६ अध्यादेश संसदमा प्रस्तुत, प्रमुख दलका नेताहरू सम्बोधन गर्न तयार
काठमाडौं– एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार संसदको पाँचौं अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभामा प्रस्तुत गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची छ ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पेश गर्ने छन् ।निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि अर्थमन्त्री पौडेलले नै संसदमा पेश गर्नेछन् ।
अर्थमन्त्रीका तर्फबाट आर...










