समाचार

मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना
मुख्य -समाचार, समाचार

मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।उनले आफू स्वास्थ्य मन्त्री हुनुअघि नै बजेट आएको भन्दै उनले कतिपय कार्यक्रमका लागि स्रोत सुनिश्चित नभएको बताएका छन् । स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र विकास र सुधारका लागि कार्ययोजना तयार पार्नुअघि स्वास्थ्य क्षेत्रका विज्ञ तथा स्वास्थ्य मन्त्रालयमा लामो समय काम गदै आइरहेका अनुभवी सचिवहरुसँग छलफल गरी योजना तयार पारेको बताएका छन् ।उनले स्वास्थ्य क्षेत्र विकासका लागि संघीय प्रणाली अनुरुप स्वास्थ्यको तहगत अधिकार समन्वय, एकीकृत स्वास्थ्य प्रणाली, स्वास्थ्य विमा र समाजिक सुरक्षा कार्यक्रम, नीतिगत र कानुनी सुधार र ...
हायात होटल जग्गा विवादमा ओली सरकारको एक्सन के ?
मुख्य -समाचार, समाचार

हायात होटल जग्गा विवादमा ओली सरकारको एक्सन के ?

काठमाडौँ । बौद्धस्थित होटल हायात रिजेन्सीको जग्गा विवाद नयाँ हैन । दशकौँदेखि यस होटलले सरकारी जग्गामा रजाइ गर्दै आइरहे पनि सरकारले उक्त विवाद निरुपण गर्न सकेको छ्रैन । सत्ता र शक्तिमा रहेकाहरुलाई रिझाएर अर्बौं मूल्यको सरकारी जग्गा सस्तोमै लिजमा लिएर मनमौजी गरिरहेको उक्त होटलको जग्गा विवादबारे पुनः बहस सतहमा आएको छ । तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा निजी क्षेत्रको र भारतीय लगानी समेत रहेको होटल हायातले हडप्न खोजिरहेको पूर्व प्रधानमन्त्री माधव नेपालले बताएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले उक्त जग्गा लिजमा दिँदा नै ठूलो घोटाला भएको हुनसक्ने बताए ।आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सहभागी सांसदहरुले उक्त जग्गाको विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् । तारागा...
वायुसेवा निगमको ह्यांगरमा ३६ मिनेट आगलागी
मुख्य -समाचार, समाचार

वायुसेवा निगमको ह्यांगरमा ३६ मिनेट आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्यांगरमा आगलागी भएको छ । शनिबार राति विमानस्थलभित्र रहेको निगमको ह्यांगरमा लागेको आगो ३६ मिनेटपछि नियन्त्रयणमा आएको थियो ।ह्यांगरमा २ बजेर ४३ मिनेटमा लागेको आगो ३ बजेर १९ मिनेटमा मात्रै नियन्त्रणमा आएको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए ।यद्यपि आगलागीको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमले प्रतिक्रिया दिन चाहेनन् ।उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगलागीको कुनै जानकारी नआएको र त्यस विषयमा कुनै सूचना पनि नभएकोले बुझ्नु पर्ने बताए।त्यस्तै निगमका प्रवक्ता रमेश पौडेलले पनि आगलागीको घटनाका विषयमा आफूलाई जानकारी नभएको दाबी गरे ।तर विमानस्थल स्रोतले भने निगमको ह्यांगलमा भएको आगलागी नियन्त्रणका फायर डिभिजनबाट एउटा दमकल गएर आगो नियन्त्रणमा लिएको दाबी गरे ।‘वायुसेवा निगमको विमानस...
श्रम आप्रवासन नीतिको मस्यौदा तयार, श्रमिकबाट लागत खर्च नलिने प्रस्ताव
मुख्य -समाचार, समाचार

