’ उनले संविधानको सीमाभित्र बसेर आफ्ना आइडियाबारे कुरा गर्न अहिले पाइने तर विगतमा त्यस्तो नभएको बताए। ‘जो हामी संविधानका पक्षधर हौं, हाम्रा बीचमा समझदारी हुन आवश्यक छ, सत्ता वा प्रतिपक्षमा रहेकाहरूबीच,’ उनले भने, ‘हाम्रा बीचमा न्यूनतम समझदारी कायम राख्नुपर्छ,’ उनले भने। ...
इनरुवामा भारत सरकारको सहयोगमा विद्यालयको भवन निर्माण शिलान्यास
मुख्य -समाचार, समाचार

इनरुवामा भारत सरकारको सहयोगमा विद्यालयको भवन निर्माण शिलान्यास

सुनसरी, इनरुवा – सुनसरी जिल्लाको इनरुवा नगरपालिका स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहबीच सम्पन्न गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का माननीय सांसद श्री ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तव तथा इनरुवा नगरपालिकाका मेयर श्री केदार भण्डारीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । उक्त अवसरमा राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक अभियन्ता, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवनको कुल लागत नेपाली रूपैयाँ २ करोड ४८ लाख ३० हजार रहनेछ । निर्माण हुने दुईतल्ले भवन तथा अन्य भौतिक संरचनाहरू उच्च प्रभा...