समाचार

आज माघ शुक्ल पञ्चमी : सरस्वती पूजा, , वसन्त श्रवण
कला–संस्कृति, समाचार

आज माघ शुक्ल पञ्चमी : सरस्वती पूजा, , वसन्त श्रवण

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।  यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए। वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।...
चीन, क्यानडा, र मेक्सिकोले अमेरिकामाथि कर लगाउने 
अन्तर्राष्ट्रीय, समाचार

चीन, क्यानडा, र मेक्सिकोले अमेरिकामाथि कर लगाउने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् ।  राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क लगाइएको छ । ट्रम्पले घोषणा गरेको नयाँ कर मंगलबारदेखि कार्यान्वयमा आउने जनाइएको छ । सामाजिक सञ्जाल एक्समा सार्वजनिक विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्‌कालीन आर्थिक शक्तिको प्रयोग गरेको जनाएका छन् । चीनले फेन्टनिल (औषधि) प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले गैरकानुनी आप्रवासीलाई सीमा वारपार गर्न दिएको आरोप लगाएका छन् । ...
‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक
कला–संस्कृति, मनोरंजन, समाचार

‘एक्टर’ राजबल्लभको कवितासंग्रह ‘औरा’ सार्वजनिक

काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अभिनेता कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । संग्रहको नाम उनले छोरीको नामबाट जुराएका हुन् । ‘कोभिडपछि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,’ अभिनेता कोइरालाले भने । कार्यक्रममा कवि विप्लव प्रतीकले संग्रहबारे टिप्पणी गर्दै भने, ‘यी कवितालाई कम्तिमा १ सय ११ दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन् ।’ ...
उदित नारायणको चुम्बन
मनोरंजन, समाचार

उदित नारायणको चुम्बन

गायक उदितनारायण झा यतिबेला विवादमा तानिएका छन् । मञ्चमा प्रस्तुति दिँदै गर्दा फोटो खिच्न आइपुगेकी महिला फ्यानको ओठमा चुम्बन गरिदिएको घटनाले अहिले उनी विवादमा तानिएका हुन् ।  शनिबार उदितले दुई महिला फ्यानलाई त्यसरी चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यति मात्रै होइन, अहिले उदितले यसअघि यसरी चुम्बन गरेका अन्य भिडियोहरु पनि सञ्जालमा देखिन थालेका छन् । अल्का याग्निक र श्रेया घोसाललाई यसअघि थुप्रै कार्यक्रममा चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा देखिएसँगै झाको यस किसिमको व्यवहारको आलोचना भइरहेको छ । अल्कालाई इन्डियन आइडलको मञ्चमा प्रस्तुति दिइरहँदा गालामा चुम्बन गरिदिएका थिए । अप्रत्यासित चुम्बनले अल्का अचम्मित बनेकी थिइन् । र, तुरुन्तै मञ्चमा उदितबाट दुरी बनाएकी थिइन् । केहि वर्षअघि उत्कृष्ट महिला गायिकाको अवार्ड जितिरहँदा मञ...
दास भएर बसेकालाई बढी पोल्यो भन्दै योगेशलाई माधवको जवाफ
मुख्य -समाचार, समाचार

दास भएर बसेकालाई बढी पोल्यो भन्दै योगेशलाई माधवको जवाफ

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा दास भएर बसेको आरोप लगाएका छन् । भट्टराईले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए ।  त्यसको जवाफ दिँदै नेपालले योगेशको नाम नलिई आफूहरूले अध्यादेशको विरोध गर्दा उनैलाई बढी पोलेको दाबी गरे । ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ’ नेपालले भने ।  उनले आफ्नो पार्टी बनाउने बेलामा अध्यादेश आउनु आवश्यकता भएको तर, अहिले संसद् चल्ने बेलामा अध्यादेश आउन आवश्यक नभएको तर्क गरे ।...
संसद्‍मा दर्ता भयो नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक
मुख्य -समाचार, समाचार

संसद्‍मा दर्ता भयो नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गरेको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयक दर्ता गराएका हुन्। संसद्को हिउँदे अधिवेशन आह्वान भए लगत्तै मन्त्रालयले विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो ।  यसअघि २०७६ सालमा पनि यही विधेयक दर्ता गराइएको थियो । उक्त विधेयकमा सामान्य मात्रै परिवर्तन गरेर नयाँ विधेयक दर्ता गराइएको छ । उक्त विधेयकलाई यही हिउँदे अधिवेशनबाट पास गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताउँदै आएका छन् ।  यसरी टुक्र्याइँदैछ प्राधिकरण १. नियामक र कार्यसञ्चालनको जिम्मा फरक फरक प्राधिकरणलाई अहिले नागरि...
अरुणिमाले पनि हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर
मनोरंजन, समाचार

