खेलकुद

हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
खेलकुद, मुख्य -समाचार, समाचार

हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै

३१ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो । कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो ।पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो । हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन । यसै वर्ष हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो । ...
क्रिकेटमय हुनेछ सन् २०२५, कुन प्रतियोगिता कहिले ?
खेलकुद, मुख्य -समाचार, समाचार

क्रिकेटमय हुनेछ सन् २०२५, कुन प्रतियोगिता कहिले ?

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् ।  कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् । क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछन् । सन् २०२५ मा आईसीसी लिग २, विश्वकप क्वालिफायर, हङकङ सिक्सेस, टी-२० र ओडीआई सिरिजलगायत रहेका छन् भने महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् । यी हुन् २०२५ मा हुने प्रतियोगिता  : ...
फाइनलमा अभागी नेपाल महिला टोलीको इतिहास
खेलकुद, मुख्य -समाचार, समाचार

फाइनलमा अभागी नेपाल महिला टोलीको इतिहास

नेपाल महिला टोली फाइनलमै बारम्बार अभागी बनेको छ। १३औं फाइनलमा हारेपछि पनि उपविजेता ट्याग अझै हट्न सकेको छैन र फाइनलको जिंक्स टुट्न सकेन। नेपालले साफ (साग) प्रतियोगितामा छैटौं पटक पराजित भइसकेको छ। यसका अतिरिक्त, दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाल ३ पटक र हिरो गोल्डकप, नादेज्दा कप तथा वाफ वुमन्स च्याम्पियनसिपमा एक–एक पटक फाइनलमा पराजित भएको इतिहास छ। साफको १४ वर्षे यात्रामा नेपालले कुल ६ पटक फाइनल खेले तापनि अझैसम्म कुनै उपाधि जित्न सकिरहेको छैन। नेपालले भारतसँग ७ पटक, बंगलादेशसँग २ पटक र म्यानमार, उज्वेकिस्तान तथा जोर्डनसँग––एक–एक पटक फाइनलमा पराजय भोगेको छ। अन्तिम पटक, २०२४ फेब्रुअरीमा नेपाल वाफ च्याम्पियनसिपको फाइनलसम्म पुग्यो तर जोर्डनसँगको पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भई उपाधिबाट वञ्चित रहयो। दक्षिण एसियाली साफ वा सागमा पहिले भारत नेपालका लागि ठुलो बाधक रहँदा,...
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
खेलकुद, मुख्य -समाचार, समाचार

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ। भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो। त्यस अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, युवासंघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए। राष्ट्रिय युवासंघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ। प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ। ...
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
खेलकुद, समाचार

डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य

आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बीको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियासामु जितका लागि ३ सय ५२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५१ रन बनाएको हो । टोलीका लागि ओपनर बेन डकेटले शतकीय इनिङ्स खेले । १४३ बलको सामना गर्दै १६५ रन जोडेका डकेटले १७ चौका र ३ छक्का प्रहार गरे ।  उनलाई जो रुटले ६८ रन बनाउँदै राम्रो साथ दिए । उनले ७८ बलमा ४ चौका प्रहार गरे । त्यस्तै, कप्तान जोस बट्लरले २३ रन, जेमी स्मिथले १५ रन तथा लियाम लिभिङ स्टोनले १४ रनको योगादन दिए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले तीव्र गतिमा २१ रन जोडे । अस्ट्रेलियका लागि बेन ड्वार्सहुइसले ३ विकेट लिए । त्यस्तै, एडम जाम्पा र मार्नस लाबुसेनले २–२ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे ।  समूह बीमा अस्ट्रेलिया र इंग्ल्या...
आफ्नो दुई वर्षको कार्यकाल सम्झिँदै मोन्टी देसाई
खेलकुद, समाचार

आफ्नो दुई वर्षको कार्यकाल सम्झिँदै मोन्टी देसाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका मोन्टी देसाईले सबैलाई धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको दुई वर्षको कार्यकाल नथप्ने निर्णय गरेसँगै मोन्टीको कार्यकाल सकिएको हो। योसँगै उनले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो कार्यकाल सम्झिएका छन्। ‘प्रिय नेपाल, यो बिदाई होइन, तर हार्दिक धन्यवाद!,’ मोन्टीको भनाइ छ, ‘जनवरी १०, २०२३ मा, मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई स्वीकार गरें। नेपाल क्रिकेटमा स्थायी प्रभाव छाड्ने आशामा उत्साह र उद्देश्यका साथ पाइला राखेको थिएँ।’ उनले आफ्नो दुई वर्षको कार्षकाल अविस्मरणीय भएको बताउँदै कतिपय क्षण सुन्दर र कतिपय क्षण कोशेढुंगा भएको बताएका छन्। दुई वर्षअघि त्रिवि मैदानमा भएको एसिसी प्रिमियर कप (एसिया कप) छनौटमा नेपाली समर्थकहरू रुख चाढेर र छाता लिएर मैदानमा उभिएको क्षण सम्झना गरेका छन्...
एनसेल र क्यानबीच ‘महिला टी-२०आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य
खेलकुद, मुख्य -समाचार

एनसेल र क्यानबीच ‘महिला टी-२०आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य

काठमाडौं : युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेट प्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।  यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो ।  यो सिरिज अन्तर्गतको खेल आज बिहिबार (माघ १७) गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ ।  ...
खो खो विश्वकपमा इतिहास रचेको नेपाली टोलीको भव्य स्वागत
खेलकुद, मुख्य -समाचार, समाचार

खो खो विश्वकपमा इतिहास रचेको नेपाली टोलीको भव्य स्वागत

७ माघ, काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको भव्य स्वागत गरिएको छ ।  विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य-सचिव टंकलाल घिसिङ, , युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो ।खो खो विश्वकप फाइनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य-सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए ।हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । आइतबार भएको फाइनल...
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
खेलकुद, मुख्य -समाचार, समाचार

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए

२९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यस...
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
खेलकुद, मुख्य -समाचार, समाचार

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

२२ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लगातार तीन जिपपछि ६ अंक जोडेर सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । तीन खेल नै जितेको जनकपुर बोल्ट्सको समान ६ अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ ।लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे ।यस्तै...