मुख्य -समाचार

भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ जना पुग्यो
मुख्य -समाचार, समाचार

भारतको उत्तर प्रदेशमा एक धार्मिक कार्यक्रममा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ जना पुग्यो

भारतको उत्तर प्रदेश हाथरसमा आयोजना भएको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाले ज्यान गुमाएका छन् । हिन्दूको सत्सङ्ग कार्यक्रममा भएको घटनामा अरू धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमका कथावाचक भोले बाबा भनिने गुरुको प्रवचन सुन्न हजारौंको सङ्ख्यामा जम्मा भएको भिडमा भागदौड भएको थियो । यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको थियो ।  उत्तर प्रदेश सरकारले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार...
कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा
मुख्य -समाचार, समाचार

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस–एमालेसहित सत्ताको नेतृत्व गरिरहेको माओवादी पनि आन्तरिक छलफलमा छ । कांग्रेस–एमालेबीच गएराति सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो । आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित नौ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रमुख दुई दलबीच भएको सहम...
आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै
मुख्य -समाचार, समाचार

आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

नेपालमा माओवादी द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले कार्यक्रम गरी उहाँको एक सयऔँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसकाे केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा 'क्रान्तिदेखि शान्तिसम्म' विषयक तस्बिर प्रदर्शनी गर्दैछ । प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने पार्टीले जनाएको छ । १९८१ साल असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट उहाँको जन्म भएको थियो । ...
रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो
मुख्य -समाचार, समाचार

रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

 रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ । घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन् । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किनुभए...
महोत्तरीको जलेश्वरमा एक घर एक बिरुवा अभियान अन्तर्गत ५०० बिरुवा वितरण गरि विरुवा रोपिएको छ | 
मुख्य -समाचार, समाचार

महोत्तरीको जलेश्वरमा एक घर एक बिरुवा अभियान अन्तर्गत ५०० बिरुवा वितरण गरि विरुवा रोपिएको छ | 

जनकपुरधाम। संवाद फाउण्डेशन महोत्तरीले आयोजना गरेको सो कार्यक्रममा मधेस प्रदेश सरकार का वन तथा वातावरण राज्यमन्त्री रञ्जु कुमारी खंग की प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो।  संवाद फाउण्डेशन का पदाधिकारीहरुले एक घर एक बिरुवा कार्यक्रम अन्तर्गत महोतरीको सदरमुकाम जलेश्वरमा सडक पेटिका क्षेत्रमा रहेका पसलका सञ्चालक र सर्वसाधारण जनताहरूलाई बिरुवा दिएर घर मा रोप्न आग्रह गरेका थिए। उनीहरुले डब्बा मा विरुवा रोपर नाकमा सलाइन पाइप लगाएर साङ्केतिक प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए।  "आज हामीले विरुवा रोपनाैं भने भोलिका दिनमा यसरी नै प्रत्येक मानिसले बिरुवा बाट सलाइन पाइपको माध्यमले श्वास फेर्नुपर्ने अवस्था आउन सक्ने हुँदा हामीले अहिले यी साङ्केतिक प्रदर्शन गरेर सचेत गराएको" संवाद फाउण्डेशन महोत्तरी जिल्ला संयोजक सुमन चौधरीले बताउनुभयो।  उक्त कार्यक्रममा विशिष्ठ अ...
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
मुख्य -समाचार, समाचार

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ललितपुरकाे लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डाैले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेहरूमा लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् । पत्रकार सम्मेलनमा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले उनीहरूले सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको बताउनुभयाे । लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिविरुद्ध ३ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको उहाँले बताउनुभयो । लालीगुराँस सहकारी संस्थाका ...
इरान : राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान हुने
मुख्य -समाचार, समाचार

इरान : राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान हुने

इरानमा राष्ट्रपति चयनका लागि दोस्रो पटक चुनाव हुने भएको छ । गएको शुक्रवार भएको चुनावबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आउँदो शुक्रवार अर्थात् जुलाई ५ तारिखमा चुनाव हुने भएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । चुनाव मुख्यालयका अनुसार पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियन र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच मुख्य प्रतिस्पर्धा भएकोमा दुवैले ५० प्रतिशत मत कटाउन सकेनन् । पेजेस्कियनले ४२ प्रतिशत र जलिलीले ३८ प्रतिशत मत ल्याउनुभएको छ । बाँकी मत अरू उम्मेदवारले ल्याएका छन् । इरानमा राष्ट्रपतिको पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । अब भने चुनाव 'रन–अफ' मा प्रवेश गरेको छ । 'रन–अफ' का लागि जसले धेरै मत प्राप्त गर्छ उसले जीतको दाबी गर्नेछ । ...
बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम
मुख्य -समाचार, समाचार

बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम

१४ असार, काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् । सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् । भट्टराईले बुझाएको तीन बुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ । प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्ट...
लोभो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयमा छात्रावास भवन निर्माणका लागि शिलान्यास सम्पन्न
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार

लोभो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयमा छात्रावास भवन निर्माणका लागि शिलान्यास सम्पन्न

आजै लोभो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवनको निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ। यो परियोजना नेपाल–भारत विकास सहकार्यको अन्तर्गत भारतीय सरकारको ४.१४ करोड रुपैयाँको आर्थिक सहयोगमा सञ्चालन हुने छ। शिलान्यास कार्यक्रममा भारतीय राजदूत श्री नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष श्री टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गरे । सो कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालयका प्रतिनिधिहरू पनि उपस्थित थिए। यसले स्थानीय जनतालाई सिकाइका लागि महत्त्वपूर्ण विकासीय समर्थन प्रदान गर्ने भारतीय सरकारको निरन्तर योगदानलाई प्रतिफलित गरेको थियो। यस छात्रावास भवनको निर्माणमा भारतीय सरकारको सहयोगले लोभो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा र आवासको उत्कृष्ट सुविधा प्रदान गर्नेछ। यस...
नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव
अन्तर्राष्ट्रीय, कला–संस्कृति, मुख्य -समाचार, समाचार

नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव

भारतीय राजदूतावासले नेपालभरि अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउने उत्साहका साथ कठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ। यस अवसरमा भारतीय सरकारले नेपालभरि १० वटा शहरहरुमा योग र सम्पूर्ण स्वास्थ्यका प्रति जागरूकता बढाउन लक्षित छ। योग एक समृद्ध आध्यात्मिक, शारीरिक र मानसिक अभ्यास हो जसले सम्पूर्ण मानवताको उत्थानमा महत्वपूर्ण भूमिका खेल्छ। यो अभ्यासले व्यक्तिलाई आध्यात्मिक र मानसिक शान्ति, शारीरिक स्वास्थ्यको लागि फाइदा पुर्याउँछ र विश्व भरिका लोकहरूले यसलाई समर्थन गरेका छन्। भारतीय राजदूतावासले यो वर्षको योग दिवसको मुख्य आयोजना मा भारतीय समाजलाई स्वास्थ्य र कल्याणको लागि जागरूक गराउँदै काठमाडौंमा १० वटा शहरहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो। यसमा सम्पूर्ण समुदायलाई योगको महत्वपूर्णता र प्रभाव बुझाउनका लागि विभिन्न शृंखलाबद्ध कार्यक्रमहरु गरिएका थिए। योग दिवसक...