समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनलोकपाल गठन गर्न आन्दोलनको अपिल सहित नेसपा (नयाँ शक्ति) को महाधिवेशन सम्पन्न
मुख्य -समाचार, समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनलोकपाल गठन गर्न आन्दोलनको अपिल सहित नेसपा (नयाँ शक्ति) को महाधिवेशन सम्पन्न

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ। काठमाडौंमा भएको महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ। महाधिवेशन माघ २७ गतेदेखि सुरू भएको थियो। विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी छ। केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए। यस्तो छ महाधिवेशनले पारित गरेका प्रस्तावहरू; १. यो महाधिवेशन नेपालको अग्रगामी राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्दा गर्दै आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जाली अर्पण गर्दछ र उहाँहरूका आदर्शबाट निरन्तर प्रेरणा प्राप्त गरिरहने र उहाँहरूले देखाएको बाटोमा अगाडि बढ्ने सङ्कल्प गर्दछ। साथै घाइते, अपाङ्गहरू प्रति यो महाधिवेशन सम्मान व्यक्त गर्दछ। २. सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन ...
वर्तमान सरकार भ्रष्टाचारीहरूलाई बचाउने उद्देश्यले बनेको हो : प्रचण्ड
समाचार

वर्तमान सरकार भ्रष्टाचारीहरूलाई बचाउने उद्देश्यले बनेको हो : प्रचण्ड

 सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको जिकिर गरेका छन् ।  मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे । साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए । उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।’  त्यसैले अहिलेको सरकारले गलत गरे हेरेर नबस्ने प्रचण्डको भनाइ छ । ‘जस्तो गरेपनि सरकार टिकिरहोस् भन्ने त हैन त...
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
समाचार

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

काठमाडौँको कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् ।  उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । अन्य ९ जनाको उपचार भइरहेको छ ।  ...
बालेनलाई सांसद अमरेश सिंहको चुनौती– सिंहदरबार भत्काएर देखाऊ
मुख्य -समाचार, समाचार

बालेनलाई सांसद अमरेश सिंहको चुनौती– सिंहदरबार भत्काएर देखाऊ

प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हिटलरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए । ‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाड व्यवसायीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन् । जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर सा तानाशाह बनेर निस्किएका छन् । बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको छ,’ उनले भने । लोकतन्त्रले जनताको अधिकार र सुरक्षाको ग्यारेन्टी गरेको हुन्छ भन्दै सांसद सिंहले त्यसैका लागि राज्यको परिकल्पना गर्ने गरिएको बताए । संघीय सरकारलाई के यो न्याय मरेको देश हो, कानुन मरेको देश हो भन्ने प्रश्न गर्दै सांसद सिंहले भने, ‘संघीय सरकारलाई आग्रह ...
सरकारी रोजगारीको अवसर : कोशी प्रदेश लोकसेवा आयोगले खुलायो जागिर
समाचार

सरकारी रोजगारीको अवसर : कोशी प्रदेश लोकसेवा आयोगले खुलायो जागिर

कोशी प्रदेश लोकसेवा आयोगले प्रशासन, लेखा, स्वास्थ्य इन्जिनियरिङ र कृषितर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। आयोगले सोमबार जारी गरेको सूचनाअनुसार प्रशासन, स्वास्थ्य  इन्जिनियरिङ कृषितर्फ चौथो तहको कर्मचारी माग गरेको हो। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेका र स्वास्थ्य सेवातर्फका ४५ वर्ष पूरा नभएको हुनुपर्नेछ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। ...
कांग्रेस, कम्युनिष्ट र वैकल्पिक शक्तिहरू बाबुराम भट्टराईको नजरमा
Uncategorized, समाचार

कांग्रेस, कम्युनिष्ट र वैकल्पिक शक्तिहरू बाबुराम भट्टराईको नजरमा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबारदेखि सुरू भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरू भएको महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्। महाधिवेशनमा एक हजार पाँच सय जना प्रतिनिधि सहभागी छन्। महाधिवेशनअन्तर्गत बन्द सत्र पनि सुरू भइसकेको छ भने यो महाधिवेशन नेतृत्व चयन गर्दै माघ २९ गते सकिनेछ। अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रस्तावमा नेपालका कांग्रेस, कम्युनिष्ट, राप्रपा र वैकल्पिक शक्तिहरूबारे पार्टीको दृष्टिकोण समावेश छ। भट्टराईले प्रतिवेदनको 'राजनीतिक शक्तिहरूको विश्लेषण' खण्डमा लोकतान्त्रीकरण भएका कारण नेपालमा सयौंको संख्यामा निर्वाचन आयोगमा दर्ता भएका, नभएका र दर्जन हाराहारीमा संसदमा (संघ र प्रदेश) प्रतिनिधित्व भएका राजनीतिक दल रहेको उल्लेख छ। ती दलहरूको मू...
एआइजी रवीन्द्र केसीले दिए राजीनामा
मुख्य -समाचार, समाचार

एआइजी रवीन्द्र केसीले दिए राजीनामा

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। उनको पदावधि चैत ५ गतेसम्म बाँकी थियो। त्यसअघि नै उनले राजीनामा दिएका हुन्। राजीनामाको कारण खुलेको छैन। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।  उनको राजीनामाबारे सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ। ...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले माग्यो कर्मचारी
Uncategorized, समाचार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले माग्यो कर्मचारी

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि 'टेलर' पदमा कर्मचारी माग गरेको हो। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ। इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्। ...
रक्षा मन्त्रीको गाडीले दियो माइतीघरमा मोटरसाइकललाई ठक्कर
मुख्य -समाचार, समाचार

रक्षा मन्त्रीको गाडीले दियो माइतीघरमा मोटरसाइकललाई ठक्कर

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजयबहादुर राउतले जानकारी दिए। उनकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। ‘सामान्य दुर्घटना भएको हो, मोटरसाइकलको लुकिङ ग्लास फुटेको रहेछ, बनाइदिइसकेको छ,’ एसपी राउतले भने। मोटरसाइकल चालक पनि गइसकेको उनले बताए। चालक भने सकुशल रहेको एसपी राउतले बताए। ...
नेपाल-भारत स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ २०२५ को पर्दा उठाउने कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

नेपाल-भारत स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ २०२५ को पर्दा उठाउने कार्यक्रम सम्पन्न

काठमाडौं, फागुन २५ - नेपालस्थित भारतीय राजदूतावासले फेब्रुअरी ७, २०२५ मा दोस्रो 'नेपाल-भारत स्टार्टअप कनेक्ट' कार्यक्रम आयोजना गर्‍यो। यस अवसरमा स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को पर्दा उठाउने कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरूङ हुनुहुन्थ्यो। कार्यक्रमको प्रारम्भ डीपीआईआईटी, भारत सरकार, स्टार्टअप इंडिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ), नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनी संघ (एनएएस-आईटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (एनएएसटी), काठमाडौँ विश्वविद्यालय तथा ने...