मुख्य -समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न
कला–संस्कृति, मुख्य -समाचार, समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न

धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व  हर्सोल्लासका साथ सम्पन्न भएको छ ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ ।  छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।   भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ्य अर्पण गरेको थियो । पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द...
बालेन सचिवालयले भन्यो– कर्मचारीमा नैतिकता भएन, उनीहरूमाथि पनि कारबाही हुन्छ
मुख्य -समाचार, समाचार

बालेन सचिवालयले भन्यो– कर्मचारीमा नैतिकता भएन, उनीहरूमाथि पनि कारबाही हुन्छ

उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ । सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ । ‘भोलि गुरागाईंमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो–जो कर्मचारीहरू अघि सरेका छ्न उनीहरूलाई पनि गुरागाईंलाई जत्तिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनुहुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो । सोहीअनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न...
चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड
मुख्य -समाचार, समाचार

चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड

धनुषा  । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ ।  छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरूलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । छठको पूजा पोखरी तथा नदीमा मात्र गरिन्छ । यो पर्व कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक जनकपुरधाम क्षेत्रमा मनाइने परम्परा रही आएको छ । पौराणिक कथनअनुसार, आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । त्यसैगरी महाभारत कालमा पाँच पाण...
कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य
मुख्य -समाचार, समाचार

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य

सुर्खेत । ‘कर्णाली प्रदेश निजामती सेवा ऐन,-०८० लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भएको छ । मध्यराति बसेको अधिवेशनको ३१ औं बैठकले उक्त विधेयक पारित गरेको हो ।‎विधेयक यसअघि प्रदेश मामिला समितिमा थियो । सोमबार दिउँसो ३ बजे संसद बैठक बस्ने कार्यतालिका रहेपनि विधेयक नै पास गर्नुपर्ने उद्देश्यसहित राति ९ बजेबाट मात्रै प्रदेश सभा बैठक सुरु भएको थियो ।   त्यसअघि प्रदेश मामिला समितिमा छलफल गरिएको विधेयक सभामा पेस गरियो भने सभाबाट हतार–हतार पारित गरियो । यद्यपि कर्मचारीहरु भने संसद बाहिर बिहानैदेखि धर्नामा थिए । सातौँ तहमा सिफारिस भइसकेका कर्मचारीहरु विधेयकमा थुप्रै समस्याहरु रहेको भन्दै तत्काल पास गर्न नहुने भन्दै धर्ना दिए, उनीहरुले । तर सरकारकै दबाबमा विधेयक पारित गरिएको छ । ‎यो सँगै प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ । सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखले पठ...
सप्तरीमा माविको नयाँ भवन निर्माणको शिलान्यास सम्पन्न
मुख्य -समाचार, समाचार

सप्तरीमा माविको नयाँ भवन निर्माणको शिलान्यास सम्पन्न

सप्तरी, चैत्र — सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा अवस्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणको शिलान्यास आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर श्रीमती गीता चौधरी र काठमाडौंस्थित भारतीय दूतावासकी द्वितीय सचिव सुश्री गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २.७६ करोडको लागतमा निर्माण हुन लागेको यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत कार्यान्वयन हुँदैछ। नयाँ तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध पूर्वाधारहरू निर्माण गरिनेछ, ज...
काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा सम्पन्न
मुख्य -समाचार, समाचार

काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा सम्पन्न

काठमाडौं, चैत्र ९ – काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा मनाइएको छ। यस अवसरमा छात्रवृत्तिद्वारा समर्थित करिब २०० जना मेधावी विद्यार्थीहरू सहभागी भएका थिए। समारोहले भारत–नेपाल शैक्षिक सहकार्यको ऐतिहासिक योगदानलाई पुनः स्मरण गराउँदै आगामी अवसरहरूतर्फ मार्गदर्शन गरेको छ। समारोहमा नेपाल विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक, पूर्वाञ्चल, मध्यपश्चिम विश्वविद्यालय, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै, विभिन्न संस्थानका डीनहरू र ख्यातिप्राप्त विद्यालयका प्रधानाध्यापकहरू समेत कार्यक्रममा सहभागी थिए। नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले छात्रवृत्ति प्राप्त गरेका...
काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न, भारत-नेपाल साझेदारीमा नयाँ आयाम थपिने विश्वास
कला–संस्कृति, मुख्य -समाचार, समाचार

काठमाडौंमा ६०औं आइटेक दिवस भव्य रूपमा सम्पन्न, भारत-नेपाल साझेदारीमा नयाँ आयाम थपिने विश्वास

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा २०८१ सालको चैत्र ८ गते ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस भव्य रूपमा मनाइएको छ। समारोहमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा थुप्रै सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरू तथा भारतमा अध्ययन गरिसकेका नेपाली पेशेवरहरूको उल्लेखनीय उपस्थिति थियो। आइटेक (ITEC) भारत सरकारको विदेश मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि अग्रणी प्लेटफर्म हो। सन् १९६४ मा स्थापना भएको यस कार्यक्रमले हालसम्म १६० भन्दा बढी देशका २ लाखभन्दा बढी पेशेवरहरूलाई तालिम प्रदान गरिसकेको छ। भारतका १०० भन्दा बढी प्रतिष्ठित संस्थाहरूमा हरेक वर्ष १०,००० जना सहभागीहरूलाई विभिन्न कोर्षहरूमा पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण दिइन्छ। ...
काठमाडौं र ललितपुरका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने
मुख्य -समाचार

काठमाडौं र ललितपुरका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको  जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो। जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी-साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। त्यहाँ एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ। त्यस्तै बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर-सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ। त्यस्तै ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर मध्याह्न १...
पोखरा महानगरका कर्मचारी घुससहित पक्राउ 
मुख्य -समाचार

पोखरा महानगरका कर्मचारी घुससहित पक्राउ 

पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो। महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेका थिए। अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो।  ‘अख्तियारमा परेका उजुरीका विषयमा जबाफ पठाउने ठाउँमा रहेका कपिल गिरीले एक व्यक्तिलाई उनका विरूद्ध अख्तियारमा धेरै उजुरी परेको र अख्तियारलाई मिलाउन घुस मागेको सूचना आयो,’ उनले भने, ‘सूचनाका आधारमा गिरीलाई २५ हजार घुससहित पक्राउ गरेका हौं।’  स्याङ्जाको पुतलीबजार नगरपालिकामा काम ग...
दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ
मुख्य -समाचार, समाचार

दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्। ‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो माग हामीले उठाएको हो। पानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईंको अभियानले गरेको हो नि त, त्योभन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो, हाम्रो अभियानपछि आमजनतामा आउनुभएको हो,’ प्रसाईंले आफ्नै युटुब च्यानलमा राखेको भिडिओमा भनेका छन्। आफूले भुइँ मानिसका एजेन्डा बोकेको र त्यो राप्रपाले लिन खोजेको प्रसाईंले दाबी गरे। ‘राप्रपाले एजेन्डा देखाउने तर मन्त्री खाने हो,’ उनले भने, ‘राजाप्रति माया छ भने सदनबाट राजीनामा दिएर आउनुस्। नत्र जनताले कसरी पत्याउँछन् उहाँहरूलाई? नवराज सुवेदी ...