समाचार

नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास
मुख्य -समाचार, समाचार

नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास

मुलुक अहिले सहकारीमय भएको छ । खासगरी केही बचत तथा ऋण सहकारीका बचतमारा सञ्चालकहरूले सहकारीको ठूलो रकम हिनामिना गरेका खबरहरू टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनखबर, सामाजिक सञ्जाल आदिमा दिनहुँ जस्तो पढ्न र सुन्न पाइन्छन् । र, यो मुलुकको कुना–कुनासम्मका सर्वसाधारण समेतको चासोको विषय भएको छ । सिद्धान्ततः बचत तथा ऋण सहकारी संस्थाहरू वित्तीय सहकारी संस्था हुन्, जुन यसका सदस्यहरूको स्वामित्व र नियन्त्रणमा एक सदस्य एक मतको आधारमा प्रजातान्त्रिक हिसाबले सञ्चालित हुन्छन् । तिनीहरू सदस्यहरूसँग भएको स–सानो बचत जम्मा गरेर कुनै सदस्यलाई आवश्यक भएको बेला सहुलियत दरमा ऋण प्रवाह गर्दछन् । वित्तीय सहकारीको मूल उद्देश्य सामाजिक हो र तिनीहरू नाफा कमाउने भन्दा पनि सामान्यतया विपन्न तथा सीमान्तकृत समूहका सदस्यको बचत तथा ऋण सम्बन्धी आवश्यकता पूर्ति गरी तिनीहरूको जीवनस्तर सुधार्नु हो ।तर सरकारीको मर्म विपरि...
बहुमतले प्रतिनिधिसभा हैरान, एक तिहाइले राष्ट्रिय सभा ढुक्क
मुख्य -समाचार, समाचार

बहुमतले प्रतिनिधिसभा हैरान, एक तिहाइले राष्ट्रिय सभा ढुक्क

२८ पुस, काठमाडौं । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठक बस्न सकेन । कारण– बैठक बस्नका लागि आवश्यक गणपूरक संख्या (कोरम) नै पुगेन । समिति सभापति सन्तोष चालिसेले कोरम नपुग्ने समस्याले आफू अप्ठ्यारोमा पर्दै आएको बताउँछन् । ‘अप्ठ्यारो भएपछि निरन्तरतामा दोस्रो बैठक राखेर एक तिहाइकै उपस्थितिमा बैठक राख्न सुरु गरिएको छ,’ सभापति चालिसेले भने ।आइतबार अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल थियो । पहिलो बैठकमा ५१ प्रतिशत सदस्यहरू उपस्थित नभएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर दोस्रो बैठक राखिएको हो । अर्थ समिति २३ सदस्यीय छ । प्रतिनिधिसभा नियमावली अनुसार बैठक बस्न ५१ प्रतिशत अर्थात् १२ जना सदस्य उपस्थित हुनुपर्छ ।यससम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १८२ मा छ । ‘…अन्यथा व्यवस्था भएकोमा बाह...
सन् २०२४ को गर्मी यो युगकै उच्च
मुख्य -समाचार, समाचार

सन् २०२४ को गर्मी यो युगकै उच्च

२८ पुस, काठमाडौं । पृथ्वीको सतह यति धेरै तात्दै गएको छ कि हर मौसम र वर्षमा चिन्ताजनक रेकर्ड दर्ज हुँदै गएको छ । विश्वको क्यालेन्डरमा सन् २०२४ यस्तो वर्ष रह्यो जो यो युगकै सबैभन्दा तातो वर्ष घोषित भयो । जलवायुको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय एजेन्सी कोपरनिकस केलाइमेट चेन्ज सर्भिसले तापक्रम सम्बन्धी एक रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– सन् २०२४ को तापक्रम औद्योगिक युगकै उच्च भएको छ । विश्वको औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।कोपरनिकसको यो घोषणाले जलवायु परिवर्तनका कारण संकट गहिरिंदै गएको संकेत गर्ने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी बताउँछन् ।‘असारमा कञ्चनपुरको दोधारा चाँदनीमा भएको आरीघोप्टे वर्षा, साउनमा थामेको हिमबाढी, असोजमा काठमाडौं उपत्यकामा भएको रेकर्ड ब्रेक वर्षाका कारण निम्तिएको विपत्ति लगायतका घटनाहरु जलवायु परिवर्तन...
स्टार्टअपमा आइडिया र ख्यातिलाई ४० प्रतिशतसम्म स्वेट सेयर
मुख्य -समाचार, समाचार

स्टार्टअपमा आइडिया र ख्यातिलाई ४० प्रतिशतसम्म स्वेट सेयर

२७ पुस, काठमाडौं । सरकारले अध्यादेशमार्फत कम्पनी ऐनमा संशोधन गर्दै स्टार्टअप कम्पनीहरुमा विभिन्न किसिमले योगदान गर्नेलाई ४० प्रतिशतसम्म स्वेट सेयर जारी गर्न सकिने व्यवस्था गरेको छ । शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले कम्पनी ऐन २०६३ मा यस्तो संशोधन प्रस्ताव गरेको हो ।अहिले स्टार्टअप कम्पनीहरुको आइडिया ल्याउने तथा ख्याति वृद्धि गर्ने कुरालाई लगानीका रुपमा लिइने कानूनी व्यवस्था नहुँदा संस्थापकहरु नै अल्पमतमा पर्ने वा बाहिरिनुपर्ने अवस्था छ । त्यसका कारण देशमा स्टार्टअपको वातावरण बन्न नसकेकाले यस्तो व्यवस्था गरिएको एक उच्च सरकारी अधिकारीले बताए । कम्पनी ऐनमा गरिएको नयाँ व्यवस्थामा ‘कम्पनीलाई व्यक्तिबाट प्राप्त हुने बौद्धिक सम्पत्ति, मूल्य वृद्धि, सेवा, व्यापारिक ख्याती (गुडवील)...
नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत, ३ व्यवस्था थपिए
मुख्य -समाचार, समाचार

नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत, ३ व्यवस्था थपिए

२७ पुस, काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विशेषगरी विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको ती मन्त्रीले बताए । पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख छ तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्त...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
मुख्य -समाचार, समाचार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुस, काठमाडौं ,राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ ।सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा ...
महँगी दर १४ महिनायताकै उच्च
मुख्य -समाचार, समाचार

महँगी दर १४ महिनायताकै उच्च

२६ पुस, काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–...
‘प्रधानमन्त्री ७ बुँदेको स्पिरिट बाहिर हुनुहुन्न’
मुख्य -समाचार, समाचार

‘प्रधानमन्त्री ७ बुँदेको स्पिरिट बाहिर हुनुहुन्न’

२६ पुस, काठमाडौं । गत १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधन सहितको ७ बुँदे सहमति मार्फत् वर्तमान सत्ता समीकरण शुरु भएको हो । त्यो ७ बुँदेमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच आलोपालो प्रधानमन्त्री हुने सहमतिपछि अर्को महत्वपूर्ण एजेन्डा संविधान संशोधन थियो । तर पहिलो कार्यकालको प्रधानमन्त्री चलाइरहेका केपी शर्मा ओलीले गत २३ पुसमा केन्द्रीय कमिटी बैठक समापन गर्दै संविधान संशोधन ०८७ मा मात्र हुने अभिव्यक्ति दिए । प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति पछि सत्ता साझेदार कांग्रेस–एमालेकै नेताहरू सामने–सामने देखिन्छन् ।कांग्रेसका कतिपय नेताहरूले ७ बुँदे सहमतिमाथि नै प्रश्न उठाएका छन् । जसको प्रतिवाद एमाले नेताहरूले गरिरहेका छन् । यसै सन्दर्भमा एमालेका महासचिव शंकर पोखरेलसँग सइन्द्र राईले गरेको संक्षिप्त कुराकानीः पार्टीको बैठकमा ...
रवि लामिछानेको हकमा यस्तो छ कास्की अदालतको आदेश
मुख्य -समाचार, समाचार

रवि लामिछानेको हकमा यस्तो छ कास्की अदालतको आदेश

२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बरबाट सन् २०२१ को जनवरी  २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबा...
दाउन्नेमा शीतलहरले फेरि सवारी साधन आवागमन बन्द
मुख्य -समाचार, समाचार

दाउन्नेमा शीतलहरले फेरि सवारी साधन आवागमन बन्द

२५ पुस,काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ ।  शीतलहरले कच्ची  सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् । काठमाडौंबाट नवलपरासी फर्किएका यात्रु मोहम्मद इजहार शेखले तीन घण्टा लगाएर पैदलै हिलाम्मे सडक पार गरेको बताए । ठाउँ-ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् ।...