समाचार

तीजमा बिहान ६ बजेपछि पुरुषलाई पशुपति प्रवेश गर्न निषेध, महिलाको पहिरन ‘शोभनीय’ हुनुपर्छ : कोष
समाचार

तीजमा बिहान ६ बजेपछि पुरुषलाई पशुपति प्रवेश गर्न निषेध, महिलाको पहिरन ‘शोभनीय’ हुनुपर्छ : कोष

काठमाडौं- हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ। कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो।  तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर-तीन कुने-सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइयो। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो।  दोस्रो ...
अब प्रहरीले पनि अन्तराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
समाचार

अब प्रहरीले पनि अन्तराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीहरूले पनि सोही अनुरूप अन्तर्राष्ट्रिय तहको विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरूलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै नागरिक मैत्री बनाउने कुरामा सरकार लागिरहेको बताए ।  तर एउटा हातले मात्र ताली नबज्ने भनेझैँ नागरिकहरू पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने उनको भनाइ थियो ।  नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिबद्धता गरेको...
इन्धनको नयाँ मूल्य : डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो
समाचार

इन्धनको नयाँ मूल्य : डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ । ...
डाक्टर कुटपिट घटना : सेवा प्रवाह बन्द, संघको निर्देशन कुर्दै चिकित्सक
समाचार

डाक्टर कुटपिट घटना : सेवा प्रवाह बन्द, संघको निर्देशन कुर्दै चिकित्सक

मकवानपुर । चिकित्सक कुटपिटको विरोधमा शुक्रबार दिनभर हेटौंडाका स्वास्थ्य संस्था ठप्प भए । हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन् । डाक्टर कुटपिटको घटनामा दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरुले स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरे । यसबाट मकवानपुरका आम नागरिकहरु समस्यामा परेका थिए । उपचारका लागि ग्रामीण भेगबाट हेटौंडा झरेका नागरिकहरुले उपचारसमेत पाउन सकेनन् । हेटौडा अस्पतालबाट मात्रै दैनिक १ हजार ५ सय जनाको हाराहारीमा बिरामीले सेवा लिँदै आएका छन् । सुरक्षाको प्रत्याभूति नभएको भन्दै चिकित्सकहरुले अस्पतालका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका थिए । हेटौंडाका अस्पतालको सेवा प्रवाह सूचारु गर्ने विषयमा मकवानपुरका चिकित्सकहरु अनिर्णीत छन् । उनीहरु नेपाल चिकित्सक संघको निर्देशन कुरेर बसेका छन् । हेटौंडा अस्पतालक...
भारतीय दूतावासद्वारा सम्भोता-भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी
कला–संस्कृति, समाचार

भारतीय दूतावासद्वारा सम्भोता-भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता-भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, नेपाल बौद्ध महासङ्घका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्तरूपमा गरे । सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् । दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए । राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्...
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन् : परराष्ट्रमन्त्री साउद
समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन् : परराष्ट्रमन्त्री साउद

 परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ । ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जान्सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने भनेका छौँ । अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’ प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् । भ्रमणका लागि सबै मन्त्रालयका सचिव, ...
नक्सा पास विवादमा फसेको प्राधिकरणको नयाँ भवन प्रधानमन्त्रीले गरे उद्घाटन
समाचार

नक्सा पास विवादमा फसेको प्राधिकरणको नयाँ भवन प्रधानमन्त्रीले गरे उद्घाटन

२९ भदौ, काठमाडौं । नक्सा पास विवादमा फसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । प्राधिकरणको सिनामंगलस्थित ३० रोपनी जग्गामध्ये १२ रोपनी क्षेत्रफललाई विकास गरी ४ रोपनी २ आना जग्गामा बनेको भवन शुक्रबार उद्घाटन गरिएको हो । अर्जुन पोख्रेल नामक प्रतिवादीले मासिक ६ सय रकम कमाइ हुने प्रलोभनमा सर्बिया पठाउने भन्दै ४ लाख ठगी गरेको उजुरी परेको थियो । सो बारे परेको उजुरीमा अनुसन्धान गरी बिगो रकम भर्पाई गर्न र ५० प्रतिशत जरिवाना तिर्ने समेत निर्णय गराई वैदेशिक रोजगार न्यायाधीकरणमा अभियोग पत्र दर्ता गरेको विभागले जनाएको छ । पोर्चुगल र कम्बोडिया पठाउने प्रलोभन देखाएर ५५ लाख ठगी यसैगरी विभागले पोर्चुगल र कम्बोडिया पठाउने प्रलोभन देखाएर ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई कारवाहीका लागि सिफारिस गरेको छ । उमेश सेती सुराल र...
मासिक ८० हजार तलबमा दक्षिण अफ्रिका पठाउने प्रलोभन देखाएर २६ लाख ठगी
समाचार

मासिक ८० हजार तलबमा दक्षिण अफ्रिका पठाउने प्रलोभन देखाएर २६ लाख ठगी

२९ भदौ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा मोटो रकम ठगी गर्ने व्यक्ति तथा म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगारी विभागले शुक्रबार उनीहरुमाथि गरिएको कारवाहीबारे जानकारी गराएको हो । विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार खिमप्रसाद गुरुङ नाम व्यक्तिले दक्षिण अफ्रिकामा मासिक ८० हजार रुपैयाँ तलबमा काम लगाइने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट २६ लाख रुपैयाँ उठाएको उजुरी गरेको थियो । उनले सुगरमार्केटमा काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ७ लाख खर्च हुन्छ भन्दै रकम उठाएको पाइएको छ । सो रकम उठाएर दक्षिण अफ्रिका नपठाएको र रकम समेत फिर्ता नगरेको उजुरी परेसँगै विभागले अनुसन्धान थालेको थियो । विभागले खिमप्रसाद गुरुङको जाहेरीबाट लिएको बिगो रकम र त्यसको ५० प्रतिशतका दरले हर्जाना समेत तिर्ने गरी वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दर्ता गरेको हो । ...