मुख्य -समाचार

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
मुख्य -समाचार, समाचार

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको हो। यसअघि मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ...
सिमलताल घटना : बेपत्ता यात्रु र बसकाे खोजीका लागि भारतबाट १२ सदस्यीय टोली नेपाल आइपुग्यो  
मुख्य -समाचार, समाचार

सिमलताल घटना : बेपत्ता यात्रु र बसकाे खोजीका लागि भारतबाट १२ सदस्यीय टोली नेपाल आइपुग्यो  

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत  चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए। पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख ...
संवाद फाउन्डेशन बाराको आयोजनामा सार्वजनिक भाषण मार्फत युवा सशक्तिकरण कार्यक्रम सम्पन्न।
मुख्य -समाचार, समाचार

संवाद फाउन्डेशन बाराको आयोजनामा सार्वजनिक भाषण मार्फत युवा सशक्तिकरण कार्यक्रम सम्पन्न।

बारा ।संवाद फाउन्डेशन बारा ले आयोजना गरेको मनकामना कलेज कलैयामा युवा सशक्तिकरणका लागि "सार्वजनिक भाषणबाट युवाहरूको सशक्तिकरणले कार्यक्रममा महत्त्वपूर्ण प्रभाव गरेको छ। २०२४ जुलाई १५ मा भएको यो कार्यक्रममा फाउन्डेशनको युवा सशक्तिकरणमा बिशेष ध्यान दिएको थियो। सो कार्यक्रममा कृष्ण मोहन सहनीको प्रेरणादायी किम्बजोरने शुरू भएको र अन्तर्क्रियात्मक कार्यकलापहरू व्यावहारिक सार्वजनिक भाषण सुझावहरू सहित चर्चित भएको थियो। कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका उप-प्रमुख रौशन प्रबिन र बिशिष्ट अतिथि रामबाबु कुशवाहा मनकामना कलेजको डाइरेक्टर र बिशिष्ट अतिथि दिनेश पटेल सिसहनिया माध्यमिक विद्यालयको प्रधानाध्यापक र बिशिष्ट अतिथि मिथुन कुमार ,श्रीराम साह , बारा जिल्ला संयोजक बिकेश बाबु पटेलसहित उनीहरूले युवा सशक्तिकरणको महत्त्वलाई अभिव्यक्त गर्दै उनको समर्थन र अवलोकन गराएका थिए। ...
रुकुम पूर्वको सिस्नेमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयाे, तीन जना घाइते
Uncategorized, मुख्य -समाचार, समाचार

रुकुम पूर्वको सिस्नेमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयाे, तीन जना घाइते

 रुकुम पूर्वमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन । सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा हिजाे राति आएको पहिरोले सल्ली बिसौनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिरोमा त्यही ठाउँका ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्भा बुढा र ९ वर्षीया तीलसरा बुढा गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खरेलले बताउनुभयो । तीनै जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुईवटा गोरुको जीवितै उद्धार गरिएको प्रहरीको भनाइ छ । ...
बारा जिल्ला कार्यसमिति पुनर्गठन ।
मुख्य -समाचार, समाचार

बारा जिल्ला कार्यसमिति पुनर्गठन ।

बारा । संवाद फाउन्डेशन मधेश प्रदेश अन्तर्गत बारा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ ।समाजसेवी राजाबाबु यादव र सुशिल साह सल्लाहकार सहित बिकेश बाबु पटेल को संयोजकत्व, मुना साह सहसंयोजक, सारथी पटेल सदस्य सचिव सहित बिकि पटेल, निरज ठाकुर, शिवम नेपाल ,अरमान अन्सारी , सबिता कुमारी धानुक ,मनिषा यादव, मिरा साह , शिवम गुप्ता ,प्रमित पटेल, साजन महतो , यशवन्त कुमार राम ,शिव शंकर पासवान,गजेन्द्र प्रसाद यादव , पप्पु कुमार पण्डित सहितका सदस्यहरू सम्मिलित जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । नव कार्यसमितिलाई संवादका मधेश प्रदेश सदस्य सचिव मनिष कुमार ठाकुर खादा लगाई नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । साथै उक्त कार्यक्रममा संवाद फाउन्डेसन मोरङ जिल्ला संयोजक सुनिल यादव र मोरङ जिल्ला सदस्य निशा यादव, ममता यादव , सुरज बाबु पटेल , महोत्तरी जिल्ला सदस्य कमल साह , धनुषा ...
धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो
मुख्य -समाचार, समाचार

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो

धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उद्धारको प्रयास गरे पनि सफल हुन सकेन । ज्यान गुमाएका उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ । ...
भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ जना पुग्यो
मुख्य -समाचार, समाचार

भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ जना पुग्यो

भारतको उत्तर प्रदेश हाथरसमा आयोजना भएको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाले ज्यान गुमाएका छन् । हिन्दूको सत्सङ्ग कार्यक्रममा भएको घटनामा अरू धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका कथावाचक भोले बाबा भनिने गुरुको प्रवचन सुन्न हजारौंको सङ्ख्यामा जम्मा भएको भिडमा भागदौड भएको थियो । यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको थियो ।  उत्तर प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार...
कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा
मुख्य -समाचार, समाचार

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस–एमालेसहित सत्ताको नेतृत्व गरिरहेको माओवादी पनि आन्तरिक छलफलमा छ । कांग्रेस–एमालेबीच गएराति सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो । आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित नौ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रमुख दुई दलबीच भएको सहम...
आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै
मुख्य -समाचार, समाचार

आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

नेपालमा माओवादी द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले कार्यक्रम गरी उहाँको एक सयऔँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसकाे केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा 'क्रान्तिदेखि शान्तिसम्म' विषयक तस्बिर प्रदर्शनी गर्दैछ । प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने पार्टीले जनाएको छ । १९८१ साल असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट उहाँको जन्म भएको थियो । ...
रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो
मुख्य -समाचार, समाचार

रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

 रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ । घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन् । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किनुभए...