अरुणिमाले पनि हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर

अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक सञ्जालबाट पतिसँगको तस्बिर र भिडियोहरु हटाएसँगै सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको हो। गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमानसँग तस्बिरहरु सामाजिक सञ्जालबाट हटाएकी छिन्। अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर-भिडियोहरु अहिले देखिँदैनन् । इन्स्टाग्राममा पनि दुबैले एक अर्कोलाई फलो गरेको देखिन्न् । विवाहपछि एक अन्तरवार्तामा उनीहरुले मागी विवाह गरेको बताएका थिए। अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरुको भेट भएको थियो । दुवैले एक अर्कालाई मन पराएका थिए । चिनजान भएको १५ दिनभित्रै विवाह गरेको उनीहरुले अन्तरवार्तामा बताएका थिए। पछिल्लो समय उनी अमेरिका बस्दै आएक...
केबलकारको विरोध गर्दै यातायात बन्द गराउने ६ जना पक्राउ
मुख्य -समाचार, समाचार

केबलकारको विरोध गर्दै यातायात बन्द गराउने ६ जना पक्राउ

 ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा यातायात बन्द गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र सुनसरीको धरानबाट बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकमा ३ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउने क्रममा दमक चोकमा आज बिहान प्रहरी र प्रदर्शनकारीबिच कहिबेर घम्साघम्सी समेत चलेको थियो । सोही क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा दमक १ का पदम बेघा, दमक २ का धनकुमार योङहाङ र दमक १ का सुक बहादुर लिम्बु रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीहरूलाई पक्राउ गरेपछि बन्दकर्ताहरू अहिले तितरबितर भएका छन् । यस्तै धरानबाट पनि प्रहरीले ३ जनालाई पक्राउ गरेको हो बन्द गराउँदै हिँडेका उनीहरूलाई सेउती पुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ...
जनकपुरका कवाड व्यवसायीमाथि निर्ममतापूर्वक रड प्रहार, ५ जना पक्राउ
समाचार

जनकपुरका कवाड व्यवसायीमाथि निर्ममतापूर्वक रड प्रहार, ५ जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवलाई रडले निर्ममतापूर्वक एक समूहले कुटपिट गरेका छन् । कुटिएका यादव गम्भीर घाइते भएका हुन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले घाइते यादवको उपचार ललितपुरको बी एण्ड बी अस्पतालमा भइरहेको जानकारी दिए । रडले यादवमाथि एक समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यादवमाथि रडले निर्ममतापूर्वक प्रहार गरिरहेको भिडिओमा देख्न सकिन्छ । डिएसपी सिंहका अनुसार घटना शनिवार दिउँसोको हो । यादव कवाड व्यवसायी हुन् । व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण गरिएको खुलेको छ । कुटपिटमा जनकपुरधाम १३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साह संलग्न रहेको र उनीहर...
आफ्नो दुई वर्षको कार्यकाल सम्झिँदै मोन्टी देसाई
खेलकुद, समाचार

आफ्नो दुई वर्षको कार्यकाल सम्झिँदै मोन्टी देसाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका मोन्टी देसाईले सबैलाई धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको दुई वर्षको कार्यकाल नथप्ने निर्णय गरेसँगै मोन्टीको कार्यकाल सकिएको हो। योसँगै उनले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो कार्यकाल सम्झिएका छन्। ‘प्रिय नेपाल, यो बिदाई होइन, तर हार्दिक धन्यवाद!,’ मोन्टीको भनाइ छ, ‘जनवरी १०, २०२३ मा, मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई स्वीकार गरें। नेपाल क्रिकेटमा स्थायी प्रभाव छाड्ने आशामा उत्साह र उद्देश्यका साथ पाइला राखेको थिएँ।’ उनले आफ्नो दुई वर्षको कार्षकाल अविस्मरणीय भएको बताउँदै कतिपय क्षण सुन्दर र कतिपय क्षण कोशेढुंगा भएको बताएका छन्। दुई वर्षअघि त्रिवि मैदानमा भएको एसिसी प्रिमियर कप (एसिया कप) छनौटमा नेपाली समर्थकहरू रुख चाढेर र छाता लिएर मैदानमा उभिएको क्षण सम्झना गरेका छन्...