उपत्यकामा प्रदूषण बढेकाले अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
उपत्यकामा वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेका छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेको हो।
विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने विश्व एक्युआई र्यांकिङ अनुसार नेपालको वायु केही दिनदेखि नै विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा अग्रस्थानमा छ । सोही कारण मन्त्रालयले उपत्यकावासीको ध्यानाकर्षण गराएको हो।
‘विश्व एक्युआई र्यांकिङअनुसार ०–५० सम्म स्वस्थकर, ५१–१०० सम्म मध्यम जोखिम, १०१–१५० सम्म फोक्सोका बिरामी, जेष्ठ नागरिक र बालबालिकाहरूका लागि हानिकारक र सबै समूहका लागि १५१–२०० सम्म अस्वस्थकर, २०१–३०० सम्म धेरै अस्वस्थकर र सोभन्दा माथि खतराजनक मानिन्छ,’ मन्त्रालयले भनेको छ, ‘वायु ...










