कला–संस्कृति

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित ‘धे ड्रीम्स’ उत्कृष्ट
अन्तर्राष्ट्रीय, कला–संस्कृति, समाचार

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित ‘धे ड्रीम्स’ उत्कृष्ट

काठमाडौं । नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणमा शान्ता नेपाली निदेशित वृत्तचित्र ‘धे ड्रीम्स’लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ । स्वयम् मास्के मानन्धर निर्देशित छोटो फिल्म ‘द बु, द बाउ, द काफ’लाई उत्कृष्ट मेन्सन पुरस्कार प्रदान गरिएको छ । शनिबार आयोजित समापन समारोहमा युरोपियन डेलिगेसनकी उपराजदूत डा. जोएल इभोनेट्ले अवार्ड वितरण गरिन् । विजेता फिल्मकर्मीले यसैवर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागि हुने अवसर पाउने जनाइएको छ । फेस्टिभलमा छनोट भएका र प्रदर्शन गरिएका ९ लघु फिल्मलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । ...
भारत–नेपाल सांस्कृतिक सम्बन्धमा होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रमको आयोजना
अन्तर्राष्ट्रीय, कला–संस्कृति, समाचार

भारत–नेपाल सांस्कृतिक सम्बन्धमा होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रमको आयोजना

पोखरा, चैत्र ९ - भारत र नेपालको सांस्कृतिक सम्पदा मनाउन भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्यको प्रस्तुति गर्दै एक सांस्कृतिक कार्यक्रमको आयोजना पोखरामा भएको छ। भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित थिए। गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए। माननीय मुख्यमन्त्री श्री पाण्डेले भारत र नेपालबीच धेरै सांस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे। भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश सिंहले भारत र नेपालको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध बारे बताएर पोखरालाई नेपालको पर्यटन...
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
कला–संस्कृति, मनोरंजन, समाचार

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् । ‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला श्रृंखलाजस्तै यो फिल्म पनि अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको कथामा आधारित छ । हाँसो र संवेदना मिश्रण गरिएको यो फिल्मले राजनीति र भ्रष्टाचारको ‘नेक्सस’विरुद्ध कटाक्ष गर्छ । फिल्ममा विपिन कार्की, रवीन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका छ । आफूहरुलाई दिइएको जोखिमपूर्ण कामलाई यी पात्रले फत्ते गर्छन् या गर्दैनन् ? पैसा कमाउने र परिवारलाई सुखी बनाउने सपना देखेका यी मध्यमवर्गीय पात्रले कसरी कथालाई अघि बढाउँछन्, यसलाई रोचक ढंगबाट पेश गरिएको छ । फिल्ममा हरिवंश आचार्यसहितका अन्य कलाकार पनि छन् । फिल्ममा हर...
भारतीय राजदूतावासले ५९ औं आइटेक दिवस मनायो
कला–संस्कृति, समाचार

भारतीय राजदूतावासले ५९ औं आइटेक दिवस मनायो

काठमाडौं, २०८० चैत्र ९ - भारतीय राजदूतावासले आज ५९ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ। आइटेक दिवसको अवसरमा संसदका कैयौं सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्व नेपाली विद्यार्थी गरी करिब ३०० जना अतिथि समेटिएको थियो। नेपाल लगायत १६० भन्दा बढी साझेदार देशहरुलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरुमा दुवै अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरुमा संलग्न गराउने आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञताको विशाल एवम् समृद्ध सञ्जाललाई समेट्छ। यो कार्यक्रम सन् १९६४ मा सुरु भएको हो। आइटेक दिवसको अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी 'वसुधैव कुटुम्बकम्' र 'सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास' सिद्धान्तमा आधारित र...
ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन
कला–संस्कृति, समाचार

ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं, चैत्र ९ - भूकम्पपछिको पुनर्निर्माणमा नेपालको साँस्कृतिक सम्पदाक्षेत्रका लागि भारत सरकारको अनुदान सहयोग अन्तर्गत ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन भएको छ। नेपाल सरकारको शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले आज संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन्। यो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष श्री बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता INTACH का प्रतिनिधिका सहित नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरु पनि उपस्थित थिए। भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो। २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर...
प्रथम लालबन्दी  महोत्सव सुरु
कला–संस्कृति, मनोरंजन, समाचार

प्रथम लालबन्दी  महोत्सव सुरु

मलङ्गवा । सर्लाहीमा प्रथम लालबन्दी  महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार’ नारासहित लालबन्दी नगरपालिका–६, राधाकृष्ण खेल मैदानमा उक्त महोत्सव प्रारम्भ भएको हो । महोत्सव यही फागुन २२ गते सम्म चल्नेछ । महोत्सवको मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरे । महोत्सवको उद्घाटन समारोहमा कौडा नृत्य, थारु नृत्य, लाखे नृत्य, तामाङ सेलो, मगर, नेवारीलगायत विभिन्न नृत्य प्रस्तुत गरिएका थिए । साथै डोरी तान्ने प्रतियोगिता, क्युकोशिन कराते, आईटीएफ करातेलगायत खेल पनि प्रर्दशन गरिएको थियो । उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य बेची लुङगेली, लालबन्दी नगरपालिकाका नगरप्रमुख वाशुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको सहभा...
बर्दिबासामा सडक खाना महोत्सवको आयोजना
कला–संस्कृति, समाचार

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका थिए । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ । “मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्याउने हाम्रो विश्वास छ”,सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्छन्, “महोत्सवमा हाम...
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
कला–संस्कृति, मनोरंजन

कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालीपनको सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीत सङ्गीतले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “दर्शक-श्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।’ ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन...
अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा
कला–संस्कृति, समाचार

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज प्राण प्रतिष्ठा गरिदै, प्रधानमन्त्री मोदी ११ दिनदेखि उपवासमा

काठमाडौं । भारतको अयोध्यामा बनाइएको नवनिर्मित मन्दिरको आज भव्य  उद्घाटन हुदै छ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ । भारतीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आएका छन् । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ । रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरम...
‘महाजात्रा’ गीत : आश्मा र अरुणको नृत्य, रोमान्टिक विपिन र वर्षा
कला–संस्कृति, मनोरंजन

‘महाजात्रा’ गीत : आश्मा र अरुणको नृत्य, रोमान्टिक विपिन र वर्षा

सफल फिल्म ‘जात्रा’ फेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् ।एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् ।प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । राजाराम पौडेल, अर्जुनजंग शाही, शिश...