मुख्य -समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा ११ प्रतिशत बढ्यो पर्यटक
मुख्य -समाचार, समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा ११ प्रतिशत बढ्यो पर्यटक

बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा आर्थिक वर्ष ०८०/८१ मा १८ हजार १० जना नेपाली, ६ हजार ६ सय ८४ जना विदेशी र एक हजार चार सय ३७ जना सार्क मुलुकका गरी २६ हजार एक सय ३१ जना पर्यटक घुम्न आएका थिए । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा १६ हजार सात सय २२ नेपाली, ६ हजार तीन सय ८३ विदेशी र एक हजार दुई १९ सार्क मुलुकका नागरिकले निकुञ्ज भ्रमण गरेका थिए ।  निकुञ्जमा गत आर्थिक वर्षमा नेपाली, विदेश र सार्क मुलुकका पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । विगत वर्षहरूको तुलनामा पर्यटक बढेका कारण राजस्व संकलनमा समेत वृद्धि भएको छ । उनले भने, ‘नेपाली पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउने क्रम बढेको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले समेत पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज आउने ...
संवाद फाउन्डेशनको कपिलवस्तु जिल्ला विस्तार
कला–संस्कृति, मुख्य -समाचार, समाचार

संवाद फाउन्डेशनको कपिलवस्तु जिल्ला विस्तार

संवाद फाउन्डेशन लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्ला कार्यसमिति गठन भएको छ । कृष्णा अग्रहरीको संयोजकत्व, करिश्मा गुप्ता सहसंयोजक, निरज खनाल सहसंयोजक , दुर्गेश चौधरी सदस्य सचिव, संजिला गिरि , सुनिता गुप्ता , पृथ्वीराज चौधरी ,बिजय चमार सल्लाहकार सहित त्रिपुरारी चौहान , विशाल सिंह यादव ,सन्तोष यादव,गिता रैदाश ,शिसमति सहनी ,सैफुल्लाह शेख ,सदिया खातुन , काशिस श्रीवास्तव, बिजय प्रकाश कुर्मी , राम रेखा बरुन सहितका सदस्यहरू सम्मिलित जिल्ला कार्यसमिति गठन भएको छ । नव कार्यसमितिलाई संवादका केन्द्रीय अध्यक्ष कुमार भास्कर एक बिरुवा दिएर नव गठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । साथै उक्त कार्यक्रममा नेपाली र हिन्दी सिनेमाका कलाकार भोलाराज सपकोटा संवाद फाउन्डेसन रुपन्देही जिल्ला संयोजक जितेन्द्र गुप्ता ,सदस्य सचीव बिक्रम बिक,भक्तपुर जिल्ला कार्यसमिति सदस्य रोह...
भारत र श्रीलंका महिला एसिया कपको फाइनलमा
अन्तर्राष्ट्रीय, खेलकुद, मुख्य -समाचार, समाचार

भारत र श्रीलंका महिला एसिया कपको फाइनलमा

साबिक विजेता भारतले बंगलादेशलाई १० विकेट र श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन्  साबिक विजेता भारत महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले शुक्रबार श्रीलंकाको दाम्बुलामा बंगलादेशलाई दश विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।दोस्रो सेमिफाएनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।  भारत नवौँपटक एसिया कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर ८० रन बनाएको थियो । भारतले ११ ओभरमा एक विकेट पनि नगुमाएर ८३ रन जोड्दै सानदार जित निकाल्यो ।  भारत सन् २००४ मा पहिलोपटक फाइनल पुगेको थियो । यही वेलादेखि महिला एसिसी कप सुरु भएको थियो । भारतले २००५, ०६, ०८, ०१२, ०१६ र ०२२ क...
जम्मु कस्मिरबाट २८ नेपाली श्रमिकको उद्धार
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

जम्मु कस्मिरबाट २८ नेपाली श्रमिकको उद्धार

झुक्याएर द्वन्द्वग्रस्त जम्मु कस्मिर पुर्‍याइएका सिराहाका २१ र धनुषाका ७ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइयो भारत प्रशासित कस्मिरको श्रीनगरबाट २८ नेपाली श्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि कस्मिरको श्रीनगरमा बन्धक रहेका सिराहाका २१ र धनुषाका सात गरी २८ श्रमिकको उद्धार गरी नेपाल ल्याएर सम्बन्धित परिवारको जिम्मा लगाइएको सिराहाका निमित्त प्रमुख जिल्ला अधिकारी रवीन्द्र महतले बताए ।  भारतस्थित नेपाली राजदूतावास, भारतीय गैरसरकारी संस्था किनको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीमार्फत उद्धार गरी बिहीबार धनुषाको जनकपुर ल्याइएका श्रमिकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले शुक्रबार परिवारको जिम्मा लगाएको हो ।  सिराहा कल्याणपुरका १६, गोलबजारका चार, कर्जन्हा र सुखीपुर नगरपालिकाका एक–एक जना गरी २१ जना २४ देखि ६०...
भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ
मुख्य -समाचार, समाचार

भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ

 काठमाडौं । अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगञ्ज गाउँपालिका–४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् ।अनुमति नलिई गैरकानूनी रुमा भीओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका–१६ खरिबोट वनस्थलीबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भीओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सीमकार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ...
सुदूरपश्चिम र बागमतीका केही ठाउँमा भारी वर्षा हुने
मुख्य -समाचार, समाचार

सुदूरपश्चिम र बागमतीका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ...
तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने नवनियुक्त मुख्यसचिव लीलादेवीको प्रतिबद्धता
अन्तर्राष्ट्रीय, मुख्य -समाचार, समाचार

तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने नवनियुक्त मुख्यसचिव लीलादेवीको प्रतिबद्धता

नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रिपरिषद बैठकले हिजो मुख्यसचिवमा नियुक्त गरेपछि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उहाँले छोटो समयमा जति सकिन्छ, परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले जस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुने भन्दै निजामति सेवामा राम्रै कर्म गरेको परिणामस्वरुप आफूलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ । वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकोमा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभएको छ । इमानदार भएर काम गरेमा कहीँ न कहीँ मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारी दि...
चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गयो
मुख्य -समाचार, समाचार

चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गयो

चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकाअनुसार दुर्घटनामा दुवै गाडीका चालक भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । यस्तै भरतपुर महानगरपालिकाको भित्री सडकमा गाडी दुर्घटना हुँदा वडा नम्बर ७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको ज्यान गएको छ । उहाँँ चढेको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँएको थियो । यस्तै खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयकाअनुसार हिजो बेलुका सिद्धिबजारबाट घर फर्किँदा कयर...
ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि, पानी उमालेर पिउन डाक्टरको सुझाव
मुख्य -समाचार, समाचार

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि, पानी उमालेर पिउन डाक्टरको सुझाव

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिनुभयो । हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन्  भने अरु दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताउनुभयो। उहाँले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिनुभयो ...
विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन
मुख्य -समाचार, समाचार

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

९ साउन, काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु ...