मुख्य -समाचार

१७ औं गणतन्त्र दिवसको अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा दीप प्रज्वलन ।
मुख्य -समाचार

१७ औं गणतन्त्र दिवसको अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा दीप प्रज्वलन ।

मोरङ । जेठ १५ गते अर्थात गणतन्त्र दिवस । जननिर्वाचित पहिलो संविधानसभाले ०६५ साल जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेको थियो । गणतन्त्र घोषणाको १७ औं गणतन्त्र दिवस को अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा विराटनगरको पुष्पलाल चौकमा दीप प्रज्वलित गरेको छ ।  सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै संवाद फाउन्डेसन मोरङ को सदस्य सचिव निग्मु शेर्पा ले गणतन्त्र आएपनि नेताहरुको चरित्र सुधार र राज्य व्यवस्थाको प्रणाली सुधार गर्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी हामी नागरिकमा रुपान्तर भएको दिन दीप प्रज्वलित गरेर मनाउनु हर्षको विषय हो । संवाद फाउन्डेसन मोरङ को सदस्य सचिव निग्मु शेर्पा सो कार्यक्रममा नेपाल प्रहरी , विधार्थी , बुद्धिजीवी , पत्रकार साथै समाजसेवी को विशेष उपस्थिति थियो । सुनिल यादवले कार्यक्रमको संयोजन गर्नुभएको थियो । ...
गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे
मुख्य -समाचार

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभिनारायण काफ्लेलाई कोशी प्रदेश तालिम केन्द्रमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ । ...
भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
अन्तर्राष्ट्रीय, मुख्य -समाचार

भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ‘The Embankment and Launching Apron Dhungre  Khola River Training Works’ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर श्री शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो । २. ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल स...
मटिहानी को बस्तीमा भीषण आगलागी 
मुख्य -समाचार, समाचार

मटिहानी को बस्तीमा भीषण आगलागी 

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।  उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको बताए। यता अन्य पालिका र जिल्लाबाट समेत वारुणयन्त्र पठाउन मेयर मण्डलले गुहार लगाएका हुन्।  आगलागी नियन्त्रणबाहिर रहेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिनै सुरक्षा निकायबाट सयौँ सुरक्षाकर्मी र स्थानीयहरूसमेत आगलागी नियन्त्रणमा प्रयासरत रहेको बताए। उनले मटिहानीका लागि यो कठिन परिस्थिति रहेकोमा सबै स्थानबाट आगलागी नियन्त्रणको साधन–स्रोत सक्दो चाँडै पठाइदिन आग्रह गरे। ...