अन्तर्राष्ट्रीय

नेपालमा दैनिक उडान तयारीमा श्रीलंकन एयरलाइन्स
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

नेपालमा दैनिक उडान तयारीमा श्रीलंकन एयरलाइन्स

काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले दैनिक उडान तयारी थालेको छ ।आइतबार नेपाल उडानको तेस्रो वर्ष पूरा गरेको श्रीलंकनले निकट भविष्यमै दैनिक उडान तयारी गरिरहेको कम्पनीका लागि नेपालका कन्ट्री म्यानेजर निलिना पाथिरानाले जानकारी दिए ।अहिले श्रीलंकाको राजधानी कोलम्बोलाई यो कम्पनीले साताको चार उडानमार्फत जोडिरहेको छ ।श्रीलंका घुमफिरमा जाने र नेपाल आउने पर्यटकसँगै अस्ट्रेलिया जाने नेपालीलाई ट्रान्जिट उडानमा सेवा दिइरहेको छ ।आइतबार श्रीलंका जाने नेपाली क्रिकेट टिमलाई समेत कम्पनीले बिदाइ गरेको थियो । आइतबार नै कम्पनी सञ्चालनमा आएको ४५ वर्ष पूरा भएको कन्ट्री म्यानेजर पाथिरानाले जानकारी दिए ।कोभिड महामारीबीच नेपाल उडान थालेको कम्पनीले ‘आउट बाउन्ड’ पर्यटनमा जाने नेपालीलाई लक्षित गर्दै दैनिक उडान तयारी गरेको हो । ...
पारा तेक्वान्दोमा नेपालकी पलेशाले पदक रचिन् नेपाली खेलकुदमा ।
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

पारा तेक्वान्दोमा नेपालकी पलेशाले पदक रचिन् नेपाली खेलकुदमा ।

काठमाडौं । पेरिस पारालिम्पिकस्‌अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितेकी छन् ।के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । यो नेपाली खेलकुद कै अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । यस अघि नेपालले कुनै पनि खेलको विश्वकप, ओलम्पिक्स र पारालिम्पिकस्‌मा कुनै पदक जित्न सकेको थिएन ।कांस्य पदकका लागि भएको रिपेचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले पराजित गर्दै इतिहास रचेकी हुन् । सुरुवाती २ मिनेट ३-० ले पछि परेकी पलेशाले त्यसपछि उत्कृष्ट पुनरागमन गरिन् । खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी रहँदा खेल ७-७ को बराबरी अवस्थामा थियो । तर अन्तिम मिनेटमा निकै आक्रामक खेल प्रदर्शन गरेकी पलेशाले १५-८ को सानदार नतिजा हात पार्दै इतिहास रच्न सफल भइन् ।पलेशाले रिप...
कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई

 राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । उहाँले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ’ पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो । पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ । हिजै भएको पहिलो चरणको खेलमा उहाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित हुनुभयो । दोस्रो च...
बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल सेमिफाइनलमा
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल सेमिफाइनलमा

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो ।खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे ।साफ यु-२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खे...
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट

नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो । भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए ।परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।दुई दे...
भारतको ७८औँ स्वतन्त्रता दिवस आज
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भारतको ७८औँ स्वतन्त्रता दिवस आज

काठमाडौं । भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गरिन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने बताइएको छ ।यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा झन्डै ६ हजार जना विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ । ...
देश छाडेर भागेकी शेख हसिनाविरुद्ध हत्या मुद्दामा अनुसन्धान सुरु
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

देश छाडेर भागेकी शेख हसिनाविरुद्ध हत्या मुद्दामा अनुसन्धान सुरु

एजेन्सी । बंगलादेशमा एक महिनासम्म देशव्यापी प्रदर्शनको क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको घटनालाई लिएर बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु गरिएको छ । उक्त घटनामा तत्कालीन सरकारका अरु ६ जना उच्च अधिकारीहरुमाथि अनुसन्धान सुरु गरिएको छ ।पीडित नागरिकको तर्फबाट मुद्दा हेरेका वकिल मामुन मियाले ढाका अदालतले प्रहरीलाई हसिनासहितका आरोपितहरुविरुद्ध हत्या मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको बताएका छन् । बंगलादेशको संविधान अनुसार अपराध अनुसन्धानमा यो पहिलो अनुसन्धान भएको पनि बताइएको छ ।बंगलादेशमा एक महिनासम्म चलेको विद्यार्थी आन्दोलनको क्रममा शेख हसिनाको कठोर शासनकाल थियो । आन्दोलनको क्रममा ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका थिए । मृत्यु हुनेमध्ये अधिकांश घटनामा हसिनाको निर्देशनमा प्रहरीले गोली चलाएको पनि बताइएको छ ।किराना पसले अबु सइदले सडक पार गर्ने क्रममा प्रहरीले टाउ...
३ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

३ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई नयाँबानेश्वरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा तान्जानियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तोसेपोइ रहेकी छन्।ब्यूरोको टोलीले जुमालाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा खानतलासी गर्दा झोलाभित्र लुकाई राखेको अवस्थामा लागूऔषध कोकिनका ८० वटा क्याप्सुलहरु बरामद गरेको थियो।उक्त क्याप्सुलमा रहेको लागूऔषध कोकिन १ किलो १०४ ग्राम रहेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।उक्त कोकिनका क्यासुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरीक तोसेपोइलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो।उनले कोकिनका क्यासुलहरु भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।उनीह...
एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०

काठमाडौं । मलेसियाको लो कस्ट बजेट एयरलाइन्स एयर एसियाले काठमाडौंबाट बैंकक उडान गर्ने भएको छ।पाँच वर्षपछि काठमाडौंबाट उडान सुरु गर्न लागेको एयर एसियाले साताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र आइतबार) बैंककको डन मुइङमा उडान गर्ने भएको हो। उडान अक्टोबर २ देखि सुरु हुनेछ।एयर एसियाले काठमाडौंदेखि बैंकक उडानको टिकट दर ९ हजार ९९० रुपैयाँ कायम गरेको छ। यो मूल्य प्रोमोसनल अफर अन्तर्गत हो। यो अफर सन् २०२४ अक्टोबर २ देखि सन् २०२५ को मार्च २८ सम्म यात्रा गर्नेका लागि मात्र लागू हुनेछ। त्यसका लागि अगष्ट १२ देखि अगष्ट २५ सम्म टिकट बुक गरिसक्नुपर्नेछ।बैंकक नेपालीहरु यात्रा गर्ने मुख्य ‘डेस्टिनेसन’मा पर्ने भएकोले यो अफरले उनीहरुलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ।यो प्रोमोसनल अफर एयरएसिया मुभ एप र एयर एसियाको पार्टनर युनिभर्सल टुर एन्ड ट्राभल्सबाट टिकट बुक गरेर प्राप्त गर्न सकिनेछ। यस्तै, नजिकैको एयर ए...
बंगलादेशमा युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति देशवासीसँग अपिल
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

बंगलादेशमा युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति देशवासीसँग अपिल

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका निम्ति सबै देशवासीसँग अपिल गरेका छन् । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकी एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै उनले विगतको हृदयविदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएका र अव्यवस्थाको अन्त्य तथा प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् । “हाम्रो जिम्मेवारी नयाँ बंगलादेश निर्माण गर्नु हो,” उनले भने ।पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दु अल्पसंख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा...