मुख्य -समाचार

भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ
मुख्य -समाचार, समाचार

भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ

 काठमाडौं । अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगञ्ज गाउँपालिका–४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् ।अनुमति नलिई गैरकानूनी रुमा भीओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका–१६ खरिबोट वनस्थलीबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भीओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सीमकार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ...
सुदूरपश्चिम र बागमतीका केही ठाउँमा भारी वर्षा हुने
मुख्य -समाचार, समाचार

सुदूरपश्चिम र बागमतीका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ...
तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने नवनियुक्त मुख्यसचिव लीलादेवीको प्रतिबद्धता
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने नवनियुक्त मुख्यसचिव लीलादेवीको प्रतिबद्धता

नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रिपरिषद बैठकले हिजो मुख्यसचिवमा नियुक्त गरेपछि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उहाँले छोटो समयमा जति सकिन्छ, परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले जस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुने भन्दै निजामति सेवामा राम्रै कर्म गरेको परिणामस्वरुप आफूलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ । वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकोमा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभएको छ । इमानदार भएर काम गरेमा कहीँ न कहीँ मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारी दि...
चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गयो
मुख्य -समाचार, समाचार

चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गयो

चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकाअनुसार दुर्घटनामा दुवै गाडीका चालक भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । यस्तै भरतपुर महानगरपालिकाको भित्री सडकमा गाडी दुर्घटना हुँदा वडा नम्बर ७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको ज्यान गएको छ । उहाँँ चढेको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँएको थियो । यस्तै खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयकाअनुसार हिजो बेलुका सिद्धिबजारबाट घर फर्किँदा कयर...
ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि, पानी उमालेर पिउन डाक्टरको सुझाव
मुख्य -समाचार, समाचार

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि, पानी उमालेर पिउन डाक्टरको सुझाव

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिनुभयो । हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन्  भने अरु दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताउनुभयो। उहाँले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिनुभयो ...
विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन
मुख्य -समाचार, समाचार

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

९ साउन, काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु ...
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
मुख्य -समाचार, समाचार

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको हो। यसअघि मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ...
सिमलताल घटना : बेपत्ता यात्रु र बसकाे खोजीका लागि भारतबाट १२ सदस्यीय टोली नेपाल आइपुग्यो  
मुख्य -समाचार, समाचार

सिमलताल घटना : बेपत्ता यात्रु र बसकाे खोजीका लागि भारतबाट १२ सदस्यीय टोली नेपाल आइपुग्यो  

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत  चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए। पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख ...
संवाद फाउन्डेशन बाराको आयोजनामा सार्वजनिक भाषण मार्फत युवा सशक्तिकरण कार्यक्रम सम्पन्न।
मुख्य -समाचार, समाचार

संवाद फाउन्डेशन बाराको आयोजनामा सार्वजनिक भाषण मार्फत युवा सशक्तिकरण कार्यक्रम सम्पन्न।

बारा ।संवाद फाउन्डेशन बारा ले आयोजना गरेको मनकामना कलेज कलैयामा युवा सशक्तिकरणका लागि "सार्वजनिक भाषणबाट युवाहरूको सशक्तिकरणले कार्यक्रममा महत्त्वपूर्ण प्रभाव गरेको छ। २०२४ जुलाई १५ मा भएको यो कार्यक्रममा फाउन्डेशनको युवा सशक्तिकरणमा बिशेष ध्यान दिएको थियो। सो कार्यक्रममा कृष्ण मोहन सहनीको प्रेरणादायी किम्बजोरने शुरू भएको र अन्तर्क्रियात्मक कार्यकलापहरू व्यावहारिक सार्वजनिक भाषण सुझावहरू सहित चर्चित भएको थियो। कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका उप-प्रमुख रौशन प्रबिन र बिशिष्ट अतिथि रामबाबु कुशवाहा मनकामना कलेजको डाइरेक्टर र बिशिष्ट अतिथि दिनेश पटेल सिसहनिया माध्यमिक विद्यालयको प्रधानाध्यापक र बिशिष्ट अतिथि मिथुन कुमार ,श्रीराम साह , बारा जिल्ला संयोजक बिकेश बाबु पटेलसहित उनीहरूले युवा सशक्तिकरणको महत्त्वलाई अभिव्यक्त गर्दै उनको समर्थन र अवलोकन गराएका थिए। ...
रुकुम पूर्वको सिस्नेमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयाे, तीन जना घाइते
Uncategorized, मुख्य -समाचार, समाचार

रुकुम पूर्वको सिस्नेमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयाे, तीन जना घाइते

 रुकुम पूर्वमा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन । सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा हिजाे राति आएको पहिरोले सल्ली बिसौनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिरोमा त्यही ठाउँका ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्भा बुढा र ९ वर्षीया तीलसरा बुढा गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक खरेलले बताउनुभयो । तीनै जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा पुरिएका एक भैँसी, एक पाडो र दुईवटा गोरुको जीवितै उद्धार गरिएको प्रहरीको भनाइ छ । ...