मनोरंजन

सबिन श्रेष्ठले ल्याए वेब सिरिज ‘ए घरबेटी बा’
मनोरंजन, समाचार

सबिन श्रेष्ठले ल्याए वेब सिरिज ‘ए घरबेटी बा’

कलाकार सविन श्रेष्ठले 'ए घरबेटी बा' नामक वेब सिरिज लिएर आएका छन्।  कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ। दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छन् भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रसारण हुनेछ।  सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रूपमा देखिँदैछन्। काठमाडौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकुलगायत कलाकारको अभिनय छ। ...
‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?
मनोरंजन, समाचार

‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?

लोकप्रिय टिभी शो ‘सक्किगो नि’को टीमले बनाएको कथानक फिल्म ‘लाज शरणम्’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । यसअघि सिरियलबाट हिट कलाकार भएकाले पनि दर्शकमाझ फिल्म प्रतीक्षित छ । सीताराम कट्टेल धुर्मुस, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे लगायतका कलाकार भएकाले पनि सिरियल हेर्दै आएका दर्शकलाई यो फिल्म रुचिकर हुने पक्का छ । यसबाहेक अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, रेणु योगी लगायतका फिल्मी कलाकार पनि यसमा छन् । तपाईंले फिल्म हेर्नुभएको छैन भने थाहा नहुन सक्छ र निर्माताले यसलाई सार्वजनिक पनि गरेका थिएनन् । दयाहाङ राई र बुद्धि तामाङ पनि विशेष भूमिकामा छन् । फिल्ममा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छन् । उनको प्रवेशसँगै फिल्मको समापन भएको छ । उनको भूमिकालाई सस्पेन्स तुल्याइएको छ । जिग्री ब्रोको प्रवेशलाई निर्देशकले दोस्रो श्रृंखलाक...
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 
कला–संस्कृति, मनोरंजन, मुख्य -समाचार, समाचार

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी सम्पन्न 

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।  संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।  जनकपुरधामको वडा नंं ८ मा रहेको मैथिली विकास कोषको भवनमा हुने महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म चल्ने उहाँले बताउनुभयो । चलचित्र महोत्सवमा १ सय १४ भन्दा बढी देशका ३ हजार ५ सय आवेदन प्रदर्शनका लागि प्राप्त भए पनि छनौट भएका १० विधाका ७८ वटा चलचित्र प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।  नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र म...
अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास
कला–संस्कृति, मनोरंजन, समाचार

अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास

उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म 'लाज शरणम्' सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ।  शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको हो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो। फिल्मका कलाकार सीताराम कट्टेलले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भएकोले त्यसको प्रचार रोक्न भन्दै आलमले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले फिल्म सेन्सर पास नभएसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो।  त्योसँगै फिल्मको प्रचार रोकिएको थियो। निर्माण टिमले फिल्मको टिजर र गीतलाई युट्य...
किन गुलाबी रङ मन पर्छ महिलाहरूलाई?
कला–संस्कृति, मनोरंजन

किन गुलाबी रङ मन पर्छ महिलाहरूलाई?

हरेक रङको कुनै न कुनै अर्थ हुन्छ । ज्योतिष शास्त्रका अनुसार रङको राशिफलसँग पनि गहिरो सम्बन्ध हुन्छ। यतिमात्र होइन, रङले मुडलाई पनि असर गर्छ। उदाहरणका लागि, सेतो रङलाई शान्तिको रङ मानिन्छ । त्यसैले शोकको वातावरणमा सेतो रङको प्रयोग गरिन्छ। त्यसैगरी हरियो रङलाई खुसीको प्रतीक मानिन्छ। साथै रातो रङलाई क्रान्ति, ऊर्जा र परिवर्तनको रङ मानिन्छ। सबै रङहरू मध्ये, सबैभन्दा सुन्दर अर्थ गुलाबी रङसँग सम्बन्धित छ। गुलाबी रङलाई लजालु र नम्रताको रङ मानिन्छ। गुलाबी रङको महिलासँग गहिरो सम्बन्ध छ। यही कारणले गर्दा महिला लजाउँदा गाला गुलाबी भएको उदाहरण दिइन्छ। गुलाबी रङको पोसाकलाई सधैँ रुचाइन्छ। तर, गुलाबी रङको अर्थ यतिमा मात्र सीमित छैन। समयसँगै यसको अर्थ परिवर्तन भएको छ । कुनै समय दुई धारे तरबार थियो गुलाबी रङ कुनै समय गुलाबी रङलाई दोधारे तरबार भनिन्थ्यो। गुलाबी शब्द लन्डन अन्डरवर्ल्ड व्यापकर...
माग्ने बुढा र तक्मे बुढा भएर बन्ने ‘माग्ने राजा’
कला–संस्कृति, मनोरंजन

माग्ने बुढा र तक्मे बुढा भएर बन्ने ‘माग्ने राजा’

केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म 'माग्ने राजा' मा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन्। निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेसँगै फिल्म 'माग्ने राजा' मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो। यसअघि उनीहरूले 'राम कहानी' फिल्ममा सँगै काम गरेका थिए। विल्सन विक्रम राईलाई 'मेरी बास्सै' मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए। विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रूपमा मान्ने गरेका छन्। ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको फिल्ममा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पक्का भइसकेका छन्।  आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल...
फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता
कला–संस्कृति, मनोरंजन, समाचार

फिल्म स्टुडियो बनाउन बोर्ड र धुलिखेल नगरपालिकाबीच सम्झौता

आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा धुलिखेलका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि उपस्थित थिए । सम्झौता पत्रमा हस्ताक्षरपछि बोर्ड अध्यक्ष डिसीले धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गरिने जानकारी गराए । उनले भने, ‘यो स्टुडियो नेपाली फिल्म उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर फिल्म निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’ नगरपालिकाका मेयर श्रेष्ठले नेपाली फिल्म क्षेत्रको विकास र प्रवर्द्धनका लागि धुलिखेल नगरपालिकाले हरतरहले साथ दिने बताए । उनले भने, ‘यो परियोजनाले नेपाललाई अ...
‘एक्टर’ र ‘एक्टर : टेक वन’का बिच १५ लाखमा सहमति भएको खुलासा
मनोरंजन

‘एक्टर’ र ‘एक्टर : टेक वन’का बिच १५ लाखमा सहमति भएको खुलासा

‘एक्टर’ नामका दुई फिल्मको विवाद फेरि सुरु भएको छ । दुई साताअघि प्रदर्शित फिल्म ‘एक्टर : टेक वन’का निर्माताले अनुचित लाभ लिन खोजेको भन्दै काठमाडौं जिल्ला अदालतमा ‘एक्टर’का निर्माताविरुद्ध मुद्धा दायर गरेका छन् । फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट १५ लाखको चेक लिएको अदालतमा दायर मुद्धामा उल्लेख छ । ‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग ‘एक्टर : टेक वन’ प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्तिबापत भन्दै अनुचित रुपमा १५ लाख रुपैयाँको चेक लिएकाले अधृत फिल्म्स प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा (रद्द) गरि पाऊँ,’ ‘एक्टर : टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्सको तर्फबाट दायर फिराद पत्रमा उल्लेख छ । अदालतमा दायर मुद्दामा ‘एक्टर’ फिल्मको...
निर्माता बन्दै गायक रामकृष्ण ढकाल, घोषणा गरे ‘मालती मङ्गले’
मनोरंजन, समाचार

निर्माता बन्दै गायक रामकृष्ण ढकाल, घोषणा गरे ‘मालती मङ्गले’

गायक रामकृष्ण ढकाल अब फिल्मको निर्माता बन्ने भएका छन् । उनले फिल्म ‘मालती मङ्गले’ निर्माण गर्न लागेका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत् फिल्मको शीर्षक सार्वजनिक गर्दै उनले नयाँ यात्रा सुरु गर्न लागेको जानकारी गराए । फिल्मको निर्माण रानी म्यूजिक इन्टरनेशनलबाट हुनेछ । यो कम्पनी गायक ढकालले आफ्नी छोरी रानीको नामबाट खोलेका हुन् । रामकृष्णको फिल्मसँग पुरानो सम्बन्ध छ । उनले २०५८ साल (सन् २००१)मा निर्माण भएको फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए । यो उनको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको फिल्म थियो । यसपछि भने उनले फिल्ममा अभिनय गरेका छैनन् । ‘मालती मङ्गले’मा उनको अभिनय रहने वा नरहने भन्ने विषयमा जानकारी गराइएको छैन । फिल्मको घोषणा गर्दै गायक ढकालले भनेका छन्, ‘समय कति छिटो बित्दो रहेछ ! आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ । अब फेरि पनि फिल्मसँगको अर्को यात्रामा अघि बढ्न...
मेयर भएपछी बालेनको पहिलो गीत सार्वजनिक, ‘लाज शरणम्’ले ल्यायो ‘नेपाल हाँसेको’
मनोरंजन

मेयर भएपछी बालेनको पहिलो गीत सार्वजनिक, ‘लाज शरणम्’ले ल्यायो ‘नेपाल हाँसेको’

बालेनको आवाजमा फिल्म ‘लाज शरणम’को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारको लागि यो गीत प्रयोग हुने जनाइएको छ । बालेनको युट्युव च्यानलबाट सार्वजनिक गीतमा उनको आफ्नै स्वर, संगीत र शब्द छ । वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई भिडियोमा चित्रण गरिएको छ । गीतमा चाहिँ बालेनले नागरिकको रुपमा आफूले समृद्ध मुलुक हेर्न चाहेको कुरा वर्णन गरेका छन् । गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ । काठमाडौं महानगरको प्रमुख भएपछि पहिलोपटक यो गीत सार्वजनिक भएको हो । बालेनसँग भएका २२ वटा म्युजिक क्याटालगमध्ये एकजनालाई छनोट गरेर गीत ल्याइएको जनाइएको छ । गीतले फिल्म ‘लाज शरणम’को हाइप बढाउने विश्वास निर्माताको छ । फाग...