समाचार

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
समाचार

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए । तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् । बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए । ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनु...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक आज विहान ११ बजेदेखि बस्ने गरी पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।   बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।  ...
मन्त्रालयहरूसँग १५ फागुनभित्र नीति तथा कार्यक्रमको प्रस्ताव माग
Uncategorized, समाचार

मन्त्रालयहरूसँग १५ फागुनभित्र नीति तथा कार्यक्रमको प्रस्ताव माग

९ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुलाई १५ फागुनभित्र क्षेत्रगत नीति तथा कार्यक्रमको मस्यौदा प्रस्ताव तयार पारेर पठाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ । हिजो ८ फागुनमा बसेको सचिव बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राख्नुपर्ने विषयहरुको प्रस्ताव पठाउन निर्देशन दिएका हुन् । सचिव बैठकले पनि सोही निर्णय गरेर सचिवहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले प्रस्तावित १६औं योजनाको प्राथमिकता र रणनीति एवम् स्रोत साधनको उपलब्धता समेतका आधारमा प्रदेश तहसँग समेत समन्वय कायम हुने गरी नीति तथ कार्यक्रम मस्यौदा गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । बजेट विनियोजन नभएको वा अपर्याप्त भएका काम वा माइलस्टोन तथा चालु आर्थिक वर्षमा पूरा हुन सक्ने र नसक्ने क्रियाकलाप र माइलस्टोनको विवरण पनि प्रधानमन्त्री कार्...
व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी
समाचार

व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी

९ फागुन, काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको पनि जाहेरीमा भनिएको छ । आरोपी लामा कुनै बेला गुण्डागर्दीको क्षेत्रमा काभ्रेली समूहको नाइकेका रुपमा चिनिन्थे । पछि उनी विजयकुमार गच्छदारसँग नजिकिएर मधेशी जनाधिकार ...
सुरु भयो कांग्रेसको महासमिति बैठक
समाचार

सुरु भयो कांग्रेसको महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् । यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन...
जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
Uncategorized, समाचार

जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२ बजे दुर्घटनाग्रस्त बनेको हो। दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका–९ गजौडेका १७ वर्षीया तुलसी गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी मोहनबहादुर खाँडका अनुसार आशवीरको घटनास्थलमै र तुलशीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार बिहान ३ः४० बजे मृत्यु भएको हो। आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । अनियन्त्रित भ...
प्रवेश नदिइएपछि पत्रकारहरूले गरे क्यामेरा डाउन
समाचार

प्रवेश नदिइएपछि पत्रकारहरूले गरे क्यामेरा डाउन

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ । ...
यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय
समाचार

यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय

काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले योसहित १० वटा निर्णय गरेको छ ।  १. डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने ।२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने । ३. सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (LRP) लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने ।४. राष्ट्रिय प्रसार...
मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत
समाचार

मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

वीरगन्ज । मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए । आजको प्रदेश सभामा १०४ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको सभामुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री यादवको पक्षमा बहुमत प्राप्त भएकोले उनको नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । प्रदेशसभामा तेस्रो पटक लिन लागिएको विश्वासको मतमा सत्ता गठबन्धनमा आबद्ध दलसहित तीन साना दल र स्वतन्त्र प्रदेश सांसदहरूले समर्थन जनाउँदै विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई साना दलहरू नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी...
रौतहटमा कर्फ्युको क्षेत्र थप गर्ने निर्णय
समाचार

रौतहटमा कर्फ्युको क्षेत्र थप गर्ने निर्णय

रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ । ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि कर्फ्युको क्षेत्र विस्तार गरिएको रौतहटका प्रजिअ हिरालाल रेग्मीले रातोपाटीलाई बताए । शनिवार साँझ ५ बजेबाट ईशनाथ नगरपालिकाको वडा नम्बर–६ र ७ मा लगाइएको कर्फ्यु थप ६ वटा वडामा बिस्तार गरिएको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा बिस्तार गर्ने निर्णय गरिएको छ । मस्जिदमा अराजकता बढ्ने सम्भावना देखिएपछि कर्फ्यु क्षेत्र विस्तार गरिएको प्रअिज रेग्मीले जानकारी दिए । हिन्दु समूहले मस्जिदको माइकल निकाल्न खोजेको सूचना आएपछि स्थापना प्रशासनले अराजकता बढ्ने विश्लेषण गरेको छ । ईशनाथ नगरपालिकाको पूर्वमा हनुमान मन्दिर (बन्जरहा मोड), पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप बिओपी देखी दक्षिण ज...