भारत र श्रीलंका महिला एसिया कपको फाइनलमा
साबिक विजेता भारतले बंगलादेशलाई १० विकेट र श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन्
साबिक विजेता भारत महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले शुक्रबार श्रीलंकाको दाम्बुलामा बंगलादेशलाई दश विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।दोस्रो सेमिफाएनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।
भारत नवौँपटक एसिया कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर ८० रन बनाएको थियो । भारतले ११ ओभरमा एक विकेट पनि नगुमाएर ८३ रन जोड्दै सानदार जित निकाल्यो ।
भारत सन् २००४ मा पहिलोपटक फाइनल पुगेको थियो । यही वेलादेखि महिला एसिसी कप सुरु भएको थियो । भारतले २००५, ०६, ०८, ०१२, ०१६ र ०२२ क...










