सुशासन र स्वनियमनबाट सहकारीलाई प्रभावकारी बनाउनुपर्छ : मुख्यमन्त्री सिँह
जनकपुरधाम, १९ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान गर्न र तिनका आधारमा समाधानका उपाय खोज्न सम्बद्ध सरकारी निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा मुख्यमन्त्री सिँहले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर नियमन, सुशासन र दायित्वबोधका आधारमा अगाडि बढाउन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।
उनले पछिल्ला दिनमा केही संकटग्रस्त सहकारीका कारण सहकारी भन्नेबित्तिकै झसङ्ग हुने अवस्था आएको औँल्याउँदै सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य...










