नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने
पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए । छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश ,कोशी प्रदेश,मधेश प्रदेश,गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह-कोषाध्यक्ष केशब कोइरालाले बताए । त्यसैगरी जिल्ला,नगर,गाउँपालिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको उनले बताए ।
गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्...










