समाचार

सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी
मुख्य -समाचार, समाचार

सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी

२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरु सहभागी छन् ।बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् । बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् । ...
ओलीबारे लेखराजको पुरानो भिडियो एकाएक बहसमा
मुख्य -समाचार, समाचार

ओलीबारे लेखराजको पुरानो भिडियो एकाएक बहसमा

१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले आफ्नो पुरानो भिडियो देखाएर नचाहिँदो हल्ला फिँजाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि पनि पार्टी छाडेको भन्दै हल्ला चलाएर दुःख दिने काम भएको उनको भनाइ छ । ‘केही समय अगाडि पार्टी नै छाड्यो भनेर प्रचार गरियो त्यसको मैले विज्ञप्ति नै निकालेर खण्डन गरेँ,’ एमाले सचिव भट्ट भन्छन्, ‘अहिले फेरि पुरानो भिडियो सार्वजनिक गरिएको छ । अगाडि र पछाडिका संवाद फालेर बीचको मात्रै राखेको छ । यो गलत छ ।’भट्टको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । जहाँ उनले एमालेमा रहेर राजनीति गर्दा पूर्वमाओवादीको हालतबारे उल्लेख गरेका छन् । भट्टका अनुसार सार्वजनिक भिडियो एमालेको दशौं महाधिवेशन (२०७८ साल मंसिर पहिलो साता) समयको हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर सर्वोच्च अदालतले नेकपा एकता भंग ...
मधेशकेन्द्रित ६ दलको बैठक: गठबन्धनअघि आआफ्ना दलमा गम्भीर छलफल चलाउने
मुख्य -समाचार, समाचार

मधेशकेन्द्रित ६ दलको बैठक: गठबन्धनअघि आआफ्ना दलमा गम्भीर छलफल चलाउने

१ माघ, काठमाडौं । संविधान संशोधनको चर्चा चल्न थालेपछि मधेशकेन्द्रित दलहरू पुनः एकठाउँमा उभिने प्रयासमा जुटेका छन् । मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने मधेशकेन्द्रित दलहरूको तयारी छ । त्यही तयारीस्वरुप मंगलबार विभिन्न ६ दलका नेताहरूको बैठक बस्यो । मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्ने एजेन्डासहित बसेको बैठकले ठोस निर्णय भने लिएन । तर, गठबन्धन घोषणा गर्नुअघि आआफ्ना दलभित्र गम्भीर छलफल चलाउने समझदारीमा पुगेको नेताहरूले जानकारी दिए ।आआफ्ना दलमा थप छलफलको आवश्यकता महसुस गरेका नेताहरूले भने, ‘लामो समयदेखिको संवादहीनताको अवस्था तोडिएको छ । अब आआफ्ना दलभित्र गम्भीर छलफल गरेर अर्को बैठक बस्नेछौँ ।’ जनप्रगतिशील पार्टीका नेता शिवजी यादवले मोर्चा निर्माणलगायतका विषयमा ठोस निर्णय गर्नुअघि आ–आफ्नो दलमा छलफल गर्ने र टीओआर बनाउने समझदारी मंगलबारको बैठकले गरेको जानकारी दि...
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख
मुख्य -समाचार, समाचार

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख

२९ पुस, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ । त्यसैले एक–दुई दिनमै वार्डमा सार्न सकिन्छ भनेर डाक्टरहरुले भन्नु भएको छ ।’ अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ‘बेला-बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । ...
नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास
मुख्य -समाचार, समाचार

नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास

मुलुक अहिले सहकारीमय भएको छ । खासगरी केही बचत तथा ऋण सहकारीका बचतमारा सञ्चालकहरूले सहकारीको ठूलो रकम हिनामिना गरेका खबरहरू टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनखबर, सामाजिक सञ्जाल आदिमा दिनहुँ जस्तो पढ्न र सुन्न पाइन्छन् । र, यो मुलुकको कुना–कुनासम्मका सर्वसाधारण समेतको चासोको विषय भएको छ । सिद्धान्ततः बचत तथा ऋण सहकारी संस्थाहरू वित्तीय सहकारी संस्था हुन्, जुन यसका सदस्यहरूको स्वामित्व र नियन्त्रणमा एक सदस्य एक मतको आधारमा प्रजातान्त्रिक हिसाबले सञ्चालित हुन्छन् । तिनीहरू सदस्यहरूसँग भएको स–सानो बचत जम्मा गरेर कुनै सदस्यलाई आवश्यक भएको बेला सहुलियत दरमा ऋण प्रवाह गर्दछन् । वित्तीय सहकारीको मूल उद्देश्य सामाजिक हो र तिनीहरू नाफा कमाउने भन्दा पनि सामान्यतया विपन्न तथा सीमान्तकृत समूहका सदस्यको बचत तथा ऋण सम्बन्धी आवश्यकता पूर्ति गरी तिनीहरूको जीवनस्तर सुधार्नु हो ।तर सरकारीको मर्म विपरि...
बहुमतले प्रतिनिधिसभा हैरान, एक तिहाइले राष्ट्रिय सभा ढुक्क
मुख्य -समाचार, समाचार

