विचार

जनकपुरधाममा अन्तराष्ट्रिय चलचित्र महोत्सव: संस्कृति र सिनेमाको संगम
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, विचार, समाचार

जनकपुरधाममा अन्तराष्ट्रिय चलचित्र महोत्सव: संस्कृति र सिनेमाको संगम

जनकपुरधाममा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। संवाद फाउण्डेशनको आयोजनामा आगामी फागुन १६ देखि १८ गतेसम्म जनकपुरधाम अन्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न हुनेछ। मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले यसको औपचारिक घोषणा गरेको हो। यस महोत्सवको प्रमुख उद्देश्य नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्नुका साथै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको छ। मिथिला क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको यस महोत्सवले स्थानीय र अन्तराष्ट्रिय चलचित्रकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिला संस्कृति विश्वमाझ चिनाउन जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव महत्वपूर्ण हुने धारणा राख्नुभयो। साथै, ...
भ्रष्टाचार र कमिशनको चक्र: परियोजनाहरूमा रकमको दुरुपयोग र बिचौलियाको हाबी -नबिन कुमार साह
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, विचार, समाचार

भ्रष्टाचार र कमिशनको चक्र: परियोजनाहरूमा रकमको दुरुपयोग र बिचौलियाको हाबी -नबिन कुमार साह

लेखक : नबिन कुमार साह । मधेश प्रदेशमा विकासको साँचो उद्देश्य भनेको के हो?मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र कृषि जस्ता प्रमुख क्षेत्रहरूमा अनगिन्ती अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGOs) र दातृ निकायहरूले अर्बौंको लगानी गरिरहे पनि यहाँका वास्तविक अवस्थाहरूमा केही खास सुधार नदेखिएको छ। साँचो कुरा के हो भने, यी संस्थाहरूले मध्यस्थता गर्नका लागि ठूलो रकम खर्च गरेका छन्, तर परिणामहरू उत्साहजनक छैनन्। समस्या यत्रा गहिरो र जटिल छन् कि विकासका कार्यक्रमहरू बाँच्नको लागि मात्र चलिरहेका छन्, तर सुधारको वास्तविक परिवर्तन कहिल्यै भएको छैन। १. कमिशन र भ्रष्टाचारको समस्यामधेश प्रदेशका विभिन्न विकास कार्यक्रमहरूमा अर्बौं रकमको लगानी भए पनि त्यहाँका स्थानीय समुदायमा त्यो रकमको सही प्रयोगको कुनै यथार्थ चित्र देखिदैन। धेरै NGOs र दातृ संस्थाहरूले कार्यान्वयन गर्दा स्थानिय कार्यकर्ता र कर्मचारीहर...
जनकपुरमा सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु
कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, विचार, समाचार

जनकपुरमा सामा-चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु

जनकपुरधाम, कार्तिक २५ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुरधाममा आयोजित सामा-चकेवा मूर्तिकला निर्माण कार्यशालाको उद्घाटन गर्नुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौं र मैथिली विकास कोष, जनकपुरको संयुक्त प्रयासमा यो कार्यशाला आयोजना गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री सतीश कुमार सिंह उपस्थित रहनु भएको थियो। कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता कोषका अध्यक्ष जीवनाथ चौधरीले गर्नुभयो। यस अवसरमा क्षेत्रका प्रमुख साहित्यकार डाक्टर राजेन्द्र प्रसाद विमल, सुनिल मल्लिक, परमेश्वर कपडी लगायतका प्रमुख व्यक्तिहरुको उपस्थिती रहेको थियो। समारोहले क्षेत्रीय सांस्कृतिक समृद्धिमा योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ। छ दिनसम्म सञ्चालन हुने यो कार्यशालामा सामा-चकेवा मूर्तिकला निर्माण गरिने छ। कार्यशालामा भाग लिन दुई दर्जनभन्दा बढी महिला र...
धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार
मुख्य -समाचार, विचार, समाचार

धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ । हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।जिप्रका धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको बताए । यस विषयमा बझ्न जिल्ला प्रहरी कार्यालय जान लागेको उनले बताए । ...
जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना ।
मुख्य -समाचार, विचार, समाचार

जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना ।

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ ।नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवका अवसरमा प्रहरीले कैदीबन्दीलाई किसाबहरु दिएको हो ।किताब पढेर आनीबानीमा सुधार ल्याओस् भन्ने हेतुले उत्प्रेरणा जगाउने खाले किताबहरु उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । जसमा ७ सय किताब राखिएको छ । यो पटक प्रहरी कार्यालयले विभिन्न लेखकका ३० वटा किताब दिइएको हो ।कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक प्रदान गरिएको बताइएको छ । ...
बजेट नपाउँदा मधेशका ३७२ खानेपानी आयोजना वर्षौंदेखि अधुरै
मुख्य -समाचार, विचार, समाचार

बजेट नपाउँदा मधेशका ३७२ खानेपानी आयोजना वर्षौंदेखि अधुरै

जनकपुरधाम । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गाउँ धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीको खानेपानी योजना १५ वर्षदेखि अधुरै छ ।सपही खानेपानी उपभोक्ता समितिका अध्यक्ष विन्देश्वर यादवका अनुसार रामवरण राष्ट्रपति बनेपछि उनकै पहलमा साविकको सपही गाविसका एक हजार घरधुरीलाई लक्षित गरेर आर्थिक वर्ष २०६४/६५ मा आयोजना सुरु भएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जनकपुरले पाँच वर्षभित्र सक्ने लक्ष्य राखेको थियो । स्थानीय ८० वर्षीय बेचन यादवलाई आफ्नो जीवनकालमा यो आयोजनाको पानी खान पाउने आशा छैन । ‘योजना सुरु भएको १५–१६ वर्ष भइसक्यो । अहिलेसम्म सञ्चालनमा आएन । अब खानेपानी चलेको मैले हेर्न पाउँछु कि पाउँदिन ठेगान छैन’, बेचन भन्छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका प्रमुख सुरेन्द्र शर्माका अनुसार निर्माणको अन्तिम चरणमा रहेको योजनाको गाउँबस्तीमा पाइप जडान मात्र बाँकी छ । स...
चाैतर्फी चेपुवामा बैंकिङ क्षेत्र !
विचार, समाचार

चाैतर्फी चेपुवामा बैंकिङ क्षेत्र !

काठमाडौं । दुई वर्ष अघिसम्म सबैजसो क्षेत्र थला पर्दा जोगिएको क्षेत्र थियो, बैंकिङ । सबै क्षेत्रले नोक्सानी व्यहोरिरहँदा नाफा कमाउने क्षेत्र थियो, बैंकिङ । बैंकहरू चाहिँ सधैं नाफामात्र कमाउनुपर्ने भन्दै आलोचनासमेत हुँदै आयो । विस्तारै अरू क्षेत्र सुध्रिँदै गयाे । महामारीबाट बाहिरिँदै गएपछि आर्थिक अवस्था पनि तुलनात्मक रूपले केही सहज देखिँदै गयो । तर, त्यही असहज अवस्थामा पनि विचलित नभएका बैंकमा भने पछिल्लो समय विचलन देखिएको छ । अहिले बैंकिङ क्षेत्रमाथि बैंकहरूकै आफ्नै वित्तीय विवरणका केही सूचकले प्रहार गरिरहेको छ भने ऋण लिएर नतिर्ने मनसायका केही व्यक्तिको सामाजिक सञ्जालको अभिव्यक्तिले पनि प्रहार गरिरहेको छ । अर्कोतर्फ निक्षेप थुप्रने तर लगानी नहुने समस्या पनि देखिएको छ । सरकारकै अर्को निकायको आँखा पनि अहिले बैंकिङ क्षेत्रमा परिरहेको छ । यसको उदाहरण हो मङ्गलबार (फागुन १५) केन्द्रीय अनुस...
भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि
विचार, समाचार

भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् ।  यसले नेपाल-भारतबिच रही आएको विशिष्ट सम्बन्ध (युनिक रिलेसन) लाई थप बल पुर्‍याएको उनले विश्वास व्यक्त गरेका हुन् । पूर्व उप-प्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका निधिले सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमति अनुसार अब भारतले २० करोड रुपैयासम्मको अनुदान दिन सक्ने भएको कुरा सकारात्मक रहेको उनको भनाई छ । ‘अनुदानमा आधारित यस्ता परियोजनाहरू धेरै पहिलेदेखि नै सञ्चालित रहेको छ । २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिँदै आइरहेको थियो । यस्तो परियोजना छनौट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्...