समाचार

भ्रष्टाचारमा दोषी ठहर भएका शर्माले गरे आत्मसमर्पण
मुख्य -समाचार, समाचार

भ्रष्टाचारमा दोषी ठहर भएका शर्माले गरे आत्मसमर्पण

काठमाडौं । भ्रष्टाचार कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका पूर्वप्रशासक चुडामणि शर्माले आत्मसमर्पण गरेका छन् ।धरौटी तिर्न नसकेपछि उनले शुक्रवार डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन् ।कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो । ...
स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

काठमाडौं । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ ।शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो । स्पेनले ओलम्पिमा पुरुक्ष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलम स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४-३ बनाएका थिए भने अतिरिक्त समयमको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।त्यसअघि खेलको सुरुमा फ्रान्सले गोल गर्दै अग्रता लिएपनि कायम राख्न सकेन । ए...
जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना ।
मुख्य -समाचार, विचार, समाचार

जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना ।

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ ।नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवका अवसरमा प्रहरीले कैदीबन्दीलाई किसाबहरु दिएको हो ।किताब पढेर आनीबानीमा सुधार ल्याओस् भन्ने हेतुले उत्प्रेरणा जगाउने खाले किताबहरु उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । जसमा ७ सय किताब राखिएको छ । यो पटक प्रहरी कार्यालयले विभिन्न लेखकका ३० वटा किताब दिइएको हो ।कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक प्रदान गरिएको बताइएको छ । ...
प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण
मुख्य -समाचार, समाचार

प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्षहरु लक्ष्मण खडका, ओपेन्द्र शर्मा , दिपेन्द्र रावल र महासचिव सन्तोष पौडेल लगाएत करिब २० जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो । वरिष्ठ उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताए । अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताए । गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरण लगायतमा पक्षधरता देखिएको गुनासो आएको बताए । काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु सम...
ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको विमान ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको बताइएको छ । एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो ।दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् । ...
काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो
मुख्य -समाचार, समाचार

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । ...
मध्यराति जंगलमा लगेर सामूहिक बलात्कार
मुख्य -समाचार, समाचार

मध्यराति जंगलमा लगेर सामूहिक बलात्कार

कैलाली । कैलालीको गोदावरीस्थित जंगलमा साउन ९ गते मध्यराति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भयो । गोदावरी नगरपालिका–३ की किशोरीमाथि उनकै वर्तमान र पूर्वप्रेमीसहितका व्यक्तिहरुले बालात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।करिब ७ महिनासम्म गोदावरी नगरपालिका १० का पदम थापासँग लिभिङ टुगेदरमा बसेकी ती किशोरी सान ९ गते मध्यराति भने भेट्न घरबाहिर निस्किन । उनले त्यस अगाडी उनीसँग भेट गरेकी थिइनन् ।तर ती युवकले राति बोलाएपछि उनी सहजै भेट्न जंगलतिर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अझै पनि ती किशोरीले युवकलाई राम्रोसँग चिनेकी थिइनन् । थापाले परिचय लुकाएर ती युवतीसँग कुरा गरिरहेका थिए । त्यसपछि ती किशोरीलाई मोटरसाइकलमा राखेर राति झण्डै साढे १ बजे गोदावरी नगरपालिका १० को मालाखेती जंगलमा पुर्‍याए ।सो मोटरसाइकलमा थापा र किशोरीसँग अर्का एकजना पनि थिए । अर्का व्यक्तिलाई थापाले मोटरसाइकलमा चलाउ...
बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसद्वारा शपथ ग्रहण
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसद्वारा शपथ ग्रहण

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले राष्ट्रपति निवास बंग भवनमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ गराउनु भएको हो । युनुससँगै मन्त्रिपरिषद्का १६ सदस्यले पनि आजै शपथ लिनु भएको छ । १७ वर्षपछि बंगलादेशमा पुनः एकपटक अन्तरिम सरकार गठन भएको हो । युनुसको नेतृत्वको अन्तरिम सरकारको १६ सदस्यीय मन्त्रिपरिषद्‌मा नागरिक समाजका अगुवा, विभिन्न निकायका विज्ञ, दुई विद्यार्थी नेता समेत रहेका छन् ।बंगलादेशमा विद्यार्थीहरुले आरक्षणविरुद्धको आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको थियो । त्यसपछि सेना प्रमुख वकर-उज-जमानले अन्तरिम सरकार गठनको घोषणा गर्नुभएको थियो । लगत्तै विद्यार्थी संयोजक र तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि राष्ट्रपति शाहाबुद्दीनले संसद् भंग गरेर युनुसको नेतृत्व...
रौतहटमा नक्कली प्रहरी पक्राउ
मुख्य -समाचार, समाचार

रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहट । रौतहटमा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय माधवनारयण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेका छन् । उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।उनीमाथि (सार्वजनिक अपराध) अभद्र व्यवहार मुदुदा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजना बनाएको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा साहलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । आरोपी साह इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ । ...
श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै
कला–संस्कृति, मुख्य -समाचार, समाचार

श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गरिन्छ ।ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गरिन्छ। ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रीहरू बताउँछन्। यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पाय...