समाचार

२०८४ सालभित्रै संविधान संशोधन हुन्छ : उपसभापति गुरुङ
मुख्य -समाचार, समाचार

२०८४ सालभित्रै संविधान संशोधन हुन्छ : उपसभापति गुरुङ

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०८४ सालभित्रै संविधान संशोधन हुने बताएका छन् । कांग्रेसको सय दिने विशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले एमालेसँग भएको साँत बुँदे सहमति तलमाथि नहुने जिकिर थरे ।‘संविधान संशोधन कांग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन, सबैलाई चाहिएको छ । संशोधनमा सबैलाई समेटिन्छ,’ गुरुङले भने । कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने पनि उनले जिकिर गरे ।कांग्रेस र एमालेलेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै अहिलेको सरकार कुनै हालतमा नढल्ने उनको दाबी थियो । दैनिक मिडियामा सरकार ढल्न लाग्यो भन्दै समाचार सम्प्रेषण हुन थालेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको उनले बताए । त्यस्ता समाचारमा केन्द्रित नहु...
एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्षको शुभारम्भ
मुख्य -समाचार, समाचार

एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्षको शुभारम्भ

५ माघ, काठमाडौं । एकैसाथ नेपाल र चिनियाँ भ्रमण वर्ष–२०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्‍याली आयोजना गरिएको थियो । ...
मुस्ताङ खिच्न किशोर कायस्थलाई लाग्यो २० वर्ष
मुख्य -समाचार, समाचार

मुस्ताङ खिच्न किशोर कायस्थलाई लाग्यो २० वर्ष

४ माघ, काठमाडौं । पेन्टिङजस्ता लाग्ने तस्बिरमा मुस्ताङको प्रकृति र अध्यात्म कुँदिएको छ । मरुभूमिजस्ता लाग्ने पहाड, छेउका सुन्दर हिमालहरू छन् । दिन र रात, बिहान र साँझ अलग अलग समयमा खिचिएका तस्बिरले दर्शकलाई दिने सन्तुष्टि वर्णनातीत छ । फोटो कलाकार किशोर कायस्थ भने यसमा स्वाभाविक मेहनतमात्रै परेको दाबी गर्छन् ।सन् २००४ तिर मुस्ताङ जाँदा किशोरले एक दृष्टिविहीन विदेशी भेटेका थिए, जो आफ्नो कठिनाईकाबीच पनि मुस्ताङ्गी माटोको बास्ना सुँघ्ने चाहनावश त्यहाँ पुगेका थिए । ‘मैले आँखाले मुस्ताङ नदेखेर के भयो त, यहाँको हावा र माटोको बास्ना त लिन सकिहाल्छु नि,’ ती दृष्टिविहीनले यसो भन्दा किशोर आफूसँग भएका धेरै चीजहरुको महत्त्व बुझ्ने भएका थिए । त्यसपछि उनी दर्जनौंपल्ट मुस्ताङ पुगे । कागबेनी हुँदै उपल्लो मुस्ताङका विभिन्न छटाहरुलाई अलिअलि गर्दै क्यामरामा कैद गर्न थाले ।अहिले काठमाडौंको नेपाल कला पर...
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
मुख्य -समाचार, समाचार

सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए । शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।‘संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’ विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्...
गगन थापा : च्यालेन्जर कि संस्थापनकै नयाँ अनुहार ?
मुख्य -समाचार, समाचार

गगन थापा : च्यालेन्जर कि संस्थापनकै नयाँ अनुहार ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेपाली राजनीतिका चर्चा नगरी नहुने पात्र हुन्। उनी आफ्ना युवापुस्ता सहकर्मीलाई परिवर्तनको झंकारमा ललकार्दै राजनीति गर्दै आएका छन्। तर अहिले उनी एक असमञ्जसपूर्ण मोडमा छन्। प्रारम्भिक दिनहरूमा गगनले पार्टी र मुलुककै संस्थापनका अकर्मण्यता विरूद्ध विरोध र विद्रोहका माध्यमबाट आफूलाई परिवर्तनको प्रतीकका रूपमा स्थापित गरे। अहिले आएर उनले आफूलाई सत्तामा सुदृढ गराउन संस्थापनसँग मिल्ने राजनीति रोजेका छन्।गगनको राजनीतिक यात्रा एक समय खासगरी मिलेनियल पुस्ताको प्रेरणा बनेको थियो, जहाँ उनले आफ्नो आर्टिकुलेसन र सुझबुझपूर्ण विचार राख्दै संस्थापन विरुद्ध संघर्ष गर्दै नयाँ नेतृत्वको परिचय बनाएका थिए। तर अहिले उनका तर्क, व्यवहार र निर्णयहरूले उनी आफ्नो छवि धमिलो बनाउँदै गएका मात्र छैनन्, पुरानो सत्ताको संरचनामा समाहित हुँदै जान थालेका छन्। उनको प्रारम्भिक राजनीति एक य...
निजामती विधेयकमा समेट्नुपर्ने १६ विषय
मुख्य -समाचार, समाचार

निजामती विधेयकमा समेट्नुपर्ने १६ विषय

प्रस्तावित निजामती सेवा विधेयकको बुँदा नम्बर ५८ मा अनिवार्य अवकाश शीर्षकको १ नम्बर बुँदामा ‘निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ’ भन्ने प्रावधान रहेको छ । अवकाशको उमेरका हदका बारेमा नेपालको बदलिँदो जनसाङ्ख्यिकी संरचना र स्वरूप अनुसार निजामती सेवालाई समय सापेक्ष र जनतामुखी बनाउनका लागि केही प्रबन्धहरू गर्नुपर्ने हुन्छ । निजामती सेवाको अवकाशको उमेर निर्धारण गर्दा निम्न पाँचवटा पक्षलाई गहिरोसँग केलाउनु पर्दछ । क) जनसङ्ख्याको विद्यमान बनावट ख) औसत आयुग) श्रमिकको उपलब्धता घ) राज्यलाई पर्ने आर्थिक भार ङ) स्वास्थ्य सेवाको अवस्था च) सेवाको प्रकृति१. सर्वप्रथम नेपालको जनसाङ्ख्यिकी परिदृष्य ख्याल गर्न आवश्यक छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ । ०–१४ वर्ष उमेर समूह...
सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि
मुख्य -समाचार, समाचार

सय वर्षअघि बनेको थियो नेपालमा पहिलो सडक, राणाकालमा ३७६ किमि

३ माघ, काठमाडौं । मुलुकभरि सबै तहका सरकारले निर्माण गरेको सडक लम्बाइ १ लाख २ हजार किलोमिटर पार गरिसकेको छ । आजभन्दा १ सय वर्षअघि १९८० सालदेखि नेपालमा राणा शासनकालमै सडक निर्माण सुरु भए पनि त्यसपछिको २७ वर्ष अवधिमा ३ सय ७६ किलोमिटर मात्र सडक निर्माण भएको थियो ।तर, त्यसपछिको ७४ वर्ष अवधिमा देशभरिका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भएको छ भने चार लेनको सडक निर्माण र विस्तारले गति लिन थालेको छ । यस अवधिमा नेपालमा सडक लम्बाइ २ सय ७० गुणाले बढेको देखिन्छ । नेपालमा २००७ सालमा राणा शासन अन्त्य भई प्रजातन्त्र आयो । उक्त समयमै नेपालमा ३ सय ७६ किलोमिटर सडक निर्माण भइसकेको थियो ।सडक विभागका अनुसार राणा शासन अन्त्य (२००७ साल) सम्म नेपालमा ५ किलोमिटर कालोपत्र सडक बनिसकेको दस्तावेज छ । यस अवधिमा ८३ किलोमिटर ग्राभेल र २ सय ८८ किलोमिटर माटे सडक बनिसकेको थियो ।विभागका अनुसार २६ चैत २००८ मा तत...
धरौटी बुझाएर रवि आज छुट्ने, बुटवल र चितवनमा आफैं हाजिर हुने
मुख्य -समाचार, समाचार

धरौटी बुझाएर रवि आज छुट्ने, बुटवल र चितवनमा आफैं हाजिर हुने

२ माघ, काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् ।उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नी...
अरुण चौधरीको सांसद पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट
मुख्य -समाचार, समाचार

अरुण चौधरीको सांसद पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट

२ माघ, काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएसँगै उनको पद जोगिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।सांसद चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भएका थिए । अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए । ...
किसानको काउली ‘कौडीको भाउ’, उपभोक्ता तिर्दै दोब्बर
मुख्य -समाचार, समाचार

किसानको काउली ‘कौडीको भाउ’, उपभोक्ता तिर्दै दोब्बर

२ माघ, काठमाडौं । राखौं भने दुई दिनलाई टिक्दैन,बेचौं भने १० रुप्याँमा बिक्दैनखेती गरेर, खेती गरेरके बेच्नु तरकारी झोला भरेर… झट्ट सुन्दा यो कुनै समयको चर्चित लोकदोहोरी गीतको भाखा हो । तर, यी शब्दको गहिराइको वास्तविकता मन बिझाउने खालको छ । दैनन्दिन खेतीपातीमा हाडछाला खियाउने किसानको पीडा यो भाखामा पोखिएको हो । दिनरात नभनी तरकारी उब्जाएर लहलहाउँदो बनाएर जब बजार पठाउने बेला आउँछ, तब त्यसले कौडीको भाउ पनि नपाउने अवस्था सिर्जना भएपछि किसानले यसैगरी खेतबारीमै पीडा र विरहको भाखा गुनगुनाउनु स्वाभाविक हो ।उल्लिखित विरहको भाखा काभ्रेपलाञ्चोककी किसान पम्फा पराजुलीले पोखेकी हुन् । आफ्नो बारीमा लगाएको काउली काट्दै दुःख पोख्न पम्फाले यो भाखाको सहारा लिइन् । पम्फा अहिले आफ्नो बारीमा उत्पादन भएको झरिलो काउली दिनहुँजसो जसो क्विन्टल (१ सय किलो) भन्दा धेरै काटिरहेकी छिन् । तर, काउलीले सही भाउ पा...