बहुमतले प्रतिनिधिसभा हैरान, एक तिहाइले राष्ट्रिय सभा ढुक्क

२८ पुस, काठमाडौं । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठक बस्न सकेन । कारण– बैठक बस्नका लागि आवश्यक गणपूरक संख्या (कोरम) नै पुगेन । समिति सभापति सन्तोष चालिसेले कोरम नपुग्ने समस्याले आफू अप्ठ्यारोमा पर्दै आएको बताउँछन् । ‘अप्ठ्यारो भएपछि निरन्तरतामा दोस्रो बैठक राखेर एक तिहाइकै उपस्थितिमा बैठक राख्न सुरु गरिएको छ,’ सभापति चालिसेले भने ।आइतबार अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल थियो । पहिलो बैठकमा ५१ प्रतिशत सदस्यहरू उपस्थित नभएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर दोस्रो बैठक राखिएको हो । अर्थ समिति २३ सदस्यीय छ । प्रतिनिधिसभा नियमावली अनुसार बैठक बस्न ५१ प्रतिशत अर्थात् १२ जना सदस्य उपस्थित हुनुपर्छ ।यससम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १८२ मा छ । ‘…अन्यथा व्यवस्था भएकोमा बाह...
सन् २०२४ को गर्मी यो युगकै उच्च
मुख्य -समाचार, समाचार

सन् २०२४ को गर्मी यो युगकै उच्च

२८ पुस, काठमाडौं । पृथ्वीको सतह यति धेरै तात्दै गएको छ कि हर मौसम र वर्षमा चिन्ताजनक रेकर्ड दर्ज हुँदै गएको छ । विश्वको क्यालेन्डरमा सन् २०२४ यस्तो वर्ष रह्यो जो यो युगकै सबैभन्दा तातो वर्ष घोषित भयो । जलवायुको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय एजेन्सी कोपरनिकस केलाइमेट चेन्ज सर्भिसले तापक्रम सम्बन्धी एक रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– सन् २०२४ को तापक्रम औद्योगिक युगकै उच्च भएको छ । विश्वको औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।कोपरनिकसको यो घोषणाले जलवायु परिवर्तनका कारण संकट गहिरिंदै गएको संकेत गर्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी बताउँछन् ।‘असारमा कञ्चनपुरको दोधारा चाँदनीमा भएको आरीघोप्टे वर्षा, साउनमा थामेको हिमबाढी, असोजमा काठमाडौं उपत्यकामा भएको रेकर्ड ब्रेक वर्षाका कारण निम्तिएको विपत्ति लगायतका घटनाहरु जलवायु परिवर्तन...
स्टार्टअपमा आइडिया र ख्यातिलाई ४० प्रतिशतसम्म स्वेट सेयर
मुख्य -समाचार, समाचार

स्टार्टअपमा आइडिया र ख्यातिलाई ४० प्रतिशतसम्म स्वेट सेयर

२७ पुस, काठमाडौं । सरकारले अध्यादेशमार्फत कम्पनी ऐनमा संशोधन गर्दै स्टार्टअप कम्पनीहरुमा विभिन्न किसिमले योगदान गर्नेलाई ४० प्रतिशतसम्म स्वेट सेयर जारी गर्न सकिने व्यवस्था गरेको छ । शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले कम्पनी ऐन २०६३ मा यस्तो संशोधन प्रस्ताव गरेको हो ।अहिले स्टार्टअप कम्पनीहरुको आइडिया ल्याउने तथा ख्याति वृद्धि गर्ने कुरालाई लगानीका रुपमा लिइने कानूनी व्यवस्था नहुँदा संस्थापकहरु नै अल्पमतमा पर्ने वा बाहिरिनुपर्ने अवस्था छ । त्यसका कारण देशमा स्टार्टअपको वातावरण बन्न नसकेकाले यस्तो व्यवस्था गरिएको एक उच्च सरकारी अधिकारीले बताए । कम्पनी ऐनमा गरिएको नयाँ व्यवस्थामा ‘कम्पनीलाई व्यक्तिबाट प्राप्त हुने बौद्धिक सम्पत्ति, मूल्य वृद्धि, सेवा, व्यापारिक ख्याती (गुडवील)...
नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत, ३ व्यवस्था थपिए
मुख्य -समाचार, समाचार

नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत, ३ व्यवस्था थपिए

२७ पुस, काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विशेषगरी विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको ती मन्त्रीले बताए । पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख छ तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्त...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
मुख्य -समाचार, समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुस, काठमाडौं ,राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ ।सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा ...