मुख्य -समाचार

हिउँपहिरोमा २ जना बेपत्ता
मुख्य -समाचार, समाचार

हिउँपहिरोमा २ जना बेपत्ता

२५ चैत, काठमाडौं  । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए ।आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । ...
स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग
मुख्य -समाचार, समाचार

स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग

२४ चैत, काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रीय सडक आन्दोलन चलाइरहेको छ । सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने माग महासंघको छ ।‘विगतको सहमतिअनुसार शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुहोस् भनेका हौँ । सहमति पहिल्यै भएको छ। फेरि वार्ता र सहमति आवश्यक छैन । यो समय पनि ऐन निर्माणमा खर्चिनुहोस् भनेका छौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भन्छन् । विद्यालय  शिक्षा विधेयक २०८० भदौ २७ मा संसदमा दर्ता भएको थियो । विधेयकमा आएका प्रावधानमा असहमति जनाउँदै महासंघको नेतृत्वमा काठमाडौंमै शिक्षकहरूले आन्दोलन गरेका थिए । सहमतिअनुसार ऐन जारी नभएको भन्दै शिक्षकहरू फेरि आन्दोलनक...
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता
मुख्य -समाचार, समाचार

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । ...
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता
अन्तर्राष्ट्रीय, मुख्य -समाचार

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ ।  ...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न
कला–संस्कृति, मुख्य -समाचार, समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न

धनुषा । जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व  हर्सोल्लासका साथ सम्पन्न भएको छ ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ ।  छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।   भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ्य अर्पण गरेको थियो । पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द...
बालेन सचिवालयले भन्यो– कर्मचारीमा नैतिकता भएन, उनीहरूमाथि पनि कारबाही हुन्छ
मुख्य -समाचार, समाचार

बालेन सचिवालयले भन्यो– कर्मचारीमा नैतिकता भएन, उनीहरूमाथि पनि कारबाही हुन्छ

उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ । सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ । ‘भोलि गुरागाईंमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो–जो कर्मचारीहरू अघि सरेका छ्न उनीहरूलाई पनि गुरागाईंलाई जत्तिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनुहुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो । सोहीअनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न...
चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड
मुख्य -समाचार, समाचार

चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड

धनुषा  । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ ।  छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरूलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । छठको पूजा पोखरी तथा नदीमा मात्र गरिन्छ । यो पर्व कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक जनकपुरधाम क्षेत्रमा मनाइने परम्परा रही आएको छ । पौराणिक कथनअनुसार, आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । त्यसैगरी महाभारत कालमा पाँच पाण...
कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य
मुख्य -समाचार, समाचार

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य

सुर्खेत । ‘कर्णाली प्रदेश निजामती सेवा ऐन,-०८० लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भएको छ । मध्यराति बसेको अधिवेशनको ३१ औं बैठकले उक्त विधेयक पारित गरेको हो ।‎विधेयक यसअघि प्रदेश मामिला समितिमा थियो । सोमबार दिउँसो ३ बजे संसद बैठक बस्ने कार्यतालिका रहेपनि विधेयक नै पास गर्नुपर्ने उद्देश्यसहित राति ९ बजेबाट मात्रै प्रदेश सभा बैठक सुरु भएको थियो ।   त्यसअघि प्रदेश मामिला समितिमा छलफल गरिएको विधेयक सभामा पेस गरियो भने सभाबाट हतार–हतार पारित गरियो । यद्यपि कर्मचारीहरु भने संसद बाहिर बिहानैदेखि धर्नामा थिए । सातौँ तहमा सिफारिस भइसकेका कर्मचारीहरु विधेयकमा थुप्रै समस्याहरु रहेको भन्दै तत्काल पास गर्न नहुने भन्दै धर्ना दिए, उनीहरुले । तर सरकारकै दबाबमा विधेयक पारित गरिएको छ । ‎यो सँगै प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ । सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखले पठ...
सप्तरीमा माविको नयाँ भवन निर्माणको शिलान्यास सम्पन्न
मुख्य -समाचार, समाचार

सप्तरीमा माविको नयाँ भवन निर्माणको शिलान्यास सम्पन्न

सप्तरी, चैत्र — सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा अवस्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणको शिलान्यास आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर श्रीमती गीता चौधरी र काठमाडौंस्थित भारतीय दूतावासकी द्वितीय सचिव सुश्री गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २.७६ करोडको लागतमा निर्माण हुन लागेको यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत कार्यान्वयन हुँदैछ। नयाँ तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध पूर्वाधारहरू निर्माण गरिनेछ, ज...
काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा सम्पन्न
मुख्य -समाचार, समाचार

काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा सम्पन्न

काठमाडौं, चैत्र ९ – काठमाडौंस्थित भारतीय राजदूतावासमा २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस भव्य रूपमा मनाइएको छ। यस अवसरमा छात्रवृत्तिद्वारा समर्थित करिब २०० जना मेधावी विद्यार्थीहरू सहभागी भएका थिए। समारोहले भारत–नेपाल शैक्षिक सहकार्यको ऐतिहासिक योगदानलाई पुनः स्मरण गराउँदै आगामी अवसरहरूतर्फ मार्गदर्शन गरेको छ। समारोहमा नेपाल विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक, पूर्वाञ्चल, मध्यपश्चिम विश्वविद्यालय, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै, विभिन्न संस्थानका डीनहरू र ख्यातिप्राप्त विद्यालयका प्रधानाध्यापकहरू समेत कार्यक्रममा सहभागी थिए। नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले छात्रवृत्ति प्राप्त गरेका...