कला–संस्कृति

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा
कला–संस्कृति, समाचार

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा

काठमाडौं । भारतको अयोध्यामा बनाइएको नवनिर्मित मन्दिरको आज भव्य  उद्घाटन हुदै छ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ । भारतीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ । रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरम...
‘महाजात्रा’ गीत : आश्मा र अरुणको नृत्य, रोमान्टिक विपिन र वर्षा
कला–संस्कृति, मनोरंजन

‘महाजात्रा’ गीत : आश्मा र अरुणको नृत्य, रोमान्टिक विपिन र वर्षा

सफल फिल्म ‘जात्रा’ फेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् ।एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् ।प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । राजाराम पौडेल, अर्जुनजंग शाही, शिश...
निति शाह: चार चलचित्र घोषणामै सीमित, ‘खजुरे ब्रो’बाट डेब्यू हुने
कला–संस्कृति, मनोरंजन, समाचार

निति शाह: चार चलचित्र घोषणामै सीमित, ‘खजुरे ब्रो’बाट डेब्यू हुने

काठमाडौँ । ‘मिस इन्टरनेशनल नेपाल २०१७’ विजेता निति शाहले अभिनय गर्ने भनिएका चलचित्रहरू‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ नबनेपछि उनी अब अर्को चलचित्रमा काम गर्ने भएकी छन् । अभिनेता महेश त्रिपाठीको अभिनय रहने चलचित्र ‘खजुरे ब्रो’बाट अब नीतिले डेब्यू गर्नेछिन् । दुई हप्ताअघि नै यस चलचित्र अनुबन्ध भएर उनी शुक्रवारबाट छायाङ्कनमा समेत जोडिइसकेकी छन् । चलचित्रमा नीतिको जोडी भने अभिनेता रेअर राईसँग बाँधिएको बुझिएको छ । ‘षडङ्ग’ रिलिजको ९ वर्षपछि निर्देशनमा फर्किन लागेका सुरज सुनुवारको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र काठमाडौँ र धरानसँगै इटहरी र भारतस्थित दार्जिलिङमा छायाङ्कन गरिने जनाइएको छ । ...
नेपाल भाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन, हजारौं किताबहरु विश्वभरबाट पढ्न पाइने
कला–संस्कृति, समाचार

नेपाल भाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन, हजारौं किताबहरु विश्वभरबाट पढ्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा उपप्रमुख डंगोलले यस्तो जोड दिएकी हुन् । कार्यक्रममा बोल्दै डंगोलले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन् । ‘अहिले २१औं शताब्दीको विकसित प्रविधिको सहायताले हामी एकैछिनमा संसारभरीका हरेक विषयवस्तु संसारको जुनै ठाउँमा बसेर पनि हेर्न सक्छौं । हाम्रो नेपालको बारेमा लेखिएका सामग्री, अध्ययन, अनुसन्धानलाई पनि विश्वव्यापीकरण गरिनुपर्छ’, उपप्रमुख डंगोलले भनिन्, ‘त्रिवि नेपालभाषा केन्द्रीय विभागले बनाएको यो ईलाइब्र...
हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई
कला–संस्कृति, मनोरंजन, समाचार

हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

चितवन । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको जानकारी दिए । प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए । प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए । निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुश...
शान्तिश्री र कृष्णले ल्याए ‘धरहरामा बस्यो माया जाल’ (भिडिओ)
कला–संस्कृति, मनोरंजन

शान्तिश्री र कृष्णले ल्याए ‘धरहरामा बस्यो माया जाल’ (भिडिओ)

गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।  मंगलबार सदीक्षा फिल्म्स युट्युब च्यानलमार्फत 'धरहरामा बस्यो माया जाल' बोलको गीत सार्वजनिक गरिएको हो। सपना बानियाँको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ। केशवराज भट्टले कोरियोग्राफी गरेको म्युजिक भिडिओमा राज टाइगर र शोफीको अभिनय छ। मानकृष्ण महर्जनले छायांकन गरेको भिडिओलाई पदम सुवेदीले सम्पादन गरेका छन्।  आदित्य बुढाथोकीले निर्देशन गरेको म्युजिक भिडिओलाई सदीक्षा फिल्म्सले निर्माण गरेको हो। https://www.youtube.com/watch?v=kG5taBUXuLY ...
भारतीय दूतावासद्वारा सम्भोता-भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी
कला–संस्कृति, समाचार

भारतीय दूतावासद्वारा सम्भोता-भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता-भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, नेपाल बौद्ध महासङ्घका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्तरूपमा गरे । सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् । दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए । राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्...