अन्तर्राष्ट्रीय

चीन, क्यानडा, र मेक्सिकोले अमेरिकामाथि कर लगाउने 
अन्तर्राष्ट्रीय, समाचार

चीन, क्यानडा, र मेक्सिकोले अमेरिकामाथि कर लगाउने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् ।  राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क लगाइएको छ । ट्रम्पले घोषणा गरेको नयाँ कर मंगलबारदेखि कार्यान्वयमा आउने जनाइएको छ । सामाजिक सञ्जाल एक्समा सार्वजनिक विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्‌कालीन आर्थिक शक्तिको प्रयोग गरेको जनाएका छन् । चीनले फेन्टनिल (औषधि) प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले गैरकानुनी आप्रवासीलाई सीमा वारपार गर्न दिएको आरोप लगाएका छन् । ...
दिनमा तीन पटक अस्ट्रेलिया-न्युजिल्यान्ड यात्रा गरेको बिरालो
अन्तर्राष्ट्रीय, समाचार

दिनमा तीन पटक अस्ट्रेलिया-न्युजिल्यान्ड यात्रा गरेको बिरालो

जहाजका कर्मचारीको गल्तीका कारण एउटा बिरालोले २४ घन्टामा तीनपटक न्युजिल्यान्ड-अस्ट्रेलिया यात्रा गरेको छ। आठ वर्षीया मिटन्स नामको पोथी बिरालोलाई जनवरी १३ मा न्युजिल्यान्डको क्राइस्ट चर्चबाट अस्ट्रेलियाको मेलबर्न जाने जहाजमा चढाइएको थियो। उक्त बिरालोलाई मेलबर्न लैजान उनका मालिकहरूले न्युजिल्यान्डबाट एकतर्फी जहाजको टिकट काटेका थिए। जहाज मेलबर्नमा ओर्लिएपछि कार्गोमा राखिएको बिरालो आउला भनेर कुरेर बसे। तीन घन्टा कुर्दा पनि बिरालो आएन। त्यसपछि उनीहरूले जहाजका कर्मचारीसँग सोधखोज गरे। ती कर्मचारीले जहाज न्युजिल्यान्ड फर्किसकेको र बिरोलो गल्तीवश जहाजमै परेको बताए। जहाज न्युजिल्यान्ड पुग्न साढे सात घन्टा लाग्ने कर्मचारीले बताए। बिरालो मालिक निअसले हरेस खाँदै भनिन्, ‘मैले भनेँ, यो कसरी हुन सक्छ? यो कसरी हुन सक्छ? हे भगवान!’ ...
वासिङ्टनमा जहाज दुर्घटना: नदीबाट निकालियो ४० शव, १४ जना अझै बेपत्ता
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

वासिङ्टनमा जहाज दुर्घटना: नदीबाट निकालियो ४० शव, १४ जना अझै बेपत्ता

अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको  जनाएका छन्। १७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।  बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्। वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो।आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो। जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा त...
काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइयो
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार, समाचार

काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइयो

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ। नेपालका लागि भारतीय राजदूतले झण्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रसारण गरियो। साथै, नेपाली भूमिमा रहेका भारतीय समुदायका सदस्यहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए। गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका परिवारलाई नेरु. ५ करोड रकम वितरण गरी सम्मान गर्नुभयो। साथै, २१९ जना मृतक सैनिकका परिवारलाई नेरु. २३.२९ करोड वितरण गरिएको छ। यसै अवसरमा नेपालका २९ शैक्षिक संस्थाहरुलाई नेरु. २३.५ लाख बराबरका पुस्तकहरू प्रदान गरियो। भारत–नेपाल सम्बन्धलाई सशक्त बनाउनका लागि दूताव...
लसएन्जलस डढेलोबाट १ हजार बढी घर जले, ५ जनाको मृत्यु, आपत्काल घोषणा
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

