हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई
चितवन । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ ।
प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको जानकारी दिए ।
प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए ।
प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए ।
निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुश...