श्रम आप्रवासन नीतिको मस्यौदा तयार, श्रमिकबाट लागत खर्च नलिने प्रस्ताव

श्रम आप्रवासन नीतिको मस्यौदा तयार भएको छ । आप्रवासन विज्ञ डा.गणेश गुरूङ नेतृत्वको समितिले मस्यौदा तयार पारेर सरकारलाई बुझाएको हो । मस्यौदामा वैदेशिक रोजगारीमा जाने श्रमिकबाट लागत खर्च नलिने प्रस्ताव गरिएको छ । श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले बेहोर्ने प्रणालीको विस्तार एवम् प्रभावकारी कार्यान्वयन गरिने तथा स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अवलम्बन गरिने मस्यौदामा उल्लेख छ । वैदेशिक  रोजगार बोर्ड र गन्तव्य देशका नेपाली कूटनीतिक नियोगले रोजगारदाताले खर्च बेहोर्ने प्रणालीको पालना गर्ने रोजगारदाता खोज्ने मस्यौदामा उल्लेख छ । मस्यौदाले भारतमा काम गर्न जाने र फर्कने नेपाली श्रमिकलाई पनि श्रम आप्रवासन प्रणालीमा समेट्ने रणनीति बनाएको छ । यसको लागि पालिकामा रहेका रोजगार सेवा केन्द्र मार्फत तथ्याङ्क राख्ने र क्रमशः परिचयपत्र उपलब्ध गराउँदै लगिने र तथ्याङ्क सङ्कलनमा एकरुपता ...
भारतको विहारमा रहेको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो
मुख्य -समाचार, समाचार

भारतको विहारमा रहेको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो

भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ । अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन् । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ । श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । विहारको जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ । प्रत्यक्षदर्शीकाअनुसार प्रशासनको लापरबाहीका कारण घटना भएको हो । भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  ...
बंगलादेशमा युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति देशवासीसँग अपिल
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

बंगलादेशमा युनुसले गरे राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका निम्ति देशवासीसँग अपिल

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका निम्ति सबै देशवासीसँग अपिल गरेका छन् । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकी एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै उनले विगतको हृदयविदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएका र अव्यवस्थाको अन्त्य तथा प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् । “हाम्रो जिम्मेवारी नयाँ बंगलादेश निर्माण गर्नु हो,” उनले भने ।पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दु अल्पसंख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा...
लमजुङको नयाँ पर्यटकीय गन्तव्‍य बन्‍दै जोडी परेवा
मनोरंजन, मुख्य -समाचार, समाचार

लमजुङको नयाँ पर्यटकीय गन्तव्‍य बन्‍दै जोडी परेवा

सुन्दरबजार । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ ।मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ । सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ ।पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ । उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा रहेको छ ।सो बगैँचाकोसमेत संरक्षण गर्न...
४५ वटा शैक्षिक संस्थाले १२ वर्षको पर्खाइपछि पाए सीटीईभीटीको अनुमति
मुख्य -समाचार, समाचार

४५ वटा शैक्षिक संस्थाले १२ वर्षको पर्खाइपछि पाए सीटीईभीटीको अनुमति

राजनीतिक दबाबमा अनुमति दिएको भन्दै आलोचना काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान-सीटीईभीटीअन्तर्गतका ४५ वटा शैक्षिक संस्थाले १२ वर्षको पर्खाइपछि प्रमाणपत्र तहको स्वास्थ्य तथा इन्जिनियरिङ विषयको कार्यक्रम सञ्चालन अनुमति पाएका छन् । सरकारले मापदण्ड पूरा भएका संस्थालाई अनुमति दिएको दाबी गरेको छ । तर, परिषद्कै कर्मचारी संघसंगठनले भने शिक्षामन्त्रीले राजनीतिक दबाबमा नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिएको भन्दै आलोचना गरेका छन् ।मापदण्ड पूरा नगरेको भन्दै सरकारले २०६९ सालदेखि सीटीईभीटीअन्तर्गतका शैक्षिक संस्थालाई प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सन्चालनको अनुमति दिएको थिएन । तर, सीटीईभीटीको गत मंगलबार बसेको बैठकले ४५ वटा संस्थालाई स्वास्थ्य तथा इन्जिनियरिङ विषयका कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।तीमध्ये ५ वटा संस्थाले नर्सिङ विषय सञ्चालनका लागि अनुमति पाएका हुन् ।...
फूलबारी – बङ्गलाबन्धु नाका पूर्ववत् सञ्चालनमा
मुख्य -समाचार, समाचार

फूलबारी – बङ्गलाबन्धु नाका पूर्ववत् सञ्चालनमा

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी – बङ्गलाबन्धु नाका खुलेकोे छ ।नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ‘कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँबराबरको सामग्री बङ्गलादेशमा निर्यात हुँदा तीन अर्व ८३ करोड ६८ लाख २२ हजार रुपैयाँबराबरको सामग्री नेपालतर्फ आयात भएको थियो । ...
सोलुखुम्बु र बाजुरामा करेन्ट लागेर दुई जनाकाे ज्यान गयो
मुख्य -समाचार, समाचार

सोलुखुम्बु र बाजुरामा करेन्ट लागेर दुई जनाकाे ज्यान गयो

सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने क्रममा राईसहित तीन जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये राईको उपचारका क्रममा ज्यान गएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यसैबीच बाजुरामा विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान गएको छ । बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका विष्टको अछामका बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  ...