नेपालको धादिङमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास
धादिङ, फागुन २५ - धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। संविधान सभा सदस्य माननीय श्री दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष श्री रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर सुश्री गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
भारत सरकारको आर्थिक सहयोगमा ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु. २.५१ करोड लागतमा उक्त भवन निर्माण गरिँदैछ। शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र सामाजिक कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भारत सरकारको अनुदानमा निर्माण हुन लागेको उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत पर्छ । परियोजना अन्तर्गत स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरको साथै पाले घर, प्र...










