समाचार

दिनमा तीन पटक अस्ट्रेलिया-न्युजिल्यान्ड यात्रा गरेको बिरालो
अन्तर्राष्ट्रीय, समाचार

दिनमा तीन पटक अस्ट्रेलिया-न्युजिल्यान्ड यात्रा गरेको बिरालो

जहाजका कर्मचारीको गल्तीका कारण एउटा बिरालोले २४ घन्टामा तीनपटक न्युजिल्यान्ड-अस्ट्रेलिया यात्रा गरेको छ। आठ वर्षीया मिटन्स नामको पोथी बिरालोलाई जनवरी १३ मा न्युजिल्यान्डको क्राइस्ट चर्चबाट अस्ट्रेलियाको मेलबर्न जाने जहाजमा चढाइएको थियो। उक्त बिरालोलाई मेलबर्न लैजान उनका मालिकहरूले न्युजिल्यान्डबाट एकतर्फी जहाजको टिकट काटेका थिए। जहाज मेलबर्नमा ओर्लिएपछि कार्गोमा राखिएको बिरालो आउला भनेर कुरेर बसे। तीन घन्टा कुर्दा पनि बिरालो आएन। त्यसपछि उनीहरूले जहाजका कर्मचारीसँग सोधखोज गरे। ती कर्मचारीले जहाज न्युजिल्यान्ड फर्किसकेको र बिरोलो गल्तीवश जहाजमै परेको बताए। जहाज न्युजिल्यान्ड पुग्न साढे सात घन्टा लाग्ने कर्मचारीले बताए। बिरालो मालिक निअसले हरेस खाँदै भनिन्, ‘मैले भनेँ, यो कसरी हुन सक्छ? यो कसरी हुन सक्छ? हे भगवान!’ ...
एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा
कला–संस्कृति, मुख्य -समाचार, समाचार

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ । ’उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ ।’ एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो ।अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो-दीपककुमार श्रेष्ठ, सू...
संसद् सञ्चालनमा सरकारको मनोमानी: सिके राउतको आरोप
मुख्य -समाचार, समाचार

संसद् सञ्चालनमा सरकारको मनोमानी: सिके राउतको आरोप

जनमत पार्टीका अध्यक्ष सिके राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले साँचो बोक्ने हुँदा संसद सुचारू हुन ढिलाइ हुने गरेको बताए। ‘संसद किन खुलिरहेको छैन भनेर सोच्दा हामी त शक्ति पृथकीकरण भन्छौँ। व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्न सक्ने भनेर मान्छौँ तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ,’ राउतले भने। सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारू नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ।सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने, नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने हो भने पुनःविचार गर्नुपर्छ,’ उनले भने।न्युज एजेन्सी नेपाल ...
कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्: प्रधानमन्त्री ओली
मुख्य -समाचार, समाचार

कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको एउटा मात्रै प्रमाण भए ल्याउनका लागि चुनौति दिएका छन्। प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कसैलाई गर्न नदिने दृढ रहेको बताउँदै प्रमाण भए देखाउन चुनौति दिएका हुन्।  'दुनियाको अगाडि भन्छु। भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ। कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनैपनि मात्रामा कुनैपनि ठाउँमा, कुनैपनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्,' उनले भने।  प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि आलोचनायोग्य काम नगरेको पाइएपछि स्वीट्जरल्याण्डको बैंकमा पैसा रहेकोदेखि टेलिकममा लगानी गरेको भनेर भ्रम फैलाइएको बताए।  त्यसरी कराउनेमा हिजो पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मानिसहरू पनि रहेको उनले बताए।  'त्यस्तो हावा कुरा गरेर भ्र...
गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक सम्बन्ध अन्त्यतर्फ
कला–संस्कृति, मनोरंजन, समाचार

गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक सम्बन्ध अन्त्यतर्फ

गत वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी छिन्। श्रीमान् विष्णुसँग अलग हुने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दाबी गरेका छन्। हिजो साँझ प्रसारित रजतपट कार्यक्रममा सुवेदीले एलिनाले बिष्णुसँग कुनै पनि आर्थिक दाबी नगरी डिभोर्स गर्न लागेको खुलासा गरेका थिए। उनका अनुसार यो प्रक्रिया एक महिनाभित्र टुंगिनेछ। उता विष्णुले पनि वारेसनामा दिएर प्रक्रिया अघि बढाएको बताइएको छ। चर्चित गायिका एलिना विवाहपश्चात बिष्णुसँग अष्ट्रेलिया गएकी थिइन्। तर, अष्ट्रेलियामा उनले घरेलु हिंसाको सामना गरेको भन्दै नेपाल फर्किई केही समय ओशो केन्द्रमा बिताइन्। लगत्तै, दुई साता अघि पोखरा जाने क्रममा उनले एक गायिकासँग आफ्नो पीडा बाँडेकी थिइन्। ती गायिकाले एलिनाको नाम नख...
संसदको अर्थ समितिले बहुमतले फिर्ता गर्यो आर्थिक विधेयक
मुख्य -समाचार, समाचार

संसदको अर्थ समितिले बहुमतले फिर्ता गर्यो आर्थिक विधेयक

वर्षमान पुनको 'नोट अफ डिसेन्ट' आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन प्रतिनिधि सभाको अर्थ समितिबाट फिर्ता भएको छ। सर्वसम्मतिमै विधेयक फिर्ता गर्ने सभापति सन्तोष चालिसेको प्रयास असफल भएपछि विधेयक बहुमतले फिर्ता भएको हो। विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो। विधेयक फिर्ता गर्ने निर्णयको पक्षमा कांग्रेस र एमालेका सांसदहरू थिए। बैठकमा अर्थमन्त्री विष्णु पौडेलले कानुन बमोजिम नै अध्यादेश ल्याइएको र यसमा कुनै गलत आशय नभएको भन्दै विधेयक फिर्ता गर्न समितिलाई आग्रह गरेका थिए। तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले समितिमा विचाराधीन विधेयक फिर्ता गरेर संसदको अधिकार हनन गर्न खोजेको बताएका थिए। विधेयक फिर्ता गर्ने निर्णयमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले 'नोट अफ डिसेन्ट' लेखे। विधेयक फिर्ता गरेर अध्यादेश ल्याउनुपर्नेमा त्यस...
आफु थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न लामिछानेको माग
मुख्य -समाचार, समाचार

आफु थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न लामिछानेको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्। सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई निलम्बन गर्नु कानुनसम्मत नरहेको जिकिर गरेका थिए। ‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’ लामिछानेको भनाइ थियो। तर सभामुख घिमिरेले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको लामिछानेलाई जबाफ दिएका छन्। ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा निलम्बन गरेको होइन, कानुनबमोजिम गरेको हुँ,’ सभामुख घिमिरेले भने। सहक...
प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति भयो?
समाचार

प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति भयो?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।  बिहीबारको तुलनामा शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको हो। महासंघको तथ्यांक अुनसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कराोबार भइरहेको छ। बिहीबार एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियो।  त्यसैगरी, शुक्रबार  चाँदीको मूल्य बढेको छ।  बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ९५  अमेरिकी डलरमा कारोबार भइरहेको छ। Portrait of Hindu bride in traditional red sari with golden accessories ...
सभापति लामिछाने र सभामुख  घिमिरेबिच भेटघाट
मुख्य -समाचार, समाचार

सभापति लामिछाने र सभामुख  घिमिरेबिच भेटघाट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच भेटघाट सुरु भएको छ  । केहीबरअघि सभापति लामिछाने  र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा  भेटघाट सुरु भएको हो ।
वासिङ्टनमा जहाज दुर्घटना: नदीबाट निकालियो ४० शव, १४ जना अझै बेपत्ता
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

वासिङ्टनमा जहाज दुर्घटना: नदीबाट निकालियो ४० शव, १४ जना अझै बेपत्ता

अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको  जनाएका छन्। १७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।  बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्। वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो।आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो। जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा त...