नेपालले पाउने झण्डै ४ करोड डलर मस्कले रोके
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ ।
वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको एउटा पोष्टका अनुसार यो रकम रोकिएको छ । यसबाहेक, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिँदै आएको १ करोड ९० लाख डलर पनि बन्द गरेको पोष्टमा उल्लेख छ । पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ ।
ट्रम्पले सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका थिए । यो विभागको काम अमेरिकी सरकारको खर्च कटौती हो । ट्रम्पले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई यस विभाग...










