समाचार

‘पाँच वर्षमा मेरो र देशको अवस्था सुध्रियो, नेता सुध्रिएनन्’
मुख्य -समाचार, समाचार

‘पाँच वर्षमा मेरो र देशको अवस्था सुध्रियो, नेता सुध्रिएनन्’

११ माघ, काठमाडौं । संसदीय अभ्यास अपनाउने मुलुकहरूमा सामान्यतया संस्थापन इतर पक्षले सरकार ठिकठाक नचलिरहेको निष्कर्ष सधैंजसो निकालिरहेका हुन्छन् । अझ नेपाल जस्तो चरम राजनीतिक अस्थिरता भएको मुलुकमा देश बनिरहेको भन्दा पनि बिग्रिरहेको निष्कर्षमा आम सहमति देखिन्छ । अहिलेको सरकार गठन नै मुलुकमा चरम निराशा रहेको निष्कर्षसहित भयो । संसदको पहिलो र दोस्रो दल मिलेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने कारणबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले देशलाई असफल हुनबाट रोक्न भनेका थिए ।अर्थात् अहिले देशको अवस्था ठिक छैन भन्ने स्वीकारोक्ति सरकार चलाउनेहरूमै छ । त्यसो त, हालै भएको एक देशव्यापी सर्वेक्षणका सहभागीहरूले पनि ‘देशको राजनीति र अर्थतन्त्र खराब लयमा रहेको’ बताएका छन् । सर्वेक्षण मामिलाको अनुभवी संस्था ‘शेयरकास्ट इनिसियटिभ नेपाल’ ले मुलुकका ५२ जिल्ला पुगेर ३ हजार सहभागीमा गरेको सर...
दलीय ट्रेड युनियनको विपक्षमा लोक सेवा, राजनीतिमा लागे जागीर जाने
मुख्य -समाचार, समाचार

दलीय ट्रेड युनियनको विपक्षमा लोक सेवा, राजनीतिमा लागे जागीर जाने

११ माघ, काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवामा एउटा मात्र राष्ट्रिय स्तरको ट्रेड युनियन रहने व्यवस्थाका लागि सुझाएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लिखित सुझाव दिँदै आयोगले कर्मचारी राजनीतिमा लाग्न नपाउने कानुनी व्यवस्था रहेको पनि स्मरण गरेको छ ।संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । समितिले लोक सेवा आयोगसँग यसअघि सुझाव मागेको थियो । त्यसआधारमा आयोगले राज्य व्यवस्था समितिमा लिखित सुझाव नै पठाएको छ । राज्य व्यवस्था समितिले विधेयकमा संशोधन राख्ने सांसदहरूको प्रस्तावहरूमा समेत लोक सेवा आयोगको सुझाव मागेको थियो । प्रत्येक सांसदको प्रस्तावमा लोक सेवा आयोगले ती प्रत्येक संशोधन प्रस्तावउपर आफ्नो एक/एक गरी राय दिएको हो ।‘एक मात्र राष्ट्रिय स्तरको आधिकार...
सांसद गुरुङको निलम्बन हटाउँदा कानुनी सिद्धान्त प्रतिकूलताको आशंका भयो
मुख्य -समाचार, समाचार

सांसद गुरुङको निलम्बन हटाउँदा कानुनी सिद्धान्त प्रतिकूलताको आशंका भयो

१० माघ, काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला हुँदा कानुनी सिद्धान्तको प्रतिकूलताको प्रश्न बलियो देखिएको भनी न्यायिक टिप्पणी गरेको छ । गुरुङको निलम्बन फुकुवा गर्ने संयुक्त इजलासको फैसलाविरुद्ध परेको पुनरावलोकन हुने आदेश गर्दा सर्वोच्चको पूर्ण इजलासले यस्तो टिप्पणी गरेको हो ।न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले चारवटा नजीरको उदाहरण दिँदै टेकबहादुरको फैसलालाई तीन नजीरबाट प्रतिपादित कानुनी सिद्धान्त प्रतिकूल भएको देखिने भनी सांकेतिक टिप्पणी गरेको हो । पूर्ण इजलासले ‘निस्सा हुने’ भनी गरेको आदेशमा भनिएको छ, ‘(टेकबहादुर गुरुङको मुद्दाको फैसला)यस अदालतबाट प्रतिपादन भएका कानुनी सिद्धान्त समेतको प्रतिकूलताको प्रश्न सन्निहीत रहेको देखिँदा पुनरावलोकनको अनुमति प्रदान गरिदि...
सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह
मुख्य -समाचार, समाचार

सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह

९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब रुपैयाँभन्दा बढी परिमाणमा कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन सुदूरपश्चिम प्रदेश : वार्षिक प्रतिवेदन’ अनुसार असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । यो परिमाण गत आवको तुलनामा ०.७५ प्रतिशतमात्र बढी हो । त्यो बेला १.५० प्रतिशतले कर्जा प्रवाह बढेको थियो । यो प्रदेशमा प्रवाह भएको कर्जामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा छ । असार २०८१ सम्ममा सेवा क्षेत्रको कर्जा अघिल्लो आवको दाँजोमा २.४४ प्रतिशतले बढेर १ खर्ब १० अर्ब ७१ करोड ५६ लाख रुपैयाँ पुगको छ । यो कुल कर्जाको ७२.४४ प्रतिशत हो ।त्यस्तै औद्योगिक...
रित्तो गाग्री बोकेर हर्क काठमाडौंमा, धरानका अगुवा भन्छन्- ‘स्टन्ट हो’
मुख्य -समाचार, समाचार

रित्तो गाग्री बोकेर हर्क काठमाडौंमा, धरानका अगुवा भन्छन्- ‘स्टन्ट हो’

८ माघ, काठमाडौं । धरानमा बर्खामा पर्याप्त हुने खानेपानी हिउँद लागेपछि हाहाकार हुन्छ । वर्षाै पुरानो यो समस्या यसपालि जाडोयाममै सुरु भएको छ । पानीको अभाव सुरु भएपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं पुगेका छन् । मंगलबार खानेपानी मन्त्रीलाई भेटेर उनले कोशीबाट पानी ल्याउनका लागि बजेट व्यवस्था गर्न माग गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट्‍ने प्रयास भने सफल हुन सकेन ।सप्तकोशी नदीबाट पानी ल्याएर धरानबासीलाई खुवाउने बाँचा गरेर मेयरको कुर्सीमा पुगेका साम्पाङले यो अढाई वर्षको अवधिमा चारवटा खहरे खोलाबाट पानी ल्याएका छन् । पकुवा, निसाने खर्दु, सर्दुको पानी हिउँदमा आइपुग्दैन । कोकाहा बाहेक अन्य खहरे खोला हिउँदमा सुक्छन् । बर्खामा उर्लिने खहरे खोला हिउँदमा सुक्दा खानेपानीको सधै अभाव हुने नागरिक अगुवा तथा प्राध्यापक राजेन्द्र शर्मा बताउँछन् । उनका ...
हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान
मुख्य -समाचार, समाचार

हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान

८ माघ, काठमाडौं । पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो । यी दुई दिदी बहिनीले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउने काम गरे । हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाको कोर्स रेकर्डसहित जित हात पारे । यो उनीहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बनेको छ ।एकै परिवारबाट एक नभई दुई खेलाडीले एकै प्रतियोगितामा स्वर्ण जित्नु आफैँमा गज्जबको संयोग हो । अझ त्यसमा पनि दुवैले कोर्स रेकर्डसहित कीर्तिमानी समयमा स्वर्ण जित्नु अर्को अनौठो कीर्तिमान बन्यो । एकै रेसमा कवर्स रेकर्डसहित स्वर्ण जितेर दुवैले नयाँ कीर्तिमान नै बनाए । दिदी सुनमाया यसअघि अल्ट्रा रेसमा विश्वमै चर्चित बनिसकेकी खेलाडी हुन् । उनी निरन्तर अन्तर्राष्ट्रिय रेसमा सहभागी हुँदै आएकी छिन् र अधिकांशमा पहिलो नै बनेकी छन् ।बहिनी राममायाको लाग...
दुई महिनामै साढे ५ गुणा बढ्यो सोयाबिन तेल निर्यात
मुख्य -समाचार, समाचार

दुई महिनामै साढे ५ गुणा बढ्यो सोयाबिन तेल निर्यात

७ माघ, काठमाडौं । सोयाबिन तेल निर्यात दुई महिनामै साढे ५ गुणाले बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा निर्यात वृद्धि उत्साहजक देखिएको छ । यो आव पहिलो चार महिना (कात्तिक मसान्त) सम्म नेपालबाट ३ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात भएको थियो । तर, मंसिर र पुसमा मात्रै निर्यात ५.५५ गुणाले बढेर १८ अर्ब ९१ करोड पुगेको छ।भारतले गत सेप्टेम्बर १३ मा कच्चा तथा प्रशोधित खानेतेल आयातमा उच्च दरले भन्सार महसुल बढाएको थियो । भारतले कच्चा तेलको भन्सार २० प्रतिशतले बढाएर २७.५ प्रतिशत पुर्‍याएको थियो भने प्रशोधित तेलमा ३५.७५ प्रतिशत भन्सार लाग्ने बनाएको थियो । त्यसो भएपछि खासगरी दक्षिण–पूर्वी एसियाली देश मलेसिया, इन्डोनेसिया लगायतबाट पाम तथा सोयाबिन तेल आयात करिब बन्द भएको छ ।नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको औद्योगिक वस्तु भारत निर्यात गर्दा कुनै पनि भन्सार तिर्नुपर्दैन । ...
खो खो विश्वकपमा इतिहास रचेको नेपाली टोलीको भव्य स्वागत
खेलकुद, मुख्य -समाचार, समाचार

खो खो विश्वकपमा इतिहास रचेको नेपाली टोलीको भव्य स्वागत

७ माघ, काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको भव्य स्वागत गरिएको छ ।  विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य-सचिव टंकलाल घिसिङ, , युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो ।खो खो विश्वकप फाइनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य-सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए ।हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । आइतबार भएको फाइनल...
विश्‍वकप प्रिभ्यू : स्कटल्याण्डसँग खेल्दा नेपालको नजर सुपर सिक्समा
मुख्य -समाचार, समाचार

विश्‍वकप प्रिभ्यू : स्कटल्याण्डसँग खेल्दा नेपालको नजर सुपर सिक्समा

६ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।१६ टोली सम्मिलित विश्‍वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । यस्तोमा यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने अपेक्षा राख्ने छन्...
धरौटी बुझाउन नसकेर कैद हुनेलाई एकपछि अर्को सहुलियत
मुख्य -समाचार, समाचार

धरौटी बुझाउन नसकेर कैद हुनेलाई एकपछि अर्को सहुलियत

६ माघ, काठमाडौं । अदालतले तोकेको जमानत बुझाउन नसकी थुनामा रहेकाहरूले श्रृंखलावद्ध रुपमा सहुलियत पाउन थालेका छन् । सर्वोच्च अदालतले जमानत बुझाउन नसकेर कैद बसेकाहरूलाई ६ महिनाभन्दा बढी थुनामा राख्न नहुने व्याख्या गरेको छ । गत साता सरकारले पनि अध्यादेशमार्फत् जमानत बुझाउन नसक्नेहरुको हकमा बिगो र जरिवानाको १५ प्रतिशत बुझाए हुने सहुलियत दिएको छ । यसअघिको कानुनी व्यवस्थामा पुरै बिगो र जरिवाना बुझाएपछि मात्रै मुद्दाको पुनरावेदन गर्न मिल्थ्यो । ‘६ महिनाभन्दा बढी नथुन्नु’ दुई फरक मुद्दामा सर्वोच्च अदालतले जमानत बुझाउन नसक्नेहरूलाई ६ महिनाभन्दा बढी थुन्न नहुने व्याख्या गरेको हो । सर्वोच्चको बृहत पूर्ण इजलासले भ्रष्टाचार वा अरु मुद्दामा जमानत राख्न नसकेकाहरूलाई असीमित समय थुनामा राख्न नहुने भन्दै रिहा गर्न आदेश दिएको हो ।भ्रष्टाचार मुद्दाका आरोपित शिवराज उपाध्यायलाई विशेष अदालतले तीन महिना ...