लसएन्जलस डढेलोबाट १ हजार बढी घर जले, ५ जनाको मृत्यु, आपत्काल घोषणा

२५ पुस, काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । डढेलोको चपेटामा परेर ५ जनाको मृत्यु भएको छ । यो डढेलो सबैभन्दा विनाशकारी भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाडमा पर्दछ । यो पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।डढेलो लागेको क्षेत्रको भ्रमण गरेका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले भनेका छन्, ‘खतराबाट कोही पनि सुरक्षित छैनन् ।’ उनले सो लसएन्जलस क्षेत्रमा आपत्काल घोषणा गरेका छन् । उनका अनुसार अहिले ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा पाँच वटा ठूला फुटबल मैदानजत्रा क्षेत्र सखाप बनाइरहेको छ । तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहे...
राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
अन्तर्राष्ट्रीय, समाचार

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

इस्वी संवतको नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।  ...
भ्रष्टाचार र कमिशनको चक्र: परियोजनाहरूमा रकमको दुरुपयोग र बिचौलियाको हाबी -नबिन कुमार साह
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, विचार, समाचार

भ्रष्टाचार र कमिशनको चक्र: परियोजनाहरूमा रकमको दुरुपयोग र बिचौलियाको हाबी -नबिन कुमार साह

लेखक : नबिन कुमार साह । मधेश प्रदेशमा विकासको साँचो उद्देश्य भनेको के हो?मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र कृषि जस्ता प्रमुख क्षेत्रहरूमा अनगिन्ती अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGOs) र दातृ निकायहरूले अर्बौंको लगानी गरिरहे पनि यहाँका वास्तविक अवस्थाहरूमा केही खास सुधार नदेखिएको छ। साँचो कुरा के हो भने, यी संस्थाहरूले मध्यस्थता गर्नका लागि ठूलो रकम खर्च गरेका छन्, तर परिणामहरू उत्साहजनक छैनन्। समस्या यत्रा गहिरो र जटिल छन् कि विकासका कार्यक्रमहरू बाँच्नको लागि मात्र चलिरहेका छन्, तर सुधारको वास्तविक परिवर्तन कहिल्यै भएको छैन। १. कमिशन र भ्रष्टाचारको समस्यामधेश प्रदेशका विभिन्न विकास कार्यक्रमहरूमा अर्बौं रकमको लगानी भए पनि त्यहाँका स्थानीय समुदायमा त्यो रकमको सही प्रयोगको कुनै यथार्थ चित्र देखिदैन। धेरै NGOs र दातृ संस्थाहरूले कार्यान्वयन गर्दा स्थानिय कार्यकर्ता र कर्मचारीहर...
भैरहवाबाट उडानको तयारीमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, फ्लाइ दुबईले माग्यो अनुमति
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

भैरहवाबाट उडानको तयारीमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, फ्लाइ दुबईले माग्यो अनुमति

काठमाडौ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमनस्थलबाट नियमित व्यावसायिक उडानका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले धमाधम अनुमति माग्न थालेका छन्।यसअघि जजिरा एयरवेजले उडान अनुमति मागेकामा युएईको फ्लाइ दुबाईले पनि निवेदन दिएको छ। फ्लाइ दुबईको जीएसए युनिभर्सल ट्राभल्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा भैरहवा-दुबई उडान गर्ने प्रस्ताव गरेको छ।‘युएईको ध्वजावाहक वायुसेवा फ्लाइ दुबईले भैरहवामा नियमित व्यावसायिक उडान गर्ने प्रस्ताव आएको छ,’ क्यानका उक कर्मचारीले भने, ‘हामी प्रस्ताव अध्ययन गरेर उडान तालिका निश्चित गर्छौं।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी-वे स्तरोन्नतिका क्रममा कात्तिक अन्तिम सातादेखि चैतसम्म उडान प्रभावित हुने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवाबाट उडानका लागि धमाधम अनुमति माग्न थालेका हुन्।यसअघि जजिरा एयरवेज र थाइ एयर एसियाले अनुमति मागेका थिए। भै...
काठमाडौँको आकाशमा कतार एयरवेजको पाँच फन्को
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

काठमाडौँको आकाशमा कतार एयरवेजको पाँच फन्को

काठमाडौँ । ठुलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जान्छ ।  अन्य विमानहरू भने नियमित रूपमै उडान, अवतरण गरिरहेका छन् । भिजिबिलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् ।  ...
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सम्पन्न
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सम्पन्न

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् । उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए । ...